Sunday, March 20, 2016

प्रधानमन्त्रीको चिन भ्रमणलाई नजिकवाट मधेशी मोर्चा नियाल्दै ।


प्रधानमन्त्री आज चिन गएकै दिन उनको पुतला मधेशका जिल्लाहरुमा जलाइएको छ ।

आइतवार एक हप्ते उत्तरी छिमेकी मुलुक चिनको भ्रमणमा गएको प्रधानमन्त्रीको यात्रालाई आन्दोलनरत मधेशी मोर्चाले नजिकवाट नियालीरहेको जनाएको छ । चैत मसान्त सम्मको अल्टीमेटन दिएको मोर्चाले प्रधानमन्त्रीको चिन भ्रमण कस्तो हुन्छ त्यसतै आधारमा आफनो अगामी रणनिती वनाउने आन्तरिक तयारीमा रहेको जनाएको छ । गएको शुक्रवार मात्रै आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनले चिनिया राजदुतलाइ भेटेर प्रधानमन्त्री केपी शर्मा आलीको भ्रमणको वेला महत्वपुर्ण सम्झौताहरु नगर्न आग्रह गर्दै मधेशको मुद्धामा कुटनितीक दबाब सिर्जना गरिदिन आग्रह गरेको थियो । आन्दोलनरत मधेशी मोर्चाले प्रधानमन्त्री ओलीलाई चैत मसान्त सम्मको एक महिना अल्टीमेटन दिए लगतै आज सम्मका लागी आफनो जारी दबाब मुलुक कार्यक्रमहरु सार्वजनिक गरेका थिए । कार्यक्रम सार्वजनिक गरेर मोर्चाका दुई शिर्ष नेताहरु दिल्ली भ्रमणमा गएका थिए । मोर्चाका दुई शिर्ष नेताहरु दिल्लीवाट फक्रिएकै दिन चिनिया राजदुतलाई प्रधानमन्त्री ओलीको चिन भ्रमणको सम्बन्धमा आफनो मागहरुको वारेमा ध्यानाकर्षण गराएका थिए ।


प्रधानमन्त्री ओली आज एक हप्ते भ्रमणका लागी चिन उडेका छन ।
मोर्चाका भित्रियाहरुका अनुसार प्रधानमन्त्री ओलीले मधेशीहरु आफनो अधिकारको लागी आन्दोलन गर्दा चिनिया पक्षको सहयोगमा त्यसलाई क्रस गर्ने दाउमा छन । मधेशमा आन्दोलन चर्किए संगै नेपाल भारत नाकाहरुमा उत्पन्न भएको असहजताका कारण सरकारी पक्ष चिपनया काडै प्रयोग गरेर आन्दोलनलाई वेवास्ता गर्न खाजेको मोर्चाको बुझाई छ । आज मात्रै आफनो पछिल्लो औपचारिक विरोध कार्यक्रमको तालिका समापन गरेको मोर्चा प्रधानमन्त्री ओलीको सचन भ्रमण कसरी सम्पन्न हुन्छ त्यसकै आधारमा रणनिती बनाउने आन्तरिक मनस्थितीमा छन ।
 

मोर्चाका एक शिर्ष नेता भन्छन, अव यो हप्तामा होली नै भयो, अर्को हप्ताको सुरुमै प्रधानमन्त्रीको चिन भ्रमण नै सकिने छ, त्यस पछि मात्रै मोर्चाको औपचारिक बैठक वोलाउने तयारी भईरहेको नेताहरु बताउछन । मोर्चाका कतिपय भित्रियाहरुका अनुसार जारी मधेश आन्दोलनमा भारतीइ पक्षले खुलेर समर्थन जनाए पश्चात प्रमुख दलहरु खासगरी एमाले र एमाओवादी चिनिया पक्षसंग विभिन्न दुगार्मी सम्झौता गर्न आन्दोलनलाई क्रस गर्न सकिन्छ भन्ने दाउमा देखिन्छ । मोर्चाका भित्रियाहरु भन्छन, यदी त्यसो भयो भने वर्तमान सतारुढ गटवन्धनका लागी धेरै महंगो मुल्य पनि चुकाउनु पर्ने हुन्छ । यद्यपी मोर्चाका नेताहरु भन्छन, चिनिया पक्ष नेपालमा पछिल्लो समयमा विकसित सवै घटनाक्रमवाट जानकार नै छ, तर हेर्न वाकी छ कि प्रधानमन्त्रीको भ्रमणको वेला उनले त्यसलाई कसरी लिनेछन । ठिक एक महिना अगाडी प्रधानमन्त्री ओलीले गरेको भारत भ्रमणको वेला भारतीय पक्षले गएको ७ महिना देखि मधेशमा आन्दोलनरत पक्षलाइ समबोधन गर्नु पर्ने आफनो धारण स्पष्ट रुपमा सुनाएका थिए ।
 
मोर्चाले घोषणा गरे अनुसार आज मधेशका जिल्लाहरुमा नयां संविद्यानमा हस्ताक्षर गरेका प्रधामन्त्री सहित अन्य सभासदहरुका पुतला दहन गरेका थिए । मोर्चाले जनजाती सहितको आफनो संघिय गठवन्धन मार्फत हिजो शनिवार काठमाडौमा समेत विरोध स्वरुप जुलुस समेत प्रर्दन गरेका थिए । मोर्चाका आन्तरिक खेलाडीहरु भन्छन, प्रधानमन्त्रीको चिन भ्रमणका वेला के के हुन्छ, त्यसलाइृ मोर्चाले गम्म्भिरता पुर्वक नियालीरहेका छन ।
 
मोर्चाले चैत मसान्त देखि आन्दोलन गर्ने पुर्व घोषण गरीसकेका छन तर उक्त आन्दोलनको रणनिती वारेमा सवै पक्षहरु संग भन्ने आन्तरिक छलफहरु अहिले गरीरहेका छन । मोर्चाका नेताहरु भन्छन, आन्दोलनको ठोस रणनिती प्रधानमन्त्रीको चिन भ्रमण पछि मात्रै ठोस आकार लिने छन ।

No comments:

Post a Comment