Wednesday, March 9, 2016

सदभावना बैठकमा 'भारतीय भुमिका’ प्रति तिखो आलोचना ।



यही महिनाको सुरुमा अर्थात  ७ देखि १० फागुन सम्म बसेको सदभावना पार्टीको कार्यसम्पादन समितीको बैठकमा मधेश आन्दोलनको क्रममा भारतीय पक्षको भुमिकालाई लिएर चर्को प्रश्नहरु उठेको नेताहरुले बताएका छन ।  माघको अन्तिम हप्ता मधेशी मोर्चाले ६ महिना लामो आमहडताल र नाका केन्द्रित कार्यक्रम फिर्ता लिदै आन्दोलनको स्वरुप परिर्वतन गरेको थियो । मोर्चाको त्यही बैठकले सदभावना अध्यक्ष राजेन्द्र महतोको भुमिकालाई नाकारात्मक भन्दै सचेत समेत गराएको थियो । त्यही परिपेक्ष्यमा सम्रग समिकक्षाका लागी डाकिएको सदभावनाको कार्यसम्पदानको बैठकको छलफलको मुख्य मुद्धा नै भारतीय भुमिका बन्न पुग्यो । बैठकमा सहभागी नेता भन्छन, चार चलेको बैठक मध्ये तीन दिन सम्म शिर्ष वाहेकका अन्य सवै नेताहरुले भारतीय भुमिकालाई लिएर शिर्ष नेताहरु संग एक पछि अर्को प्रश्नहरु तेर्साउन थाले पछि तेस्रो दिनमा शिर्ष नेताहरुले त्यसलाई थामथुम पारेका थिए । शिर्ष वाहेक अन्य सदभावनाका प्रायजसो सवै नेताहरुले भारतीय भुमिका प्रति गरेको प्रश्नमा भने शिर्ष नेताहरुले कुनै प्रतिक्रिया जनाएनन । वरु तेस्रो त्यसलाइ थामथुम पार्ने प्रयास गरे । बैठक स्रोत भन्छन, शिर्ष नेताहरु यस विषय थप कुरा अघि नवढाउन भन्दै त्यो पार्टी जीवनका लागी र हामी नेताहरुको राजनितीका लागी स्वस्थकर नहुने बन्दै उक्त विषयलाई विषयान्तर गरेका थिए ।


सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आन्दोलनको क्रममा सवै भन्दा वढी समय मधेश तिर विताए । तर उक्त समिकक्ष बैठकमा नेताहरुले आन्दोलनको क्रममा पार्टीको साखमा ठुलो क्षती पुगेको भन्दै नेतृत्वहरुको निर्णय र भारतीय भुमिकाको चर्को आलोचना गरेका थिए । बैठकमा नेताहरुले पार्टीले संसदवाट राजिनामा दिने निर्णय गरीसक्दा कुन कारण वस प्रधानमन्त्रीको चुनावमा भोट खसाल्न पुगेको भन्दै विषयलाइ लिएर भारतीय भुमिका सहित नेतृत्वको व्यहवारको आलोचना  गरेका थिए ।

बैठकमा सहभागी नेताहरुका अनुसार सदभावना शिर्ष नेताहरु संग युवा नेताहरुले प्रधानमन्त्रीको निर्वाचनमा पार्टीको निती विपरित त्यत्रो आन्दोलन चर्किरहदा जसको दबाबमा भोट खसाल्न गएको त्यस वापत पार्टीले के पायो भनेर सार्वजनिक गर्न समेत माग गरे । सुरुमा सदभावनाका युवा नेताहरु आफना पार्टीका संसदहरुको आलोचना गर्न थाले, स्रोत भन्छन, पछि अध्यक्ष सहितको सवै शिर्ष नेताहरु त्यसको तगारोमा परे । बैठकमा युवा नेताहरुले पार्टी अध्यक्ष महतोको केहि क्रियाकलापको समेत चर्को आलोचना गरेका थिए ।

बैठकम यती सम्म प्रश्न आयो, एक नेता भन्छन, केहि युवा नेताहरुले भने हामी मधेशी जनता संगको सम्बन्धको आधारमा काम गछौृ कि कुनै अमुख देशको अमुख निकायको निर्देशनमा, अहिले सम्म हाम्रो पार्टीलाइ त्यसले के के दिएको छ, त्यो पार्टी भित्र कम से कम सार्वजनिक हुनु पर्यो ? युवा नेताको आक्रोशको निशाना बन्न थाले पछि केहि सदभावनाका सांसदहरुले मोर्चाका अन्य घटकका नेताहरु तर्फ पनि औला उठाएका थिए । बैठक स्रोत भन्छन, उक्त प्रकरणमा सदभावलाई भोटिंग गराउनमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव देखि तमलोपा नेता सर्वेन्द्रनाथ सुक्ला सम्मको प्रसंग त्याहा जोडिए ।

बैठकमा एक जना सदभावना सांसदले भनेका थिए, हामीलाई सुरुमा सुशिल कोइराला जित्छ भनेर दबाब आयो पछि हामी भोटिंग गर्ने दिनमा त्याहा पुगदा त्यस्तो थिएनन, हामीले कुरा गरेर अहिले पनि भोटिंग नगरी निस्कौ भनेका थियौ । तर त्यो भएन, उक्त सासंदले बैठकमा भने, हामी त्यती के भनेका थियौ र, तमलोपा नेता सुक्लाको मोबाइलवाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फेरी फोनमा हामीलाई अन्तै कुराकानी गराएर जसरी पनि भोटिंग गरेरै निस्कन भनाउनु भयो । उक्त नेताले सदभावनाको बैठकमा त्यस सन्दर्भमा थप प्रष्टाए, उपेन्द्र यादवजीले हामीलाई म धेरै बर्बाद भइसकेको छू, त्यसैले म थप बर्बाद हुन चाहदिन्न, म उहाहरुले कुरा त के, सकेंतको पनि विरुद्धमा जान सकिन्न भनेर अन्तिम समयमा पनि वहिष्कार गर्नु पर्छ भनेका सदभावना सांसदलाइ भनेका थिए ।

सदभावना पार्टीको बैठकमा सम्भवतह भारतीय भुमिकालाई लिएर पहिलो पटक यत्रो छलफल भएको बैठकमा सहभागी नेताहरु बताउछन । बैठकमा प्रधानमन्त्रीको निर्वाचनमा मोर्चा र राजिनामा नै दिइसकेको सदभावनाले गरेको भोटिंगका कारण आन्द्योलनमा ठुलो क्षती पुगेको निष्कर्ष सवैको थियो । उक्त घटना संगै मोर्चा भित्रको आन्तरिक केहि घटनाक्रमले आन्दोलनमा सदभावना पार्टीको साख खसेको निष्कर्ष थियो ।

सदभावनाको उक्त कार्यसम्पादको बैठकमा नेताहरुले भारतीय भुमिका प्रति गरेको आलोचनालाई शिर्ष नेताहरुले कुनै सम्बोधन नगरीकन त्यसलाइ त्यतीकै अन्यत्र मोडेको समेत बताउन गरेका छन । शिर्ष नेताहरुले त्यस विषयमा छलफल वा अन्य केहि गरे पार्टीलाई घाटा हुने र नेताहरुको समेत राजनितीक जिवन स्वस्थय रहन नसक्ने भन्दै आफनो युवा पिढिका नेताहरुलाई थामथुम पारेको नेताहरु बताउछन ।

No comments:

Post a Comment