Wednesday, March 16, 2016

ठाकुर र यादव दिल्लीवाट आज फर्कदै ।


गएको आइतवार दिल्ली गएका तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज अवेर राती काठमाडौ फर्कदै छन । मंगलवार नै फर्कने अघि दिल्ली उडेका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका यी दुई शिर्ष नेताहरु केहि महत्वपुर्ण भेटघाटका कारण आफनो पुर्ववत निर्धारित कार्यक्रम भन्दा एक दिन ढिला आज फर्कदै छन । सम्बद्ध स्रोतका अनुसार मंगलवार ठाकुर र यादवको भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंगको बैठक तय भए पछि यीनीहरु आफनो पुर्व फर्कन कार्यक्रम रद्ध गरेका थिए । सोमवार दिल्लीमा भएको एउटा अन्तक्रिया कार्यक्रममा सहभागी हुने मुख्य उदेश्यका साथ दिल्ली गएका मोर्चाका दुई जनै शिर्ष नेताहरु भारतीय विदेशमन्त्री स्वराज संगै गृहमन्त्री राजनाथ सिंह लगायत अन्य राजनितीक भेटघाट गरेको उनीहरु निकटस्त स्रोतको भनाइ छ । त्यो संगै मोर्चाका नेताहरु दिल्ली स्थित नेपाली राजदुतले आयोजिना गरेको डिनर मिटिंगमा समेत सहभागी भएका थिए, जाहा भारतीय कुटनितीज्ञहरुको समेत उपस्थित थियो ।


पछिल्लो समयमा पुन आन्दोलन गर्ने समय सिमा नै तोकेर सरकारलाई अल्टिमेटन दिएको मोर्चाको दुइ जना शिर्ष नेताहरुको दिल्ली यात्रालाई महत्वका साथ हेरिएको थियो । दिल्ली पुगेका एक मधेशी नेताका अनुसार भारतीय पक्षले सिमाकंनको मुद्धा ठोस रुपमा सम्बोधन नहुन्जेल सम्म मधेश आन्दोलन प्रति भारतीय सदभाव कायमै रहने बताएका थिए । हिजो मंगलवार नै काठमाडौ समेत भारतीय विदेशसचिव एस जय शंकरले मोर्चाको नेताहरुको संगको भेटमा समेत मोर्चा भन्दै आएको पुन आन्दोलनको वारेमा गहिरो चासो राखेका थिए ।
 
माघको अन्तिम हप्ता ६ महिना लामो बन्द हडताल र नाका केन्द्रित विरोध कार्यक्रम सहितको आफनो आन्दोलनको स्वरुप परिर्वतन गरेको मोर्चाले यही चैतको अन्तिम वाट पुन आमहडताल सहितको आन्दोलन चर्काउने बताउदै आएका छन । नेपालको पछिल्लो राजनितीक घटनाक्रम प्रति विदेश चासो व्यक्त गर्दै आएको भारतीय पक्षले जारी मधेश आन्दोलन सगै आफनो असन्तुष्टि पनि व्यक्त गर्दै आइरहेका छन ।
 
मोर्चाका शिर्ष नेताहरु ठाकुर र यादव यही सन्दर्भमा गएको सोमवार दिल्लीमा भएो अन्त्क्रियामा समेत ठुलो असन्तुष्टि पोखेका थिए । ठाकुर र यादव सम्बद्ध स्रोतका अनुसार यी दुई शिर्ष मोर्चाका नेताहरुले आफुहरु सिमाकंनको सवालमा २ प्रदेश भन्दा तल कुनै पनि हालतमा नझर्ने बताउदै जारी आन्दोलन प्रति भारतीय पक्षले देखाउदै आएको सदभाव कायम राख्न आग्रह गरेका थिए । नेपालको हरेक अधिकारको आन्दोलनमा भारतीय सहित अन्य विदेशी शिक्तहरुको सदभाव देखिएकै हा्े, दिल्ली मै रहेका एक मधेशी नेता भन्छन, त्यही भएर नेपालको मधेशी समुदायहरुले गरीरहेको आफनो अधिकारको आन्दोलनमा समेत त्यो बनाउन भुमिका खेल्नु कुनै नौला कुरा होइन ।

No comments:

Post a Comment