Sunday, March 27, 2016

रणनितीक चेपुवामा मधेशी मोर्चा ।



शनिवार बसको मोर्चाको सचिवालय बैठकले अगामी विरोधका कार्यक्रम घोषणा गर्न सकेन । शनिवार विहान तमलोपा पार्टी कार्यलयमा बसेको मोर्चाको सचिवालय बैठक अगामी विरोध कार्यक्रमहरु बनाएर आफना अध्यक्षहरु दिए पनि त्यतै रहन गयो । सचिवालयले हालै विरगंज र महोतरीमा भएको घटनाको वारेमा विज्ञप्ति निकालेर आफनो नियमित कामवाट पन्छिए । मोर्चाका सचिवालयमा रहेका नेताहरुका अनुसार अगामी चैत मसान्त सम्मका लागी मुख्य गरी दुई ओटा कार्यक्रमहरु बनाइएको थियो । पहिलो हरेक जिल्ला सदरमुकामहरुमा आन्दोलन वारे अन्तरक्रियात्मक कार्यक्रम र अर्को मधेशका प्रमुख सहरहरुमा ६ ओटा आमसभाहरु । जसमध्ये ३ ओटा आमसभा सदरमुकाममा र ३ ओटा राजमार्गमा गर्ने सचिवालयको निष्कर्ष थियो । शिर्ष नेताहरुसंग सल्लाह पश्चात शनिवार नै घोषणा गरिने भनिएको मोर्चाको थप विरोध कार्यक्रमहरु वारे उक्त दिन सचिवालयले निकालेको विज्ञप्तिमा एक वाक्य पनि उल्लेख गरिएनन । जवकि बाहिर गएको ११ चैतमा भारतीय राजदुत संग भएको मोर्चाका नेताहरुको भेटलाई लिएर विभिन्न प्रतिक्रियात्मक समाचारहरु वाहिर आइरहेका छन । होलीको शुभकामनाको लागी मोर्चाका शिर्ष नेताहरु बोलाइएको भनिएको उक्त भेटको वारेमा मोर्चाका नेताहरु मुख खोल्न चाहिरहेका छैन ।

रणनितीक चेपुवा 

मधेशमा आन्दोलन चर्किए पछि जती जती वेला मोर्चाको बैठकहरु चर्चामा आउने गर्छन त्यती त्यती वेला भारतीय राजदुत संग भेट भएको देखिन्छ र हरेक पटक मोर्चालाइ त्यसले प्रभावित पारेको देखिन्छ । त्यसैले ओलीको भ्रमण पश्चात राजनितीक भ्रमण र मोर्चाले सरकारलाई दिएको चैत सम्मको अल्टीमेटनका कारण पछिल्लो समयमा मोर्चाको निर्णय प्रति चौतर्फी चासोहरु ह्वातै वढेको देखिन्थयो । जुन कुरा ११ चैतमा मोर्चाका शिर्ष नेताहरु र भारतीय राजदुत  संगको भेटले पनि प्रष्टाउछ । मोर्चा सम्बद्ध उच्च स्रोतका अनुसार होलीको अवसरमा भएको उक्त भेटमा भारतीय राजदुतले मोर्चाका शिर्ष नेताहरु संग ३ ओटा बुदामा छलफल गरेका थिए । पछिल्लो समयमा वाहिर आए जस्तो आन्दोलनका लागी मोर्चालाइ उक्कासिए भन्दा पनि नेताहरु भन्छन भारतीय पक्षले मोर्चाको धारणा बुझन खोजेको थिए । स्रोत भन्छन, उक्त बैठकमा भारतीय राजदुतले मोर्चाका नेताहरु संग बुदागत रुपमा ३ ओटा कुरामा धारणा बुझन खोजेको मध्ये एक नम्बरमा हालै प्रधानमन्त्रीको चिन भ्रमणको क्रममा भएको सम्झौताको वारेमा मधेशको राजनितीक वृतकमा कस्तो प्रतिक्रिया आइरहेको छ, दोस्रो नम्बरमा राजदुतले मोर्चाको अगामी रणनिती के रहेको वारेमा जिज्ञासा राखेका थिए र तेस्रो नम्बुरमा भारतीय राजदुतले राष्टिय राजनितीमा मोर्चाको भुमिका कस्तो हुने वारेमा धारणा बुझने प्रयास गरेका थिए । उक्त बैठकमा सहभागी एक शिर्ष नेताका अनुसार मोर्चा र भारतीय राजुदतको उक्त भेटको सवै भन्दा वढी समय तेस्रो नम्बरको बुदामा भएको जस अन्र्तगत सरकार परिर्वतनको लेखाजोखा विभिन्न कोणहरु वाट भएको थियो ।


