Thursday, March 31, 2016

मधेशी मोर्चाद्धारा अगामी रणनितीका लागी वृहत छलफल ।

चैत मसान्त सम्मको आन्दोलन घोषणा नहुने । 


 
बैशाख देखि कडा आन्दोलन गर्ने बताउदै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफनो अगामी रणनिती वारेमा वृहत रुपमा छलफल गरेका छन । मोर्चाको आज बसेको बैठक सरकारलाइ दिएको चैत मसान्त सम्मको अल्टीमेटन सहित अगामी आन्दोलनको रणनिती वारेमा केन्द्रित रहेको सहभागी नेताहरुले बताएका छन । तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा झण्डै साढे पाच घण्टा लामो बैठकमा अहिले सम्मको समिकक्षा, मोर्चाको आन्तरिक कमी कमजोरी सहित अगामी दिनमा कसरी प्रस्तुत हुने वारेमा वृहत छलफल भएको थियो । आजको मोर्चा बैठकमा शिर्ष नेताहरु सहित सचिवालयका सदस्यहरु समेत उपस्थित थिए । सदभावना अध्यक्ष राजेन्द्र महतो सहभागी हुन सकेका थिएन । सदभावना वाट सहअध्यक्ष लक्ष्मण लाल कर्ण बैठकमा उपस्थित थिए ।


केहि अघि बसेको मोर्चाको सचिवालय बैठकले चैत मसान्त सम्मको आन्दोलनको कार्यक्रमहरु बनाएर शिर्ष नेताहरुलाई बुझाएका थिए । आजको मोर्चा बैठकले चैत मसान्त सम्म कुनै विरोध कार्यक्रम नगर्ने निष्कर्ष निकाल्दै सचिवालयलाई शिर्ष नेताहरुले थप सुझाव सहित बैशाखको पहिलो हप्ता देखिको कार्यक्रमहरु बनाउन निर्देशन दिएको छ । सचिवालय सदस्य समेत रहेका तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार आजको मोर्चाको बैठक अनुसार अव सचिवालयले केहि दिन भित्रै बैशाखको पहिलो हप्ता देखिको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने छन ।
 
पछिल्लो समयमा चैत मसान्त नजिकदै जादा मोर्चाले चाल्ने अगामी कदम प्रति चौतर्फी चासोहरु व्यक्त भइरहेको देखिन्थ्यो । मोर्चाका नेताहरु भन्छन, त्यसका सन्दर्भमा पनि आजको बैठकले महत्वपुर्ण छलफलहरु गरेका छन । यद्यपी मोर्चाको आजको बैठकमा आन्तरिक रणनितीहरु मिडियालाई नभन्न नेताहरुलाई कडा निर्देशन समेत दिइएको छ ।
 
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार आजको साढे ५ घण्टा लामो बैठकले आन्द्योलनको अहिले सम्मको गम्भिर समिकक्षा, अगामी रणनिती वारेमा गहन छलफल गरेका छन । यादवले भने, सवै कुरा अहिले नै नभनौ तर हामी अगामी आन्दोलनको भिष्म तयारीमा छौ ।
 
मोर्चा सम्बद्ध स्रोतका अनुसार आजको बैठकमा मोर्चा भित्र देखिएको आन्तरिक प्रतिस्पर्धा आन्दोलन जारी रहन्जुल नगर्ने वारेमा समेत गहन छलफलहरु भएको थियो । आन्दोलन चर्किए संगै मुख्य गरी मोर्चाका दुइ शिर्ष नेताहरु उपेन्द्र यादव र राजेन्द्र महतो विच तीव्र आन्तरिक प्रतिस्पर्धा चलेको थियो ।  अव उपरान्त आन्दोलन जारी रहुन्जेल मोर्चा भित्रको आन्तरिक मजवुती कसरी वलियो बनाउने वारेमा गहन विमर्शहरु भएको र त्यो साकारात्मक रहेको नेताहरुले बताएका छन ।
 
त्यसैगरी आजको बैठकले चैत मसान्त सम्म मोर्चाले आन्दोलनको कार्यक्रम नगर्दा त्यो विचमा पार्टीृगत तहमा सवै मधेशी पार्टीहरुले आफनो स्थानिय तहरुलाई अगामी आन्द्योलनको रणनिती वारेमा प्रशिक्षण सहितको जानकारी दिएर आन्दोलनका लागी तयार पार्न समेत छलफल भएको थियो । त्यसैगरी मोर्चाले सरकारलाइ दिएको चैत मसान्त सम्मको अल्टीमेटन सिद्धिए पश्चात बैशाख पहिलो हप्ता देखि चरणवद्ध रुपमा कसरी आन्दोलन उठाउने वारेमा समेत छलफलहरु भएको थियो । मोर्चाका सचिवालय सदस्य तथा रामसपाका प्रवक्ता केशव झाका अनुसार मोर्चाले बैशाख पहिलो हप्ता देखि सुरु गर्ने चरणवद्ध आन्दोलनका कार्यक्रमहरु बैशाखको अन्तिम देखि आमहडताल सहितको कडा रुप ग्रहण गर्ने आन्तरिक तयारीमा मोर्चा अघि वढने वारेमा गृहकार्य गरीरहेको छ । 

No comments:

Post a Comment