Friday, April 8, 2016

मधेशी मोर्चा र जनजाती पार्टीहरु विच बृहत छलफल हुदै ।

बिहिवार तमलोपा अध्यक्ष महन्थ ठाकुर आदीवासी जनजाती समबद्ध पार्टीका अगुवाहरु संग छलफल गर्दै
बैशाख देखि काठमाडौमा समेत आन्दोलन गर्ने बताउदै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र विभिन्न जनजातीहरुको पार्टीहरु विच भोली संयुक्त बैठक हुदैछ । पछिल्लो समयमा मोर्चाका केहि शिर्ष नेताहरु जनजाती सहित अन्य जातीय संगठनहरु संगको छलफललाई महत्वका साथ बढाइरहेका थिए । खासगरी तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यस्ता बैठकहरु बिशेष गरी सक्रिय देखिएका थिए । तमलोपा अध्यक्ष ठाकुर त हालै राजविराजमा पार्टीको बैठक गरेर काठमाडौ फर्किए लगतै यस्ता बैठहहरु लागातार गर्दै आएको देखिएको थियो । त्यसैगरी फोरम नेपालका अध्यक्ष यादव पहाडकै कतिपय जनजाती वाहुल्य क्षेत्रमा अगामी आन्दोलनका लागी प्रशिक्षण कार्यक्रम समेत गरेका छन । आन्दलोनको लागी यस्ता गृहकार्य एक चरण पुरा भए पछि भोली देखि औपचारिक तहमा छलफलहरु हुन लागेको नेताहरुले बताएका छन । भोली विहान ११ बजे फोरम नेपालको कार्यलयमा हुने बैठकमा मोर्चा सहित १५ ओटा पार्टीहरु सहभागी रहने बताइएको छ । यस अघि मोर्चा र केहि जनजाती पार्टीहरु सहितको ९ दलीय संघिय गठवन्धन थियो ।


खासगरी सरकारलाई चैत मसान्त सम्मको अल्टीमेटन सकिने दिन नजिकदै जादा मोर्चाले अगामी आन्दोलनको तयारीमा जोडतोडका साथ लागेको देखिन्छ । मोर्चाले बैशाखको पहिलो हप्ता काठमाडौमा एक विशेष अन्तक्रिया कार्यक्रम गरेर काठमाडौ सहित मधेश भरी आन्दोलनको घोषणा गर्ने तयारी गरीरहेको नेताहरु बताउछन ।
 
काठमाडौ सहित अन्य पहाडी भेगमा आन्दोलनका लागी जनजाती सम्बद्ध पार्टीहरुको भुमिका महत्वपुर्ण भएकाले मोर्चाले पछिल्लो समयमा यस्ता छलफलहरुलाई महत्वका साथ अगाडी वढाइरहेको छ । मोर्चाको यो वृहत क्षेत्रमा पश्चिमका थारुहरुको संगठनहरुको समेत उल्लेख्य सहभागी रहेको नेताहरुले बताएका छन ।
भोली देखि हुन लागेको औपचारिक बैठकले संयुक्त रुपमा काठमाडौमा समेत कसरी आन्दोलन उठाउने वारेमा छलफलहरु गरेर रणनिती बनाइने बताइएको छ ।  

No comments:

Post a Comment