Monday, March 21, 2016

मधेशी मोर्चा द्धारा होली नमनाउन अपिल ।

मोर्चाको सचिवालय बैठक । फाइल फोटो


आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जारी मधेश आन्दोलनको क्रममा प्रहरी द्धारा मधेशमा व्यापक जनधनको क्षती भएको भन्दै यस्तो शोकाकुल अवस्थामा होली पर्व नमाउन सवैमा आग्रह गरिएको छ । मोर्चाको सचिवालयले सोमवार विज्ञिप्ती निकालेर मधेशमा आन्दोलनको क्रममा ५० जना भन्दा वढी मारिएको र हजारौको संख्यामा धाइतेहरु अझै उपचारार्थ रहेको भन्दै यस्तो अवस्थामा रड र अविर लगाएर उल्लासको वातावरण निर्माण गर्न नसकिने बताएको छ । मोर्चाले गएको साउन देखि नयां सविद्यानको कयौन मुद्धाहरुमा असहमती राख्दै आन्दोलन गर्दै आइरहेका छन ।


माघको अन्तिम हप्ता ५ महिना लामो आमहडताल फिर्ता लिएर आन्दोलनको स्वरप् परिर्वतन गरेको मोर्चाले हालै सरकारलाई चैत मसान्त सम्मको पुन अल्टीमेटन दिएको छ । मोर्चाले चैत मसान्त सम्ममा सरकारले आफुहरुको मुद्धालाई सम्बोधन नगरे पुन आमहडताल सहितको कडा आन्दोलनमा जाने बताइसकेका छन ।  मोर्चाले हिजो मात्रै विरोध कार्यक्रम स्वरुप मधेशमा जिल्लाहरुमा होलिका दहनको रुपमा नयां संविद्यानमा हस्ताक्षर गरेका सभासदहरुको पुतला जलाएका थिए ।

 
मोर्चाको सचिवालय द्धारा आज जारी गरिएको विज्ञिप्तिमा होली पछि थप विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने समेत उल्लेख गरिएको छ ।

No comments:

Post a Comment