Sunday, April 24, 2016

मधेश केन्द्रित अभियानमा बाबुराम भटराई ।


नयां संविद्यानको घोषणा लगतै एमाओवादी पार्टी परित्याग गरेर नयां शक्तिको अभियानमा जुटेका पुर्व प्रधानमन्त्री डा बाबुराम भटराई मधेश केन्द्रित अभियानमा एक पछि अर्को कार्यक्रमहरु लागातार गर्दै आइरहेको देखिन्छ । नयां संविद्यानको घोषणा संगै तराई मधेशमा आन्दोलन उठे पश्चात प्रमुख दलहरुको प्रभाव मात्रै होईन कि साख नै समाप्त भएको अवस्था भटराईको कार्यक्रमहरु लागातार चाही भईरहेको छ । पछिल्लो समयमा यही बैशाख ३ गते वाट भटराई मधेश आन्दोलनको मुख्य आधार क्षेत्र मानिने सप्तरी देखि कपिलवस्तू सम्मको यात्रा गरेका छन । मधेश स्वभाभिमान जागरण यात्रा नाम दिइएको भटराईको यो अभियान अन्र्तगत भटराई उनका ५० जनाको टोलीले भित्रि मधेशको वाटो हुदै तराई मधेशको ग्रामिण भेगहरुमा विभिन्न कार्यक्रमहरु गरेका थिए । यस अघि भटराई तराई मधेशका पुर्व देखि पश्चिम सम्मका मुख्य सहरहरुमा स्थानिय विभिन्न सरोकारवाला अगुवाहरु संग अन्तक्रिया कार्यक्रमहरु गरेका थिए ।


भटराई नेतृत्वको नयां शक्ति अभियानका केन्द्रिय सचिवालय सदस्य तथा राष्टिय मोर्चाका संयोजक राम कुमार शर्माका अनुसार हालै सप्तरीको भारदह देखि कपिलवस्तू सम्मको भटराई स्वभिमान मधेश यात्राको क्रममा ५५ ओटा कार्यक्रमहरु भित्रि मधेशका ग्रामिण भेगमा गरिएको थियो । शर्माका अनुसार यी ५५ ओटै कार्यक्रमहरु ग्रामिण तहमा अन्तक्रिया, सामुहिक छलफल र चौकचौराहमा जनस्तरमा गरिएको भेटघाट थिए ।
 
भटराई नयां शक्तिको अभियानको सुरुवाती पनि मधेश आन्दोलन चर्किरहदा जनकपुर पुगेर गरेका थिए । जाहा उनी सुरुमा अवरोधको समेत सामना गर्नु परेको थियो ।
 
भटराई निकट नेता शर्माका अनुसार आउदो जेठ ३० गते देखि हुने नयां शक्तिको राष्टिय सम्मेलनमा तराई मधेशवाट ५० हजार सहभागीता गराउने तयारी नयां शक्ति अभियानले गरिरहेको छ । शर्मा भन्छन, नयां शक्ति पुर्ण रुपमा समानुपातिक समावेशीताको सिद्धान्तलाई मान्ने भएकाले हामीले जम्मा गर्ने १ लाखमा ५० हजार मधेशमा ल्याउने तयारी गरिहेका छौ । जुन राष्टिय सम्मेलनले नयां शक्तिको पार्टीगत संरचना सहित अगामी कार्यदिशालाई ठोस मार्ग निर्देशन गर्ने भनिएको छ ।
 
शर्माका अनुसार भटराई मधेशका भित्रि ग्रामिण भेगमा घुम्नुको कारण मुख्य गरी मधेशी समुदाय किन राज्य संग असन्तुष्ट छन र राज्यले कसरीले मधेशलाई व्यहवार गरिरहेको छ भन्ने नै बुझनु छ । उनी भन्छन, मधेश समस्यालाई जव सम्म राष्टिय दुष्टिकोणले स्विकार गरिदैनन तब सम्म यसको ठोस व्यवस्थापन हुन सक्दैन भन्ने हाम्रो बुझाई छ, त्यही भएर हामीले यसलाई अहिले सम्म प्रमुख दलहरुले नगरेको दृष्टिकोणवाट अगाडी वढाउन चाहेका छौ ।
 
शर्माका अनुसार जारी मधेश आन्दोलनको सफलताका लागी पनि राष्टिय स्वरुपकै आन्दोलनको खाचो देखिएकाले भटराई नेतृत्वको नयां शक्ति त्यस वारेमा समेत आफनो तहमा गृहकार्यहरु गरिरहेको छ ।
 
तराई मधेशका जिल्लाहरुमा भटराईको गतिविधहरु वढन थाले पछि मधेश केन्द्रित कतिपय पार्टीहरु भित्र यसवारेमा गम्भिर छलफलहरु समेत हुन थालेको देखिएको छ । कतिपय मधेशी नेताहरुले यसले मधेश राजनितीलाई कतै इन्काउटर दिने त होइन भन्ने आशंकाहरु सम्ेत व्यक्त गर्ने गरेको देखिन्छ । नेता शर्माका अनुसार अव हुने मधेश आन्दोलनमा मधेशी पार्टीहरु जतीकै नयां शक्तिको उपस्थ्तिी होस भन्ने भटराईको चाहना रहेको र त्यसका लागी आन्तरिक छलफलहरु समेत भईरहेको छ । उनी भन्छन, हामी त सवै मिलेर महागठवन्धन नै बनाएर आन्दोलन जानु पर्छ भन्ने पक्षमा छौ ।

No comments:

Post a Comment