Thursday, March 10, 2016

प्रधानमन्त्रीलाई मोर्चाले शुक्रवार ध्यानाकर्षण गराउदै ।


आन्दोलनको स्वरुप वदलेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भोली शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाइ आफना मागहरुको वारेमा ध्यानाकर्षण गराउने भएका छन । मोर्चाको विहिवार बसेको बैठकले शुक्रवार ९ वजे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले बताए । लालका अनुसार मोर्चाले मधेशको मागहरुको वारेमा ज्ञापन पत्र बनाएर भोली सरकारी पक्षलाइृ ध्यानाकर्षण गराउन लागेका हुन ।


पछिल्लो समयमा आन्दोलनको स्वरुप परिर्वतन गरको मोर्चाले पुन ओन्दोलन चर्काउने बताउदै आएका छन । सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार मोर्चाले प्रधानमन्त्रीलाइ गराउन लागेको ध्यानाकर्षण मोर्चाको पुन आन्दोलनमा जाने रणनिती तहत भएको बताए । यस अघि बसेको मोर्चाको बैठकले आफनो सचिवालयलाई अगामी आन्दोलनको रणनिती र प्रधानमन्त्रीलाइृ दिने ज्ञापन पत्र बनाउने जिम्मा दिएका थिए । 
आज बसेको बैठकमा सचिवालयले बनाएको प्रधानमन्त्रीलाई बुझाउने ध्यानाकर्षण मोर्चाका शिर्ष नेताहरुलाइ सुम्पिएको थियो ।
 
मोर्चाका शिर्ष नेताहरु त्यसमा छलफल गरेर भोली विहान ९ बजे प्रधानमन्त्रीलाइृ उक्त ध्यानाकर्षण
बुझाउने छ ।

1 comment:

  1. कड़ा तर छोटो आंदोलन http://demrepubnepal.blogspot.com/2016/03/blog-post_10.html

    ReplyDelete