Tuesday, March 15, 2016

मधेशी मोर्चाले चिनिया राजदुतलाई ध्यानाकर्षण गराउने ।


आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित चिन भ्रमणलाई लक्षित गरेर नेपाल स्थित चिनिया राजदुतलाई मधेशको समस्या वारेमा ध्यानाकर्षण गराउने भएको छ । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार त्यसका लागी चाडै काठमाडौ स्थित चिनिया राजदुत संग समय मागिने छन । मोर्चाले प्रधानमन्त्री ओली चिन जान लाग्दा मधेश आन्दोलनको मुद्धाहरु र मधेशीहरुले ६ महिना भन्दा लामो समय देखि गरिरहेको आन्दोलनको वारेमा जानकारी गराउदै ध्यानाकर्षण गराउने कर्णले बताए । कर्णले भने, हामीले नेपालमा सक्रिय सवै विदेशि शक्तिहरुलाइ आफनो मुद्धा र समस्याको वारेमा जानकारी गराउदै आएका छौ, सरकारी पक्ष हाम्रो मुद्धा प्रति संवेदनशिल अझै देखिएका छैनन, यस्तो परिपेक्ष्यमा प्रधानमन्त्री आली चिन जादै छन, त्यसैले हामी आफनो समस्या र नेपालको यर्थात अवस्था वारेमा काठमाडौ स्थित चिनिया राजदुत मार्फत चिन सरकारलाई अवगत गराउने छौ । प्रधानमन्त्री ओली आउदो ७ गते चिन भ्रमणमा जादै छ ।


पछिल्लो समयमा आन्दोलनको स्वरुप वदलेको बताउदै आएको मोर्चा अघिल्लो हप्ता मात्रै सरकारलाई एक महिने अल्टीमेटन दिएका छन । त्यससंगै मोर्चाले विभिन्न विरोधका आफना कार्यक्रमहरु भन्ने मधेशमा जारी राखेका छन । मोर्चामा आबद्ध ७ दल सहित अन्य जनजाती पार्टीहरुको संघिय गठवन्धनले आज आउदो ६ गते काठमाडौमा जनप्रर्दशन गर्ने निर्णय समेत गरेको छ । मंगलवार फोरम नेपालको कार्यलयमा बसेको संघिय गठवन्धनको बैठकले मोर्चाको घोषणा अनुसार आउदो चैत अन्तिम देखि संयुक्त जनआन्दोलन कडा रुपमा गर्ने निर्णय समेत गरेको छ ।

भारतीय विदेश सचिव जय शंकर र मोर्चा नेताहरु विच भेटघाट 


जय शंकर
पोखरामा चलीरहेको मिनी सार्क सम्मेलनमा भाग लिन सोमवार वेलुकि काठमाडौ आइपुगेका भारतीय विदेश सचिव जय शंकरले मंगलवार विहानै मोर्चाका नेताहरु संग भेटघाट गरेका छन । विहान साढे ९ वजे देखि झण्डै १ घण्टा सम्म चलेको उक्त भेटघाटमा भारतीय विदेशसचिव जयशंकरले मोर्चाको जारी आन्दोलनको पछिल्लो अवस्था, सरकार संग भइरहेको वार्ता प्रक्रिया लगायतका विषयमा चासो राखेका थिए । जय शंकर संग भेटनका लागी मोर्चाको तर्फवाट नेताहरु लक्ष्मणलाल कर्ण, महेन्द्र यादय, सर्वेन्द्र नाथ सुक्ला, राजकिशोर यादव, अनिल झा, अशोक राई र केशव झा गएका थिए । सदभावना सहअध्यक्ष कर्णका अनुसार उक्त भेटघाटको अवसरमा मोर्चाका नेताहरु हालै सरकारलाई बुझाएको १ महिने अल्टीमेटनको वारेमा जानकारी गराएका थिए । भारतीय विदेश सचिव जय शंकरले भने मधेश भारतको सिमना संग जोडिएको र सिमा खुल्ला भएकाले भारतको चासो त्यसग जोडेर राखेका थिए ।

मोर्चाका नेताहरुका अनुसार जयशंकरले मोर्चाले भन्दै आएको पुन आन्दोलनको वारेमा समेत गम्भिरता पुर्वक चासो राखेका थिए । त्यसको साथै जयशंकरले आफु आजै प्रधानमन्त्री ओली र काग्रेस सभापति शेर बहादुर देउवा संग भेटन लागेको भन्दै मधेश आन्दोलनको सामाधान वारे कुरा गर्ने बताएका थिए ।

No comments:

Post a Comment