Saturday, April 23, 2016

तमलोपाको पहिलो महाधिवेशन आउदो असार ६ देखि ८ सम्म नवलपरासीमा हुने ।


आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक प्रमुख घटक तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशन आउदो असार ६ देखि ८ गते सम्म नवलपरासीमा हुने भएको छ । विस ०६४ पुषमा स्थापन भएको तराई मधेश लोकतान्त्रिक पार्टी, तमलोपाको स्थापनाको ६ बर्ष वितिसक्दा पनि हाल सम्म महाधिवेशन हुन सकेको थिएन । निर्वाचन आयोगले तमलोपालाई तीन पटक पार्टीको महाधिवेशन गर्न पत्र काटि सकेका छन । पछिल्लो पटक एक महिना अगाडी मात्रै आयोगले तमलोपालाई पुन पत्र काटदै महाधिवेशन गर्न ध्यानाकर्षण गराएका थिए । पहिलो मधेश आन्दोलन पश्चात तत्कालिन सरकारका वरिष्ठ मन्त्री समेत रहेका काग्रेसका कोषाध्यक्ष महन्थ ठाकुरले पार्टी र सरकार दुवै परित्याग गर्दै तमलोपाको स्थापना गरेका थिए ।

निर्वाचन आयोगको पछिल्लो ध्यानाकर्षण लगतै तमलोपा पार्टीको विभिन्न आफना भातृ संगठनहरुको महाधिवेशन गराउन निर्देशन दिएका थिए । जस अनुरुप विभिन्न भातृ संगठनहरु आफनो महाधिवेशनको तयारीमा जुटेको छ । पार्टीको महाधिवेशनका लागी क्षेत्रिय र जिल्ला अधिवेशन तमलोपाले गरीसकेको उक्त पार्टीले जनाएको छ ।

हालै तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफना पदाधिकारीहरु संग छलफल गरेर आउदो ६ असार देखि ८ सम्म नवलपरासीमा तमलोपाको महाधिवेशन गर्ने वारेमा छलफल गरेको उक्त पार्टीका नेताहरु बताउछन । तमलोपाका महामन्त्री गोविन्द चौधरीका अनुसार यही बैशाख १८ र १९ गते तमलोपाको जनकपुरमा हुने केन्द्रिय कार्यसमितीको बैठकले यसलाई औपचारिकता दिने छ । यही केन्द्रिय कार्यसमितीको बैठक वाटै महाधिवेशन तयारीका लागी चाहिने विभिन्न समितीहरु समेत घोषणा गरिने तयारी भईरहेको महामन्त्री चौधरीको भनाई छ । तमलोपाको आसन्न महाधिवेशनको पार्टीको नया नेतृत्व समेत छनौट गर्ने छन ।

पहिलो मधेश आन्दोलन पश्चात गठन भएको तमलोपा दोस्रो मधेश आन्दोलनमा सहभागी हुदै पहिलो संविद्यानसभा र दोस्रो संविद्यासभामा भाग लिईसकेका छन । पहिलो संविद्यानसभामा १४ ओट सिट हत्याएको यो पार्टी दोस्रो संविद्यानसभामा ११ ओटा जितेका छन । पहिलो संविद्यानसभाकै कालमा तमलोपा फुटको समेत मार खेप्न पुगे । महेन्द्र यादवको नेतृत्व तत्कालिन तमलोपाका एउटा खेमा त्याहा वाट अलगीएर छुटै पार्टीको गठन गरेका थिए । पहिलो संविद्यानसभाको कार्यकाल भरीमा बनेको चार ओटा सरकार मध्ये दुई ओटा तमलोपा प्रमुख हिस्सेदारीको रुपमा सहभागी भएका थिए । प्रचण्ड र झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी नभए पनि माधव नेपाल र बाबुराम भटराई नेतृत्वको सरकारमा तमलोपा सहभागी भएका थिए ।

मधेश राजनितीमा मोर्चाबन्दीको सुरुवाती खेलाडीको रुपमा आफुलाई उभ्याएका महन्थ ठाकुर पार्टीको स्थापना काल देखि मधेशका शक्तिहरु विचको बृशत एकतामा जोड दिदै आएका छन । जसका लागी उनले मधेशी पार्टीहरु विचको एकिकरणको कुरालाई पटक पटक चर्चामा ल्याए पनि त्यो अहिले सम्म कुनै मृर्त रुप लिन सकेको देखिएको छैन । पहिलो संविद्यानसभा र दोस्रो संविद्यानसभामा समेत दोस्रो ठुलो मधेशी पार्टी तमलोपा भए पनि यसका अध्यक्ष महन्थ ठाकुर मधेश राजनितीकको केन्द्रमा देखिन्छ ।

No comments:

Post a Comment