Sunday, March 13, 2016

मोर्चाका शिर्ष नेताहरु दिल्लीमा ।

प्रधानमन्त्रीलाई अल्टीमेटन बुझाए लगतै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका प्रमुख केहि शिर्ष नेतृत्वहरु दिल्ली गएका छन । आइतवार विहान दिल्ली गएका मोर्चाका शिर्ष नेताहरु त्याहा सोमवार हुने एउटा अन्तक्रिया कार्यक्रममा सहभागी हुने छन । जारी मधेश आन्दोलनकै सन्दर्भमा दिल्लीमा आयोजना हुने अन्तक्रियामा मोर्चाका शिर्ष नेतृत्वहरु सहित काग्रेस, एमाले, एमाओवादी सहित नया शक्तिका प्रतिनिधिहरु समेत सहभागी छन । नागरिक समाजका केहि अगुवाहरु समेत उक्त कार्यक्रमकै लागी दिल्ली पुगेका छन । मोर्चाका सवै अध्यक्षहरुलाइ निम्तो भए पनि सबै अध्इक्षहरु गएका छैनन । तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र सहितका केहि प्रमुख मधेशी नेताहरु मात्रै गएका हुन । उक्त कार्यक्रमकै लागी भनेर विभिन्न मधेशी पार्टीहरु सक्रिय प्राय जसो सवै प्रमुख महिला नेतृहरु पनि त्याहा पुगेका छन ।

मोर्चाको शिर्ष नेतृत्वहरुको सोमवार दिल्लीमा हुने अन्तक्रिया वाहेक अन्य कार्यक्रमहरु केहि खुलाइएको छैन । यद्यपी आइतवारै वेलुकि दिल्लीमा नेपाली राजदुतले मधेशी शिर्ष नेताहरुको लागी डिनर मिटिंगको आयोजना गरेका छन । जुन मिटिंगमा भारतीय पक्षहरुको समेत उपस्थित रहने बुझिइएको छ । 

मोर्चा सम्बद्ध केहि स्रोतहरुले मोर्चाका शिर्ष नेताहरु सोमवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभेल सहित अन्य पनि भेटघाट गर्ने वताए पनि त्यसको औपचारिक पुष्टि गरिएको छैन । मोर्चाका शिर्ष नेताहरु मंगलवार काठमाडौ फर्कने कार्यक्रम तय भएको छ ।

No comments:

Post a Comment