Saturday, March 12, 2016

प्रधानमन्त्रीले मोर्चालाई भने- एक दुई दिनमै उपचार खर्च र मुद्धा फिर्ता हुन्छ ।


शुक्रवार वेलुकि प्रधानमन्त्री निवासमा मोर्चा र सरकार विच भएको छलफलमा सरकारको तर्फ वाट प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुई दिनमै मधेश आन्दोलनको क्रममा भएको धाइतेहरुको उपचार खर्च सरकारले उपलब्ध गराउने आश्वासन दिएका छन । मोर्चाका नेताहरुका अनुसार सरकारी पक्षले मोर्चाको राजनितीक मुद्धामा छलफल नगरे पनि धाइतेहरुको उपचार खर्च, तराइ मधेशमा आन्दोलनको क्रममा लगाइएको मुद्धाहरु फिर्ता र न्यायिक छानिवन समितीको वारेमा दुवै पक्ष विच साकारात्मक छलफल भएको थियो । उक्त बैठकमा सहभागी सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण भन्छन, केहि मिडयामा आए जस्तो मलाई र कानुनमन्त्रीलाइ कुनै जिम्मेवारी दिइएको छैन, यद्यपी प्रधानमन्त्रीले दुइ चार दिन यी कुरा आफुले मोर्चा संग सल्लाह गरेर गर्ने वचनवद्धता जनाउनु भएको छ । कर्णका अनुसार आउदो मन्त्रीपरिषदको बैठकवाट प्रधानमन्त्रीले यी कामहरु गर्ने वताएका थिए ।
 
राजनितीक मुद्धामा कुनै छलफल भएन ।

मोर्चाले शुक्रवार विहानै एक महिने अल्टीमेटन सहित आफनो माग पुरा गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षन बुझाएका थिए । मोर्चाको ध्यानाकर्षण बुझदै प्रधानमन्त्रीले तत्काल वेलुकिका लागी वार्तामा पनि मोर्चालाई वोलाए । तर उक्त बार्तामा कुनै राजनितीक मुद्धामा चाही छलफल हुन सकेन । तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाल भन्छन, वार्ताको क्रममा तमलोपा अध्यक्ष महन्थ ठाकुर दूइ पटक आफनो राजनितीक एजेन्डाको वारेमा प्रसंग उठाए पनि प्रधानमन्त्रीले यसवारेमा पछि कुरा गर्ने भन्दै त्यसलाइृ पछयाइ दिएका थिए । प्रधानमन्त्रीले् आफु दिनभर अरु काममा व्यवस्त भएकाले मोर्चाको ध्यानाकर्ष पत्र पढन नपाएको भन्दै राजनिती मुद्धामा केहि समय पछि संवाद गर्ने बताएदै पन्छिए, लाल भन्छन, उहाले खाली धाइतेहरुको उपचार खर्च, मुद्धा फिर्ता र न्यायीक छानविन समितीको गठनकै वारेमा कुरा गर्नु भयो ।

सदभावना सहअध्यक्ष लालका अनुसार प्रधानमन्त्रीले संघियताको सन्दर्भमा सरकारले वनाएको समितीमा मोर्चालाई सहभागी हुन आग्रह गरे पनि मोर्चाले सम्रग मुद्धामा सहमती बने मात्रै त्यसको वारेमा सोच्न सकिने बताएका थिए । लालका अनुसार प्रधानमन्त्रीले केहि दिन भित्रै गृहकार्य गरेर राजनितीक विषयमा पनि छलफल गर्न वोलाउने बताउनु भएको छ ।
 
यता मोर्चाले प्रधानमन्त्री संग वार्ता राजनितीक मुद्धामा छलफल नगरेको भन्दै आफुहरुले दिएको अल्टीमेटन अनुसार चैत मसान्त सम्म कुर्ने र त्यस पछि मात्रै बैशाखको पहिलो हप्ता देखि कडा आन्दोलनमा जाने बताएका छन ।

No comments:

Post a Comment