Friday, March 11, 2016

चैत मसान्त सम्मको मोर्चा द्धारा प्रधानमन्त्रीलाई अल्टिमेटन ।

अल्टीमेटन सहितको आफना मागहरुको वारेमा ध्यानाकर्षण प्रधानमन्त्रीलाई बुझाउदै तमलोपा अध्यक्ष महन्थ ठाकुर


आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफना मागहरु सम्बोधन गर्नका लागी प्रधानमन्त्री केपी शर्मा ओलीलाइ चैत मसान्त सम्मको अल्टीमेटन दिएको छ । शुक्रवार विहान प्रधानमन्त्रीको निवास वालुवाटार पुगेर मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई चार पेज लामो ध्यानाकर्ष पत्र बुझाउदै चैत मसान्त भित्र मधेश आन्दोलन सम्बोधन नभए पुन कडा आन्दोलनमा उत्रने जानकारी समेत गराएका छन । मोर्चाको तर्फ वाट तमलोपा अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई उक्त अल्टीमेटन सहितको ध्यानाकर्षन पत्र बुझाएका छन । मोर्चाले शुक्रवार बुझाएको ध्यानाकर्षनमा उनले अघि सारेको ११ बुदे माग सहित गएको श्रावण मसान्त देखि मधेशमा भएको आन्दोलनको क्रममा मृत्यू भएकाहरुलाई सहिद घोषणा गर्नु पर्ने, धाइतेहरुको उपचार खर्च व्योहोर्ने पर्ने, ६ महिना लामो बन्दको सम्पुर्ण कर मिनहा गर्नु पर्ने सहित कालाबजारी नियन्त्रण देखि भुकम्प पिडितहरुको पुर्नवासको समेत माग गरिएको छ । साथै मोर्चाले आन्दोलनको क्रममा राज्यद्धारा भएको दमनको छानविन गर्न न्यायीक छानविन समिती र तराई मधेशमा आन्दोलनको क्रममा प्रशरी प्रशासनले लगाएको मुद्धा फिर्ता लिन समेत माग गरेको छ ।


मधेशी मोर्चाले आफना यी मागहरु आउदो चैत मसान्त भित्र पुरा नभए पुन कडा आन्दोलनमा जाने कुरा उक्त ध्यानाकर्षण मै उल्लेख गरेर प्रधानमन्त्रीलाई बुझाएका छन ।
 
माघको अन्तिम हप्ता ६ महिना लामो आमहडताल सहितको आन्दोलनको स्वरुप परिर्तन गरेको मोर्चाले आफुहरुले अघि सारेको माग ११ बुदेको प्याकेज मै सम्बोधन हुनु पर्ने अडान दोह्याउदै आएका छन । मोर्चाले आज बुझाएको ध्यानाकर्षणमा समेत तराई मधेश सहित सिमान्तकृत समुदाय प्रति प्रमुख दलहरुले ०७२ असोज ३ मा जवरदस्ती संविद्यान लादेको भन्दै त्यसमा व्यापक संशोधन हुनु पर्ने वा पुर्नलेखन गर्नु पर्ने भनेको छ । यस अघि सम्म संविद्यान संशोधनको मात्रै कुरा गर्दै आएको मोर्चाले आज पहिलो पटक औपचारिक रुपमा संविद्यान पुर्नलेखनको कुरा गरेको छ ।
 
प्रमुख दलहरुले गएको जेठ अन्त तिर नयां संविद्यान लेखन प्रक्रिया अघि वढाए संगै मोर्चा त्यसको विरुद्धमा उभिएका थिए । पछि साउनको अन्त तिरमा मोर्चाले अनिश्चतकालिन आमहडताल सहितको आन्दोलनमा उत्रिएका थिए । तर प्रमख दलहरुले त्यसलाई वेवास्ता गर्दै ३ असोजमा दुई तिहाइ मतको आधारमा नयां सविद्यान जारी गर्न पुगे । त्यस लगतै मोर्चाले आमहडताल जारी राख्दै नाकाहरु समेत अवरुद्ध पुगे । जुन माघको २५ गते मात्रै खुल्यो । मोर्चाको मागहरुवारेमा प्रमुख दलहरु संग विना कुनै सहमती नै आन्दोलन लामो भए भन्दै मोर्चा स्वरुप परिर्वतन गर्न पुगेका थिए । यद्यपी मोर्चाले त्यती वेलै देखि पुन आन्दोलन चर्काउने बताउदै आएका थिए । मोर्चाले आज प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउदै त्यसकै जानकारी औपचारिक रुपमा गरेको देखिन्छ ।
 
अल्टीमेटन दिए सगै वार्ता सुचारु । 

 
शुक्रवार विहान प्रधानमन्त्रीलाइ १ महिने अल्टीमेटन दिए संगै प्रधानमन्त्री र आन्दोलनरत मोर्चा विच वार्ता सुचारु भएको छ । प्रधानमन्त्री र मोर्चा विच शुक्रवार साझ वालुटारमा वार्ता भएको छ । यस अघि माघको पहिलो हप्ता प्रमुख दलहरु र मोर्चाको कार्य दल स्तरको वार्ता अवरुद्ध भए पछि वार्ता हुन सकेका थिएन । कार्यदल स्तरको वार्ता माघको पहिलो हप्ता अवरुद्ध भए पश्चात दुवै तर्फको शिर्ष तहमा पुन वार्ता गर्न वातावरण बनाउने प्रयास गर्ने कुरा चले पनि त्यो सफल हुन सकेका थिएन । माघको दोस्रो हप्ता काग्रेस सहित एमाओवादी र मोर्चाको शिर्ष नेताहरुको बैठकले पुन कार्यदल व्युताएर वार्ता गर्न कुरा भएको थियो तर उक्त बैठक सतारुढ प्रमुख दल एमालेले वहिष्कार गरे पछि कुरा विग्रेको थियो ।
 
त्यस पश्चात दुइ तर्फवाट औपचारिक वार्ता हुन सकेन वरु आन्दोलन लम्बिदै जादा अवरुद्ध विरगंज रक्सौल नाका मोर्चाको निर्णय वेगर नै खुल्न पुग्यो र अन्तह मोर्चाले अ‍ैपचारिक रुपमै आन्दोलन लामो भए भन्दै आफनो आन्दोलनको् स्वरुप परिर्वतन गर्न पुगे । त्यस यता मोर्चाले साकंतिक रुपमा विभिन्न विरोधका कार्यक्रमहरु भन्ने मधेशका जिल्लाहरुमा जारी राखेका छन ।

No comments:

Post a Comment