Wednesday, March 23, 2016

अर्को हप्ता देखि मोर्चाले प्रचारात्मक अभियान तीव्र बनाउने ।


सरकारलाई चैत मसान्त सम्मको अल्टीमेटन दिएको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा अगामी हप्ता देखि प्रचारात्मक अभियानलाई तीव्र बनाउने आन्तरिक तयारी सुरु गरेका छन । गएको ७ गते सम्मको विरोध कार्यक्रम सिद्धए पश्चात मोर्चाले होली पछि थप विरोधका कार्यक्रमहरु सार्वजनिक गर्न जनाएका थिए । चैत मसान्त नजिकदै जादा मोर्चाले अगामी आन्दोलनका लागी मधेशका जिल्लाहरुमा विभिन्न तरिकाका प्रचारात्मक कार्यक्रमहरु बनाउन लागेको जनाएको छ । माघको अन्तिम हप्ता बन्द हडताल र नाका केन्द्रित कार्यक्रम फिर्ता लिएर आन्दोलनको स्वरुप परिर्वतन गरेको जनाएको मोर्चाले चैत मसान्त सम्म आफनो माग पुरा नभए पुन कडा आन्दोलनमा जाने बताएका थिए ।


६ महिना लामो मधेश आन्दोलनमा सहिद भएकाहरु र धाइतेहरुको स्वास्थ लाभको कामना गर्दै मोर्चाले यस पटक होली नमाउने निर्णय गरेका थिए । मोर्चाका नेताहरुका अनुसार मधेशमा भोली होलि सकिने वितिकै पर्सी देखि सचिवालय स्तरको गृहकार्य सुरु हुने छ । यो हप्ता भरीमा सचिवालयले गृहकार्य गरेर अर्को हप्तामा मोर्चाको शिर्ष बैठक बोलाउने तयारी समेत भइरहेको नेताहरुले बताएका छ ।
 
सचिवालय स्तर वाट अर्कौ हप्ता देखि घोषणा गरिने प्रचारात्मक अभियान अन्र्तगत अव मधेशका जिल्लाहरुमा सरकारी कार्यलय घेराउ देखि मधेशका प्रमुख सहरहरुमा ठुला ठुला आमसभा लगायतका कार्यक्रमहरु हुने सचिवालयका नेताहरुले जनाएका छन । माघको अन्तिम हप्ता देखि आन्दोलनको स्वरप् परिर्वतन गरेको मोर्चाले सना सना विरोधसभा सहित आफनो ११ बुदे मागको वारेमा जागरण अभियान चलाउदै आएका थिए ।
 
मोर्चाका नेताहरुका अनुसार यो विचमा सरकारलाई दुई महिनाको समय हुदा पनि कुनै ठोस वार्ताको पहल अहिले सम्म भएको छैन । चैतको पहिलो हप्ता प्रधानमन्त्रीलाइृ मोर्चाका शिर्ष नेताहरुले अल्टीमेटन दिन जादा वेलुकि वार्ताका डाके तर राजनितीक कुराकनी गर्न प्रधानमन्त्री तयार भएन । त्यस पछि मोर्चाका नेताहरुले धाइतेहरुको खर्च, सहिद घोषणा र न्यायीक छानविनको वारेमा आफना कुरा राखेर वालुवाटारवाट फर्केका थिए । प्रधानमन्त्रीले त्यस लगतै बस्ने मन्त्रीपरिषदको बैठकवाट ती कुरा गर्ने वचनवद्धता मोर्चालाई गरेका थिए । तर त्यस पछि बसेको मन्त्रीपरिषदको बैठकले धाइतेहरुको उपचारका लागी ३१ लाख रुपैया दिने निर्णय गरे पनि मोर्चाले त्यो अहिले सम्म पाएका छैन । मोर्चाले धाइतेहरुको उपचाररार्थ ४० लाख वरावरको रकम माग गरेका थिए ।
 
मोर्चाका नेताहरुका अनुसार सरकारी पक्ष मोर्चाको कुनै पनि विषयमा गम्भिरता पुर्वक कुरा अगाडी नवढाएका मोर्चा आन्तरिक रुपमा पुन आन्दोलन उठाउने निष्कर्षमा पुगीसकेको छ । जसको लागी अव अर्को हप्ता देखि विभिन्न किसिमका प्रचारात्मक अभियानहरु सुरु गर्न लागीएको छ । जसमा मोर्चाका शिर्ष नेताहरु समेत सहभागी हुने जनाइएको छ ।

No comments:

Post a Comment