
कुनै वेला जनकपुरमा समान्य हैसियत भएका साहका अपराधकै आडमा पछिल्लो १५ बर्ष मै अपत्यारिलो ढंगले सम्पति मात्रै आजर्न गरेनन वरु उनले त्यसकै आडमा आफनो राजनितीक र समाजिक हैसियत समेत बनाएको देखिन्छ । जनकपुर बम काण्डमा साह मुछिए पछि प्रहरीले उनको वारेमा गरेको अनुसन्धानले उनले पछिल्लो १५ बर्षमा झण्डै १ अर्ब भन्दा वढीको सम्पति जोडेको देखिन्छ ।
पहिलो मधेश आन्दोलनमा खासै सक्रिय नरहे पनि साह आफनो हैसियतकै कारण मधेश आन्दोलन पश्चात भएको पहिलो संविद्यान सभामा फोरम नेपालमा महत्वपुर्ण राजनितीक हैसियत पायो । पहिलो मधेश आन्दोलनताका जनकपुर क्षेत्रमा सक्रिय कयौन मधेशी अनुहारहरुलाइृ माइनस गर्दै तत्कालिन अवस्थामा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उनलाई त्याहावाट टिकट दिन पुगे । जसको फोरम नेपाल भित्र व्यापक विरोध समेत भएको थियो । तर साहलाई खासै फरक परेनन । वरु उनी राजनितीमा थप वलियो हुदै गयो ।
पछिल्लो पटकमा उनी सिघानिया हत्या काण्डमा मुछिए पछि जनकपुरमा क्षेत्रमा उनको परिवार र उनी निकटस्त केहि नेताहरु नेताहरुले त्यसलाई राजनितीक रंग समेत दिन खोजेको देखिन्छ । जसका लागी उनको पत्नीलाई अघि सार्दै आइरहेको छ । यद्यपी जनकपुर बम काण्ड देखि सिघानिय हत्या काण्ड सममको मुख्य योजनकारको रुपमा साहको अनुहार मुखरित भए पश्चात त्यसले खासै फरक पार्ने सम्भावना छैन ।
सिघानिया हत्या काण्डमा साहको संग्लनता रहेको अधिकारिक सार्वजनिक प्रहरीले गरेकै दिन उनको पत्नीले जनकपुरमा पत्रकार सम्मेलन गरेर आफनो सहको पोलिग्राप गर्न माग गरेको थियो । त्यस लगतै प्रहरी मुख्यालयवाट पोलीग्राफ मेसिन सहित एउटा टोली जनकपुर पुगेको थियो । साह जनकपुर बम काण्डमा पनि पोलिग्राफ जाचवाटै तानिएका थिए । सिघानिया हत्याकारण्डमा उनको पत्नीको त्यो जाचको माग गरेपछि प्रहरीले उक्त मेसिन जनकपुर पठाए पनि साहले पोलिग्राफ गर्न नै नमानेको स्थानिय प्रहरी अधिकारीहरुले बताउका छन । सुरुमा साहले पनि हुन्छ भने, पछि काठमाडौवाट जनकपुर उक्त मेसिन पुगे लगतै उनी प्रहरी हिरासत भित्रै आफु अनसन बसेको भन्न थाल्यो । पोलिग्राप जाचमा राख्दा खेरी खाना खाएको अनिवार्यता हुन्छ । अनुसन्धानमा खटेको एक अधिकारीका अनुसार साहले पोलिग्राप दिन नमाने पछि काठमाडौवाट गएको टोली तीन दिन त्याहा बसेर त्यतीकै फर्किसकेका छन ।
उक्त घटनामा संग्लनमा विभिन्न पक्षको वयानको आधारमा प्रहरीले फेला पारेको प्रमाणकै आधारमा आइतवार अदालतमा उनी विरुद्ध मुद्धा दायर भइृसकेको छ । यद्यपी साहले आफुले चन्द्रदिप यादव, मुकेश चौधरी सहित अन्य कसैलाई पनि नचिनेको वयानमा भनेका छन । जनकपुर कम काण्डमा समेत साहले आफुले यसैगरी मुकेश चौधरी लाई नचिनेकोे बताएका थिए ।
No comments:
Post a Comment