Friday, March 18, 2016

मधेशको मुद्धा वारे चिनिया राजदुतलाई ध्यानाकर्षण ।

ठाकुर र यादव दिल्लीवाट फर्के ।  

मधेशको मुद्धा वारे चिनिया राजदुतलाई ध्यानाकर्षण गराउदै मोर्चा
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चिन भ्रमणको पुर्व सन्धयामा आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनले आज नेपालका लागी चिनिया राजदुतलाइ मधेशी जनजातीहरुको मुद्धाको वारेमा ध्यानाकर्षण गराएका छन । प्रधानमन्त्री ओली आउदो ७ गते चिन भ्रमणमा जादै छन । आन्दोलन मोर्चा र गठवन्धनले ओली नेतृत्वको सरकारले जारी आन्दोलनको माग सम्बोधन नगरेको र आन्दोलनको क्रममा मधेशमा व्यापक रुपमा मानव अधिकारको हनन गरिएको भन्दै आन्दोलनको पक्षमा मित्र राष्टको नाताले आवाज उठाइ दिन आग्रह गरिएको छ । दुई पेज लामो लिखित आफनो आग्रह पत्र बुझाउदै मोर्चाले चिनिया राजदुत मार्फत चिन सरकारलाई यसको वारेमा ध्यानाकर्षण गराएको जनाएको छ ।

मोर्चाको ध्यानाकर्षण बुझदै शुक्रवार विहान एउटा होटलमा झण्डै अढाइ घण्टा यी नेताहरु संग विताएको चिनिया राजदुतले आन्दोलनरत पक्षको कुरालाई आफुले चिन सरकार समकक्ष पुर्याउने आश्वासन दिएका थिए । चिनिया राजदुतलाई ध्यानाकर्षण बुझाउन गएका मध्ये एक मोर्चाका नेता तथा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार चिनिया राजदुतले आफुहरु नेपालमा राजनितीक स्थायित्व होस र आर्थिक समृद्धिको वाटोमा नेपाल अघि वढोस भन्ने चाहना राखेको बताएका थिए । त्यससगै राजदुतले जारी मधेशको आन्दोलनको वारेमा त्याहा पुगेका मोर्चाका नेताहरु वाट जिज्ञासाहरु समेत राखेको यादवले बताए । उनका अनुसार मोर्चाका नेताहरुले नेपाल प्रमुख दलहरुले जारी गरेको नयां संविद्यान मधेशी जनजातीहरुको विरुद्धमा रहेको भन्दै छिमेकि भारत जस्तै यस मामलामा अडान राख्न आग्रह गरेका थिए । त्यसको जवाफमा राजदुतले भारत र चिन असल छिमेकि रहेको भन्दै नेपाल मामिलामा हामीहरु भारत र चिन लगभग एकै ठाउमा रहेको समेत बताएका थिए ।

त्यो संगै मोर्चाका नेताहरु प्रधानमन्त्री ओलीको आसन्न चिन भ्रमणको वेला कुनै दुगार्मी प्रभाव पार्ने खालका सम्झौताहरु नगर्न समेत चिनिया पक्षलाई आग्रह गरिएको थियो । नेता यादव भन्छन, ओली नेपालको सवै सिमान्तकृत समुदायको विरोधको तगारोमा छ, ओली र प्रमख दलहरुले ल्याएको संविद्यान नेपालको एउटा उच्च वर्गको जातले मात्रै स्विकार गरेका छन, त्यसैले हामीले कुनै पनि दुर्गामी सम्झौता गर्दा त्यसको स्थायित्व लाइ ख्याल गर्न आग्रह गर्यो । यादवका अनुसार चिनिया राजदुतले चिन सरकारको विदेशी निती र उनले आफना छिमेकिहरुमा गरीरहेको कामहरुको वारेमा समेत मोर्चाका नेताहरुलाई जानकारी गराएका थिए ।
 

ठाकुर र यादव दिल्ली वाट फर्के ।

ठाकुर र यादव दिल्लीवाट फर्के पछि काठमाडौ स्थित विमानस्थलमा  ।
 पछिल्लो तीन दिन देखि काठमाडौ फर्कन लागी  कुनै न कुनै झमेला व्योहोरिरहेका मोर्चाका दुइ शिर्ष नेताहरु शुक्रवार अन्नतह काठमाडौ फर्केका छन । गएको आइतवार दिल्लीमा आयोजना गरिएको एक अन्तक्रिया कार्यक्रममा सहभागी हुन त्यता गएका तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र शुक्रवार विहान साढे ११ वजे काठमाडौ उत्रिए । जादा खेरी मंगलवार नै फर्कने गरी गएको बताएको आन्दोलनरत मोर्चाका यी दुई शिर्ष नेताहरु त्याहा भएको केहि महत्वपुर्ण भेटघाटका कारण पुर्वघोषणा गरिएको मंगलवार फर्कने कार्यक्रम रद्ध गरेका थिए ।
 
बुधवार दिउसो देखि त्यही दिन रातीको फलाइटवाट काठमाडौ फर्कनका लागी टिकट बनाउन पठाएका उनीहरु त्यो दिनको टिकट नै नपाए पछि फर्कन सकेनन । त्यस पछि हिजो विहिवार नेपाल यएरलाइन्सको टिकट उनीहरु पाए । विहिवार एयरपोर्टमा आइपुग्दा त्याहा जहाजमा बम छ भन्ने हल्ला फैलिए पछि उनीहरु पुन दिल्लीमै अडकिए । त्यस पछि उक्त जहाज आज शुक्रवार विहान आउदा त्यही वाट ठाकुर र यादव काठमाडौ फर्किएका छन ।

No comments:

Post a Comment