Monday, March 14, 2016

ठाकुर र यादवको दिल्ली यात्रा लम्बियो ।

भोली मंगलवार फर्किने गरी हिजो आइतवार दिल्ली पुगेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका प्रमुख दुई शिर्ष नेताको यात्रा लम्बिएको छ । एउटा अन्तक्रिया कार्यक्रममा सहभागी हुन हिजो तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहित मोर्चाका केहि प्रमुख नेताहरु दिल्ली पुगेका थिए । ठाकुर र यादव आज सोमवार दिल्लीमा आयोजना गरिएको एउटा कार्यक्रममा सहभागी भएका थिए । दिल्लीमै रहेका एक मधेशी नेताका अनुसार मोर्चाका दुई शिर्ष नेताहरुको हुने सम्भावित केहि उच्चस्तरीय बैठकका कारण ठाकुर र यादवको भोली मंगवलवार फर्कने कार्यक्रम रद्ध गरिएको छ । स्रोत भन्छन, हिजो उहाहरु दिउसो त्याहा पुग्नु नै भयो, आज दिनभरी कार्यक्रममै व्यस्त रहनु भयो, उता भेटघाटको कार्यक्रम भोली देखि केहि हुने भएकाले ठाकुर र यादव आफनो पुर्व निर्धारित  फर्कने कार्यक्रम रद्ध गरेका छन ।

पछिल्लो समयमा पुन आन्दोलन चर्काउने गरी ठाकुर र यादव समलीत मोर्चाले प्रधानमन्त्रीलाइ एक महिनाको अल्टीमेटन सहितको ध्यानाकर्षण बुझाएका थिए । र हालै नेपाली काग्रेसको महाधिवेशन सकिएको छ । यस परिपेक्ष्यमा मोर्चाका दुइृ प्रमुख नेताहरुको दिल्ली भ्रमणलाई राजनितीक महत्वका साथ हेरिएको छ । पछिल्लो समयमा नयां संविद्यान जारी हुने सेरोफेरोमै मधेशमा सुरु भएको आन्दोलन संगै भारतीय पक्षले समेत तीव्र असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन ।

ठाकुर र यादवको दिल्ली भ्रमण लम्बिएको कारण वारेमा कुनै ठोस कारण वा सम्भावित भेटघाटको कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन । आइतवार दिल्ली पुगेका ठाकुर र यादवले भारतीय गृहमन्त्री राजनाथ सिंह संग भन्ने भेटवार्ता गरेका थिए । तर स्रोतका अनुसार ठाकुर र यादव भोली देखि एक दुई दिन अझै दिल्लीमा उच्च स्तरीय कुटनितीक भेटवार्ताहरु गर्ने छन । ठाकुर र यादव अव कहिल्यै फर्कने भन्ने तय गरिएको छैन ।

No comments:

Post a Comment