Wednesday, March 30, 2016

जनकपुरमा अर्का अपराधका 'नाइके' चन्द्रदिप यादव पक्राउ ।

चन्द्रदिप यादव

जनकपुर क्षेत्रलाइ अपराधमय बनाउनेहरु मध्येका एक नाइके हिजो राती जनकपुर प्रहरीको नियन्त्रणमा आएको छ । जनकपुरमा घटेको चर्चीत मधयेका एक संचारउद्योगी अरुण सिंघानिया सहित अन्य कयौन घटनामा मुछिएका चन्द्रदिप यादव पछिल्लो समयमा छुटै सशस्त्र समुह बनाएर धनुषा र सिरहालाई टार्गेट गर्दै विभिन्न घटनाहरु घटाएका थिए । गएको माघमा नेपाली काग्रेसको महाधिवेशनको क्रममा धनुषा अधिवेशनको वेला एक स्थानिय नेतालाइ मारे पछि यादवको सशस्त्र समुहको पहिचान प्रहरीले गरेका थिए । त्यस पछि उनको समुहका केहि मानिसहरु पक्राउ परे पछि यीनको वारेमा प्रहरीले सुचना पाएका थिए  । काग्रेस अधिवेशनको को क्रममा केहि स्थानिय काग्रसीहरु माथी गोली प्रहार समेत भएको थियो । धनुषा प्रहरीले उनी सहित हिजो राती चार जनालाइ पक्राउ गरेको जनाएको छ । होली पर्व यता जनकपुरको वकिल टोलमा उनको भाइले लिएको घर भाडामा उनीहरु बस्दै आएका थिए । प्रहरी स्रोतका अनुसार उनी संगै पक्राउ परेको महिला गएको बैशाख देखि यीनी संगै बस्दै आएका थिए । कल्याणी देवी यादव नाम गरेकी ती महिलाले विहे अन्य पुरुष सग नै सुरुमा गरेको भए पनि गएको वैशाख देखि चन्द्रदीप यादव सग बस्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।


कुनै वेला जनकपुरमा नामुद  दुइ डन मध्येका एक जय संजय साह टक्लाका दाहिनेका रुपमा काम गरेका यादव केहि समय अर्को डन जीवनाथ चौधरी संग पनि काम गरेको देखिन्छ । संचार उद्योगी सिंघानिय काण्डमा प्रहरीले प्रमुख खोजी गरीरहेको राम विनोद यीनका पार्टनर मानिन्छ । राम विनोद संगै चन्द्रदीप यादव पनि सिंघानिया घटनाका प्रमुख आरोपी मध्येका एक हुन । चन्द्रदीप यादवलाई जनकपुर प्रहरीले नियन्त्रण्नामा लिए पछि काठमाडौ सहित चौतर्फी सिंघानिया काण्डको वारेमा पुन चर्चा सुरु भएको छ । यद्यपी प्रहरी स्रोतका अनुसार प्रहरीले पहिला यीनले हालै संचालनमा ल्याएको सशस्त्र समुहलाई समाप्त पार्ने योजनामा काम गरीरहेका छन । हिजो राती उनी संगै चार जना पक्राउ परेका छन, प्रहरी स्रोत भन्छन, दुइ देखि तीन जना अझै उनको समुहका वाहिर छन, त्यसलाई टार्गेट गरेर पहिला प्रहरीले काम गरीरहेको छ । प्रहरी अधिकारीका अनुसार उनले पछिल्लो समयमा सुरु गरेको सशस्त्र समुह त्यस क्षेत्रका लागी तत्कालीक सुरक्षा थ्रेट भएकाले पहिला यसलाई सल्टाउन खोजीएको छ ।
 
प्रहरीले उनको यो योजना पुरा लगतै सिंघानिया काण्डको वारेमा समेत आफनो छानविन अगाडी वढाउने योजनामा छन । प्रहरी स्रोतका अनुसार सिंघानिया काण्डको वारेमा समेत एउटा टोली केहि दिन अघि देखि नै काम सुरु गरेको छ । भोली पत्रकार सम्मेलन मार्फत यादवलाइ सार्वजनिक गर्ने धनुषा प्रहरीको भनाइ छ ।

No comments:

Post a Comment