सम्बद्ध स्रोत भन्छन, मोर्चाका अध्यक्षहरुले यही तीन ओटा विषयमा आ आफना धारणा भारतीय राजदुतलाई सुनाएका थिए । प्रधानमन्त्री ओलीको चिन भ्रमणको पुर्व सन्धयामा मोर्चाले काठमाडौ स्थित चिनिया राजदुतलाई बुझाएको ध्यानाकर्षण वारेमा त्याहा मोर्चाका नेताहरु माझ मत बाझिएको देखियो । बैठक स्रोत भन्छन, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चिनिया राजदुतलाई लिखित रुपमा बुझाएको ध्यानाकर्षण पत्र प्रति असन्तुष्टि राखेका थिए । उनले मौखिक रुपमा जानकारी गराएको भए राम्रो  हुन्थयो भन्ने धारणा राखे पछि मोर्चाका अन्य नेताहरुको त्यसको संयोजन स्वयम फोरम नेपालले गरेको भन्दै आपति जनाएका थिए । त्यस पछि मोर्चाको अगामी रणनिती वारेमा सवैको एकै  धारणा भए पनि सरकार परिर्वतनको मुद्धामा समेत मोर्चाको दुई ओटा धारणा त्याहा प्रस्तुत भएको नेताहरु बताउछन ।

एउटा धारणा अन्र्गत मोर्चाको माग सम्बोधन हुने गरी तत्कालनै सता समिकरण परिर्वतन भए त्यो राम्रै हुने मत थियो भन्ने अर्को मत अन्र्गत तत्कल यो सरकारलाई ढाल्दा मधेशमा पुन आन्दोलन उठन गाहे हुने आकंलन समेत प्रस्तुत भएको थियो । वर्तमान ओली सरकार भारतीय सर्मथन विनाको सरकार छ भन्ने आम मधेशीहरुको बुझाइ रहेको र भारतीय धापमा बन्ने नयां सरकार प्रति मधेशको मनोविज्ञान परिर्वतन भए त्यसको सिधा असरमा आन्दोलन पर्न सक्ने आकंलन पनि थियो ।

बैठक सहभागी स्रोतका अनुसार भारतीय राजदुतले मोर्चाका नेताहरुको धारणा सुनेका मात्रै थिए । उनले यो वा त्यो वारेमा खासै वोलेका थिएनन । उनले खाली मोर्चाका नेताहरुले प्रस्तुत गरेको धारण आफुले दिल्ली पठाउने वताएका थिए । 

के गर्छन मोर्चा ? 

 

मोर्चा सम्बद्ध नेताहरुका अनुसार सचिवालयले दिएको विरोध कार्यक्रमहरु शिर्ष नेताहरुले सहमती गरेर सम्भवतह एक दुइ दिनमै सार्वजनिक गर्ने छन । तर वाहिर हल्लामा रहेको जस्तो १ बैशाख देखि आमहडताल सहितको कडा आन्दोलन हुन्छ कि हुदैन भन्नेमा मोर्चा कुनै निष्कर्षमा पुगीसकेको छैन । चिनिया राजदुतले मोर्चाका नेताहरु संग काठमाडौमा गरेको सवादको ठिक विपरित वेइजिगंमा प्रधानमन्त्री ओली संग गरेको व्यहवारले मोर्चा एउटा कुरामा प्रष्ट छ कि भारतीय चाहनालाई कुनै पनि हालतमा क्रस गर्नु हुन्न । जो सुरु देखि मधेशको मुद्धा प्रति अन्तराष्टिय फोरमहरुमा समेत आवाज उठाइरहेका छन । मोर्चाका नेताहरु भन्छन, जव सम्म अव मोर्चाको दक्षिणको ठोस धारणा बुझन सक्दैन तब सम्म आफनो रणनितीलाई मुर्त रुप दिन चाहेका छैन । त्यही भएर बैशाख १ देखि मोर्चाको अहिलेको तयारी अनुसार अवज्ञा आन्दोलन हुने छ जस अन्र्तग मधेशका जिल्लाहरुमा सरकार कार्यलयहरु मात्रै बन्द गराइने छ भन्ने सदरमुकामहरुमा अनिश्चितकालिन अनसनहरु राखिने योजनामा मधेशी मोर्चा छन । स्रोत भन्छन, उताको पहिलो प्राथमिकतामा अहिले ओली सरकारको विकल्प नै हो, त्यही भएर यसको वारेमा कसरी राजनितीक वातावरण अगाडी वढछ त्यसले धेरै कुराको निर्धारण हुनेछ । जुन खेल राजनितीक वृतको पर्दा पछाडी सुरु भइसकेको बताइएको छ । त्यही भएर होला १८ चैतमा भारतीय राजदुतलाई भेटेर मोर्चाका शिर्ष नेताहरु फर्के पछि एमाओवादी अध्यक्ष प्रचण्ड मोर्चाका दुइ जना शिर्ष नेताहरु संग लगतै भेटवार्ता गर्न पुगे । यस्ता पर्दा पछाडीको खेलहरु कुन रुपमा आफनो आकार ग्रहण गर्ने छ, त्यसले नै मोर्चाको आन्दोलन र मुद्धाको ठोस सम्बोधनको आधारलाइ पनि तय गर्ने छ ।


1 comment:

  1. मधेसी मोर्चाले अख्तियार गर्नुपर्ने रणनीति http://demrepubnepal.blogspot.com/2016/03/blog-post_27.html

    ReplyDelete