Friday, March 25, 2016

मोर्चा द्धारा भोली चैत मसान्त सम्मको विरोध कार्यक्रम घोषणा हुदै ।


सरकारलाई चैत मसान्त सम्मको अल्टीमेटन दिएको आन्दोलन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भोली शनिवार यो महिना सम्मको लागी आफना विरोध कार्यक्रम सार्वजनिक गर्दै छन । शनिवार विहान ७ वजे तराइ मधेश लोकतान्त्रिक पार्टी कार्यलयमा मोर्चाको सचिवालयको बैठक वोलाइएको छ । सचिवालयले त्यही आफना शिर्ष नेताहरु संग छलफल गरेर यो महिना भरीका लागी आफनो विरोध कार्यक्रमहरु घोषणा गरिने सचिवालयका नेताहरुले जनाएका छन । माघको अन्तिम हप्ता ६ महिना लामो बन्द र नाका केन्द्रित आन्दोलनको कार्यक्रमहरु फिर्ता लिए पछि मोर्चाले आन्दोलन जारी राख्नका लागी विभिन्न किसिमका विरोध कार्यक्रमहरु गर्दै आएको छ  ।


चैतको पहिलो हप्तामै प्रधानमन्त्रीलाइ भेटेर मोर्चाले चैत मसान्त भित्र आफनो ११ बुदे मागको ठोस सम्बोधन नभए आफुहरु त्यस पश्चात पुन कडा आन्दोलनमा जाने अल्टीमेटन वुझाएका थिए । प्रधानमन्त्रीलाई अल्टीमेटन दिएको साझ सरकारसंग एक चरण मोर्चाको वार्ता भए पनि त्यस पछि सरकार र मोर्चा विच कुनै वार्ताको कुराकानी देखिएका छैनन । मोर्चाका नेताहरुका अनुसार उक्त दिन प्रधानमन्त्रीले आफु मोर्चाले बुझाएको ध्यानाकर्षण पढेर पछि राजनितीक छलफलका लागी वोलाउने भनेका थिए । तर त्यस पछि मोर्चालाई सरकारी पक्षवाट वार्ताका लागी कुनै वोलाहट आएका छैन ।
 
गएको साउन अन्तिम हप्ता देखि नै मोर्चा नयां संविद्यानको संघियता सहित अन्य कयौन मुद्धाहरु प्रति असहमती राख्दै आन्दोलन गर्दै आइरहेका छन । मोर्चा संविद्यान निर्माणको प्रक्रियामा समेत सहभागी भएका थिएन । भोली बस्न मोर्चाको सचिवालय बैठकले यस अघि झै का समिकक्षा बैठकहरु, अन्र्तक्रिया र विरोध सभा लगायतका कार्यक्रमहरु चैत मसान्त सम्मका लागी घोषणा गरिने सम्भावना रहेको मोर्चाका नेताहरु बताउछन ।
 
पर्सि देखि सदभावना पार्टीको विस्तारित बैठक विराटनगरमा हुने भएकाले मोर्चाले भोली नै चैत मसान्त सम्मको कार्यक्रमहरु घोषणा गरिन लागेका छन । मोर्चाले सरकारलाइ दिएको अल्टीमेत अनुसार चैत मसान्त नजिकदै जादा मोर्चा आवद्ध प्रमुख दलहरुको आन्तरिक बैठकहरु समेत धमाधम भइरहेको देखिन्छ । पर्सी देखि सभावना पार्टीको दूइ दिन बैठक विराटनगरमा हुने छ भने त्यस लगतै सवै वर्गीय संगठनहरुको बैठक पनि विराटनगरमा गरिने उक्त पार्टीले जनाएको छ । त्यसैगरी फोरम नेपालको बैठक पनि भर्खर नै सम्म भएको छ । तमलोपाले केहि अघि मात्रै आफना शिर्ष नेताहरुको उपस्थितीमा पुर्व देखि पश्चिम सम्मका जिल्लहरुमै पुगेर बैठक गरेका थिए ।  नेताहरुका अनुसार यस्ता बैठकहरु मुख्य गरी मोर्चाले पुन गरिने भनिएको आन्दोलनको रणनितीमा केन्द्रित हुने गरेका छन ।

No comments:

Post a Comment