Thursday, April 7, 2016

बैशाख पहिलो हप्ता काठमाडौमा बृहत अन्तक्रिया कार्यक्रम गर्दै मोर्चाले आन्दोलनको घोषणा गर्ने ।

हालै तमलोपाले काठमाडौमा आयोजना गरेको अन्त्क्रिया कार्यक्रम / पछिल्लो समयमा मोर्चा सम्बद्ध घटकहरु विभिन्न पक्षहरु संग सल्लाह गर्नमा व्यस्त छ ।
चैत मसान्त सम्मको सरकारलाई दिएको अल्टीमेटन सकिए पछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बैशाखको पहिलो हप्ता देखि आन्दोलन घोषणा गर्ने तयारीमा जुटेको छ । मोर्चा स्रोतका अनुसार बैशाखको पहिलो काठमाडौमा मोर्चाले बृहत अन्तक्रिया कार्यक्रम घोषणा गर्ने अन्तिम तयारी गरिहेको छ । काठमाडौ स्थित राष्टिय सभागृहमा हुने मोर्चाको उक्त बृहत अन्तक्रिया कार्यक्रममा १२ सय भन्दा वढीलाई निमत्याउन लागीएको मोर्चाले जनाएको छ । अहिले मिती पुर्ण रुपमा निश्चित नभए पनि मोर्चा सम्बद्ध स्रोतका अनुसार ६ बैशाखमा उक्त कार्यक्रम गर्ने मोर्चाको आन्तरिक तयारी भइरहेको छ । मोर्चाले बृहत अन्तक्रिया भनेको कार्यक्रममा खासगरी जनजाती र पहाडी समुदायका अगुवाहरु विशेष गरी निमन्त्रणा गर्न लागीएको छ । त्यसको साथै मधेशका विभिन्न पक्षका अगुवाहरुको समेत उपस्थितमा हुने उक्त बृहत अन्तक्रिया कार्यक्रमकै मन्च वाट मोर्चाका शिर्ष नेताहरु आन्दोलनको पुन घोषणा गर्ने तयारी गरेको मोर्चा सम्बद्ध स्रोतको दावी छ ।

चैतको पहिलो हप्ता मै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चैत मसान्त सम्मको आफनो अल्टमिेटन दिएको मोर्चाले यो अवद्यीमा पनि आफुहरुको माग पुरा नभए बैशाख पहिलो हप्ता देखि देखि कडा आन्दोलन गर्ने चेतावनी दिदै आएका थिए । मोर्चा सम्बद्ध स्रोतका अनुसार गएको १८ चैतमा तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा भएको मोर्चाको बैठकमा बैशाख पहिलो पहिलो हप्ता काठमाडौमा बृहत अन्तक्रिया कार्यक्रम गरेर आन्दोलन घा्ेषणा गर्ने वारेमा छलफल भएको थियो । हाललाई सार्वजनिक नगर्ने गरी मोर्चा सचिवालयलाई त्यसको तयारी गर्ने जिम्मा समेत शिर्ष नेताहरुले दिएका थिए ।

त्यस यता मोर्चा सम्बद्ध पार्टीको आन्तरिक बैठकहरु र प्रशिक्षणका कारण मोर्चा सचिवालयको बैठक हुन सकेका छैनन । एक दुई दिन मै मोर्चाको सचिवालय बैठक समेत गर्ने तयारी भईरहेको नेताहरुले बताएका छन । मोर्चा सम्बद्ध स्रोतका अनुसार सचिवालयले १८ चैतमा मोर्चाको शिर्ष नेताहरु वाट पाएको सुझाव अनुसार तयारी गरेर अर्को हप्ताको अन्त सम्म मोर्चाको हुने शिर्ष नेताहरुको बैठकमा उक्त कुराहरु पेश गर्ने छ । जस अनुसार हाल ६ बैशाखमा भनिएको मोर्चाको बृहत अन्तक्रियाको तयारी सहित अगामी आन्दोलनका कार्यक्रमहरु हुने बुझिएको छ ।
 
मोर्चा सम्बद्ध स्रोतको भनाई अनुसार बैशाख पहिलो हप्ता काठमाडौमा अन्तक्रिया कार्यक्रम गरेर घोषणा हुने मोर्चाको पुन आन्दोलनमा पहिला तराई मधेश सहितका जिल्लाहरुमा अनशन, धर्ना र त्यस पछि सरकारी कार्यलयलाई लक्षित गरेर विरोध कार्यक्रमहरु हुने छ । बैशाख अन्तिम सम्म मोर्चा यी र यस्ता खालकै कार्यक्रमहरु गर्ने र अन्तिम बैशाख पछि पुन आमहडताल सहितका कार्यक्रमहरु घोषणा गर्ने तयारी भईरहेको छ ।  

No comments:

Post a Comment