Tuesday, March 22, 2016

उपेक्षाको सिकारमा ऐतिहासिक 'मिथिला परिक्रमा'



बुधवार विहानै जनकपुरमा लाखौको सहभागीमा हुने अन्तगृह परिक्रमा पश्चात यस पटकको १५ दिने मिथिला परिक्रममा सम्पन्न हुने छ । १५ दिन अघि जनकपुरको हनुमाननगर वाट सुरु भएको मिथिला परिक्रममा धनुषा, महोत्तरी सहित भारतको समेत कयौन धामहरु पुग्दै मंगलवार पुन जनकपुर आइ पुगेका हुन । संसकृतिविदहरु मिथिला परिक्रममालाई विश्वमै हाल रहेको जिवित रहेको एक मात्र अलौकिक परम्परागत चलनको रुपमा अर्थयाउछ । अर्को महत्वपुर्ण पक्ष त के छ भन्ने यो नेपाल र भारत दुवै देश विचको संस्कृति सम्बन्धलाई समेत यसले झल्काउछन । तर यसको विजोग चाही दनीयय अवस्थामा छ । जनकपुर वाट सूरु हुने १५ दिने परिक्रममा अन्र्तगत १३३ किलो मिटर दुरी यात्रीहरु पैदल मार्ग मार्फत गर्छन । जुन जनकपुर सहित स्थानिय महत्व बोकेका धामहरु हुदै सम्पन्न हुन्छन । बर्षै पुरोनो मान्यता रहेको यो परिक्रममाको हाल सम्म भन्ने कुनै व्यवस्थतीत गर्न नसकिएको देखिन्छ नत कुनै ठोस योजना मुताविक यसको विकास कार्यक्रम अगाडी वढाइएको छ । जसका कारण आउदो केहि दशकमा यो परम्परा लोप त नहुने हो भन्ने चिन्ता पनि त्यस क्षेत्रका संस्कृतिविद्धहरुमा व्याप्त देखिन्छ ।
 
राजनितीक सिकारको चपेटा

धामिंक भजन किर्तन गर्दै हजारौको संख्यामा यात्राीहरु १३३ किलो मिटर मिटर पैदल यात्रा गर्दै मिथिला परिक्रमा गर्ने गर्छन ।

 
नेपालमा हाल रहेको संसदमा काठमाडौ पछि सवै भन्दा वढी संसद जनकपुरवाट अर्थात धनुषा जिल्लावाट छ भन्ने कुरा स्वयंम अधिकाशं जनकपुरवासीलाई पनि थाहा नहोला । तर यो एतिहासिक नगरीको वेहाल र वेथिती उस्तै दे्खिन्छ । तर जनकपुरमा मंगलवार पुगेका १५ दिने परिक्रमाका हजारौ यात्रीका लागी नत कुनै ठोस व्यवस्था हुन्छ नत कुनै कार्यक्रम । जानकारहरु यसको मुख्य दोषी राजनितीलाई दिन्छ । जनकपुरमा मिथिला क्षेत्र वा खासगरी जनकपुरको धार्मिक विकासका लागी सरकारी स्तरवाट विभिन्न निकायहरु रहेको देखिन्छ । जानकारहरु भन्छन, सरकार पिच्छै नयां कार्यलय खोलीन्छ, आफनो कार्यकर्ता पाल्ने वाहेक अरु त्यसले केहि गर्दैन । जनकपुरको स्थानिय अधिकारहरुका अनुसार जनकपुरमा अहिले त्याहाको धार्मिक विकास र कार्यक्रम वढाउनका लागी मुख्यगरी जनकपुर वृह्तर , विदेश मिथिला पर्यटन समिती, गुठि संस्थान र मन्दिरहरुको अन्र्तगत मुख्यगरी जानकी मन्दिर र राम मन्दिरहरुको महन्थ्हरु संग कार्यक्रम र अधिकारहरु देखिन्छ । जानकारहरु भन्छन, समस्या यही निरै छ, सवै आ आफना ढंगले यसलाई अहिले सम्म दुरुपयोग मात्रै गर्न खोजे, काम गरेनन ।
 
