Saturday, April 2, 2016

११ बुदे माग सम्बोधन नहुन्जेल सम्म कुनै पनि निर्वाचन असम्भव - तमलोपा



आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक प्रमुख घटक तराई मधेश लोकतान्त्रिक पार्टीले मधेश आन्दोलनको ११ बुदे माग सम्बोधन नहुन्जेल सम्म कुनै पनि निर्वाचन हुन नदिने सहितको अगामी राजनितीक कार्यदिशा लिने निर्णय पारित गरेको छ । शनिवार देखि सप्तरीको राजविराजमा सुरु भएको तमलोपाको केन्द्रिय कार्यसमितीले पारित गरेको ९ वुदे राजनितीक प्रस्तावमा उक्त कुरा उल्लेख गरिएको छ । शनिवार देखि राजविराजमा सुरु भएको दुइ दिने बैठकको आज पहिलो दिनमै महामन्त्री जितेन्द्र सोनलले प्रस्तुत गरेको उक्त ९ बुदे राजनितीक प्रस्ताव बैठकले पारित गरेको थियो । संविद्यान प्रति असन्तुष्टि राख्दै सुरु भएको मधेश आन्दोलनको सम्बोधन नगरी स्थानिय वा आवद्यिक कुनै पनि निर्वाचन सम्भव हुन नदिने त्यसमा उल्लेख गरिएको छ । पारित राजनितीक प्रस्तावले हालै ब्रसेल्समा भारत र इयुले जारी गरेको संयुक्त विज्ञप्तिलाइ समेत स्वागत गर्दै त्यसलाई महत्वपुर्ण उपलब्धी ठानेको छ ।


भोली आइतवार सम्म चल्ने तमलोपा केन्द्रिय कार्यसमितीको बैठकको यो राजनिती प्रस्तावले अगामी आन्दोलनलाई व्यवस्थती बनाउन पार्टी सहित मोर्चाको भुमिकालाई समेत केलाउने प्रयास गरेका छन । पछिल्लो समयमा मोर्चाले सरकारलाई चैत मसान्त सम्मको अल्टीमेटन नजिकदै जादा मोर्चामा आबद्ध पार्टीहरुको मधेशमा यस्ता बैठकहरु बाक्लीएको देखिन्छ ।
 
मोर्चाको महत्वपुर्ण एक घटक तमलोपाको राजविराज बैठकलाई समेत महत्वका साथ हेरिएको छ । तमलोपा महामन्त्री जितेन्द्र सोनलका अनुसार बैठकले ९ बुदे राजनितीक प्रस्ताव सहित अगामी आन्दोलनको वृहत पक्षहरु माथी गम्भिर छलफलहरु गरिरहेको छ । सोनल भन्छन, हालै ब्रसेल्समा भारत र इयूले आन्दोलनलाई समेटिने गरी निकालेको विज्ञप्तिलाई हामीले महत्वपुर्ण उपलब्धी ठानेका छौ । पछिल्लो समयमा मोर्चाले आफनो आन्दोलनको मुद्धालाई अन्तराष्टियकरण गर्ने अभियान नै थालेका थिए, सोनलले भने, यसको उपलब्धीको रप्मा यो आएको र यो हाम्रो सफलता हो भन्ने हाम्रो ठहर छ । यसको साथै सोनलले सरकारको तर्फ हालै निर्वाचनको तयारी आन्तरिक रुपमा भइरहेको सम्बधीत आएको समाचारलाई समेत बैठकले महत्वका साथ लिएको बताए । मधेश गएको साउन देखि आन्दोलनमा छ, सोनलले भने, यसलाई सम्बोधन गर्नको सटा निर्वाचनमा गएको भन्ने त्यसलाई नत हामीले स्विकार गर्ने छौ नत मधेशमा निर्वाचन हुन दिने छैनौ, सोनलले भने । तमलोपाको केन्द्रिय कार्यसमितीबो बैठकले आज पारित गरेको ९ वुदे राजनितीक प्रतिवेदनमा यो कुरा प्राथमिकताका उल्लेख गरिएको समेत सोनलले बताए । ९ बुदेको अन्य बुदाहरुमा आन्दोलनमा पार्टीको भुमिका सहित आन्दोलनको क्रममा हालै देखिएको कमिकमजोरीलाई कसरी व्यवस्थती गर्ने कुराहरु उल्लेख गरिएको छ । तमलोपाको केन्द्रिय कार्यस्मितीको बैठक भोली सकिदै छ ।

No comments:

Post a Comment