Thursday, March 24, 2016

कुन नैतिक आधारमा मिनापले हरेक बर्ष जीवनाथ चौधरीलाइ सम्मान गर्छन ?

अघिल्लो बर्ष महामुर्ख सम्मेलनमा सम्मानित भए पश्चात सामुहिक तस्वीर खिचाउदै जीवनाथ चौधरी

होलीको अवसरमा जनकपुरमा आयोजना गरिने महामुर्ख सम्मेलन देशैभरी  प्रसिद्ध छन । मिथिला क्षेत्रको सांस्कृति अभियानमा अग्रणी भुमिका खेलेको दावी गर्ने मिथिला नाटय कला परिषद, मिनाप यसका आयोजक हुन । मिनापले मिथिला क्षेत्रवाट उच्च तहको बौद्धिक काम गर्ने जनालाई हरेक बर्ष छनौट गरेर महामुर्ख सहित विभिन्न व्यंगात्मक पदवी वाट समाजिक सम्मान गर्ने चलन छ । जुन मिथिला क्षेत्रमा चर्चीत पनि छन । मिथिला नाटय कला परिषदकै भनाइलाई यदी सत्य मान्ने हो भन्ने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई वर्ष पिच्छै छानेर यो पदवीवाट समाजिक सम्मान दिने चलन छ । पछिल्लो चार बर्षको रेर्कड हेर्ने हो भन्ने महामुर्ख सहित अन्य सवै पदवीवाट विभिन्न व्यक्तिहरु सम्मान भए पनि जनकपुरका नामुद भुमाफिया जीवनाथ चौधरी हरेक बर्ष यो लिष्टमा देखिन्छ, र सम्मान ग्रहण गर्छन  । यो संवाददाताले फेला पारेको पछिल्लो चार बर्षको मिनापको सम्मान लिष्टमा चौधरी एक मात्र यस्ता भाग्यमानी जनकपुरका नामुद प्रसिद्ध व्यक्ति छन जो मिनापको नजरमा सधै देखिएका छन, जो हरेक बर्ष यो १० ओटा सम्मानित पात्र मध्येका एक हुन । मिनाप खासगरी सम्मनित व्यक्तिहरु छनौटका लागी एउटा समिती नै बनाउने चलन रहेको जनकपुरका स्थानिय जानकारहरु बताउछन । तर अचम्म त के छ चौधरी यो छनौट समितीको लिष्टमा हरेक बर्ष पर्ने गरेको देखिन्छ । मिनाप र रामनन्द युवा क्वलको सुरुवाती कामहरुले जनकपुर क्षेत्रमा मिथिला संस्कृतिको प्रवद्धनमा ठुलो योगदान पुर्याएको स्थानिय अगुवाहरु वताउछन । तर अचम्म त के भन्ने विभिन्न काण्डमा मुछिएका चौधरीको सार्वजनिक जीवन पनि यही क्लवहरुले वनाएको देखिन्छ ।

यसपटक महामुर्ख सम्मेलनमा सम्मान ग्रहण पश्चात चौधरी

जनकपुरमा मिनाप र रामन्नद युवा क्लवको आफनै विरासत रहेको जानकारहरु बताउछन । तर चौधरी संगै हालका रामनान्द युवा कलवका अध्यक्ष पनि जिविस भ्रष्टाचारमा मुछिएका छन । जानकारहरुका अनुसार पछिल्लो दशकमा यी क्लवहरुमा भएको राजनितीकरणको यो प्रभाव हो । जसले स्थानिय समाजलाई अपराधिकारण गर्दै छ ।
 