सडक विभाग अन्र्तगको एउटा परियोजना अन्र्गत मिथिला परिक्रममा अन्र्तगत पर्ने जनकपुर ५ कोसे सडक सहित अन्य धनुषाा, महोत्तरीको सडकहरु टुक्रा टुक्रमा टेण्डर त लागेका छन तर टेण्डर लागेको पनि बर्षौ वित्न लाग्यो अहिले सम्म काम सुरु हुन सकेको छैन ।
 
ठोस योजनाको खाचो । 

व्यवस्थाको अभावमा खुल्ला जग्गहरुमा यात्रुहरु रात काटछन । 

मिथिला परिक्रममा जनकपुर सहित भारतको सिमावर्ती केहि स्थानिय धामिंक ठाउहरु जोडने एउटा महत्वपुर्ण कडी पनि हो । झण्डै ढेड बर्ष अगाडी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हुने भनिएको जनकपुर भ्रमण ताको यसको चर्चा व्यापक चुलियो र तर मोदीको भ्रमणको स्थगीत भए संगै त्यो पनि त्यतीकै सेलायो । काठमाडौ स्थित भारतीइ दुतावासकै पहलमा जनकपुरका लागी के के योजना मोदीवाट घोषणा गराउन सकिन्छ भन्ने वारेमा जनकपुर संग सरोकार राख्ने विभिन्न पक्षहरु संग धनिभुत छलफलहरु भएको थियो । जसमा एउटा प्रमुख थियो दुवै देश भएर हुने यी धार्मिकर सांस्कृति परिक्रममाको समुचित विकास र प्रर्वद्धन । जनकपुर अयोध्या जाडेने मार्ग निर्माणको घोषणा पछि भारतीय सरकार वाट भए पनि जनकपुरको अन्य कार्यक्रमहरु पर्न सकेनन । स्थानिय सरोकारवालाहरु यसमा पनि काठमाडौ केन्द्रित राजनितीक मनोविज्ञान र स्थानिय नेताहरुको फटहागिरीलाइ दोष ठान्छन ।
 
हाल नेपाल सरकारले सडकहरुको लागी गरेको विभिन्न टेण्डरहरु कुनै पर्यटकिय दुष्टिकोणले गरिएको छैन । मोदीको जनकपुर भ्रमण हुने वेलामा जनकपुर विकास लागी बनाइएको मास्टर प्लानका अगुवा एक जना मध्येका जनकपुर वृहतरका अध्यक्ष राम कुमार शर्मा भन्छन, त्यसमा हामी ५ अर्बको कार्यक्रम अन्र्तगत परिक्रममा प्रर्वद्धन देखि जनकपुरको पोखरी सम्बद्र्धन गर्दै जलविहार बनाउने देखि जनक दरवार सम्मको प्रस्ताव राखेका थियौ । केहि महिना अघि सरकारले घोषणा गरेको यो जनकपुर उपमहानगर पालीकाको विच सहरको चारै तिर मात्रै ७२ ओटा ऐतिहासिक तलाउहरु छन । जाहा मन्दिर देखि यी महत्वपुर्ण सबै तलाउहरुको हजारौ विघा जग्गाहरु त्याहा वाट प्रतिनिधित्व गर्ने अगुवा नेताहरुकै सरक्षणमा स्थानिय भुमाफियाहरु र महन्थहरु  सखास पारी सकेका छन ।
 
मोदीको भ्रमणको केहि पुर्व अतिक्रमण गरिएको जग्गाहरु भत्काउने अभियान समेत त्याहा सुरु नगरिएको होइन । जानकी मन्दिर नजिकैको केहि घरहरु भत्काइयो पनि तर केहि भुमाफितायहरुको घर र व्यापारिक ठाउहरुमा पुगे पछि त्यो त्यतीकै रोकियो । जनकपुरलाई नजिकवाट नियाल्नेहरु भन्छन, यो धार्मिक नगरी राजनितीज्ञ, मन्दिरका महन्थ र भुमाफियाको चंगुलमा यसरी फसेको छ कि याहाको विकास लागी जव सम्म फरक तरिकले सोच्ने जमात अगाडी आउदैनन तब सम्म सम्भवै छैन । यसको वारेमा गम्भिरता पुर्वक सोचिएनन भन्ने यस्तो ऐतिहासिक देखिएको मिथिला परिक्रमा जस्तो चलन पनि अवको केहि दशकमा सकियो भन्ने आश्चर्य मान्नु पर्दैन ।

No comments:

Post a Comment