राजनितीक संरक्षणमा जीवनाथको चुरीफुरी  



यो फोटो झण्डै १ बर्ष अगाडी जनकपुरमा आयोजना गरिएको एउटा कार्यक्रमको हो । यो फोटोमा नेपाली काग्रेसका नेता  विमलेन्द्र निधीको छेउमा देखिएका अनुहारको नाम हुन जीवनाथ चौधरी । चौधरी जनकपुर बमकाण्डका एक रहस्यमय पात्र हुन भने जनकपुरका प्रख्यात माफिया । उनी करौडौको भ्रष्टाचारको आरोपमा अख्तीयार द्धारा निलम्बीत जिविस धनुषाका सहलेखापाल पनि हुन । डेढ बर्ष अगाडी धनुषा प्रहरीले सशस्त्र समुहको नाइके मुकेश चौधरीलाई समातेपछि जनकपुर बमकाण्डको मुख्य योजनाकार सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष संजय साह रहेको पुष्टि भएको थियो र त्यस पश्चात सभासद समेत रहेका साहलाई प्रहरीले पक्राउ गरेर हाल सिरहा कारागारमा राखेका छन । यो सम्रग प्रक्रियाामा जीवनाथ चौधरीको नाम पनि विभिन्न ठाउमा ठोकिएका थिए । तर राजनितीक संरक्षणकै कारण उनलाई कही कतै भएको देखिदैनन । वरु जनकपुर क्षेत्रमा उनको चुरीफुरी थप सशक्क्त हुदै गएको देखिन्छ । जनकपुर क्षेत्रमा संजय साह र जीवनाथ चौधरी चर्चीत माफियागिरीका नामहरु मध्येका हुन । र उनीहरुले त्यसमा क्षेत्रमा मधेशको नाममा सशस्त्र समुह संचालन गरेको चर्चा आमस्तरमा हुने विषय बन्ने गथ्र्यो । प्रहरीले आफनो अनुसन्धान मार्फत संजय साहलाई कानुनको दायरामा ल्याएपछि जनकपुर क्षेत्रका आम नागरिकले नेपालको प्रहरी प्रशासनलाई धन्यवाद दिएका थिए । तर जीवनाथ चौधरी माथी प्रहरीले देखाएको एहसानलाई हाल त्यस क्षेत्रमा नागरिकहरुले प्रहरी प्रशासनलाई राजनितीक संरक्षणको आडको केही नगरेको भन्दै चुटकिला बनाएर उडाउने गरेका छन । संजय साह जस्तै गरी सशस्त्र समुह संगको सम्बन्ध चौधरीको पनि भएको कुरा प्रहरी प्रशासनलाई थाहा नभएको चाही होईन । डेढ बर्ष अगाडी नै धनुषा प्रहरीले पक्राउ गरेका पृथ्वी सिंह समुहका उमेश यादवले आफनो बयानमा भनेका छन, जीवनाथ चौधरीले हामी विरुद्ध सुराकी गरेकै कारण उनीमाथी ०६६ सालमा हामीले गोली प्रहार गरेका थियौ । यादवको परिवारले सशस्त्र समुहमै लागेका उमेशका भाई श्रीराम यादवलाई चौधरीले नै मार्न लगाएको आरोप मानअधिकार आयोग सम्बन्धी केही संघसंस्थालाई बताएका थिए ।  
 
यसको साथै चौधरीले स्थानिय विल्ला विकास समिती धनुषाका सहलेखापाल भएर करौडौं भ्रष्टाचार गरेको आरोप अख्तीयारले चार बर्ष अगाडी लगाएका थिए । त्यही क्रममा उनी निलम्बनमा पनि परेका छन । तर आज पनि चौधरीको ईसारा विना धनुषा जिविसीमा कसैको केही चल्दैन । राजनितीक दबाबमै अख्तीयारले पनि चौधरीको मुद्धालाई अत्यन्तै कमजोर तरीकाले विशेष अदालतमा पेश गरे पनि विशेषले उनलाइ भ्रष्टाचारी ठहर गर्यो । हाल उनको मुद्धा सर्वोच्चमा चल्दै छ ।

को हुन जीवनाथ चौधरी ? 
 २०२७ सालमा महोतरीको नैनही बासोपटीमा जन्मेका जीवनाथ चौधरी ०४६ सालतिर सानोतिनो किराना पसल गरीरहेका बुबासंग जनकपुर छिरेका हुन । रामानन्द युवा क्लव मार्फत काग्रेस नेताहरुहरुसंग सम्बन्ध जोडेका चोधरी ०४९ सालमा काग्रेसका रामसरोज यादव जिविस सभापति भएपछि जिविसमा सहलेखापाल भए । जिविसका ठेक्कामा सन्जय साहका पार्टनर भएका चौधरी विस्तारै जिविसको ठेक्का कसलाई दिने निर्णयक भुमिकामा बदल्यीयो । २०६३,०६३ को जनआन्द्योलनता र मधेश आन्दोलनताको उनी रामानन्द युवा क्लवका सभापति भएकाले जनकपुरमा उनको राजनितीक हैसियत बन्न गयो । अहिले उनको रामानन्द चौकमा सुविधासम्पन्न होटल सिता प्यालेस छ । क्यासिनो सन्चालन गर्ने गरी उनको साततले नया भवन बन्दैछ । जनकपुरनगरपालिका भित्रै उनको ६ विद्या जग्गा छ । जनकपुरमा उनको ठुलो रियलस्टेट कारोबार पनि छ ।  दोस्रो संविधानसभाको निर्वाचनमा उनी काग्रेस नेता  विमलेन्द्र निधि र धनुषा काग्रेसका सभापति रामसरोज यादवको प्रचारप्रसारमा खुल्ला रुपमै लागेका थिए । 


No comments:

Post a Comment