Monday, March 7, 2016

चैतको तेस्रो हप्ता देखि पुन आमहडताल गर्ने तयारीमा मधेशी मोर्चा ।

पछिल्लो समयमा मधेश दौडाहामा रहेका तमलोपा अध्यक्ष महन्थ ठाकुर आइतवार अचानक भारतको वनारस तिर लागेका छन ।

माघको अन्तिम हप्ता ६ महिना लामो आमहडताल र नाका केन्द्रित विरोध कार्यक्रम फिर्ता लिएको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आउदो चैतको तेस्रो हप्ता देखि पुन आमहडताल गर्ने तयारी आन्तरिक रुपमा गरीरहेको छ । मोर्चा स्रोतका अनुसार मोर्चाले अघि सारेको ११ बुदे मागको वारेमा प्रमुख दलहरुले अहिले सम्म कुनै ठोस धारण नल्याएर सहमती गर्ने छाटकाट नदेखाएको भन्दै पुन आमहडताल सहित कडा आन्दोलनमा जाने तयारीमा मोर्चा अघि वढेको छ । आन्दोलनको स्वरुप वदलेको बताउदै आएको मोर्चा अहिले पनि साकेंतिक रुपमा विभिन्न विरोध कार्यक्रमहरु तराई मधेशमा गर्दै आएका छन । मोर्चा स्रोतका अनुसार चैतको पहिलो हप्तामा मोर्चाले प्रधानमन्त्रीलाई अल्टीमेटन सहित ज्ञापन पत्र दिने तयारी गरेको छन । मोर्चाको पछिल्लो बैठकले प्रधानमन्त्रीलाई सहमतीका लागी एक चोटी ध्यानाकर्षण स्वरुप अल्टीमेटन दिने निर्णय गरेको थियो ।


प्रधानमन्त्रीलाई बुझाउने ज्ञापन पत्र बनाउने जिम्मा आफनो सचिवालयलाई दिएको थियो । सचिवालयको अघिल्लो हप्ता बसेको बैठकले त्यस वारेमा गृहकार्य गरे पनि शिर्ष नेताहरु संग छलफल गरेर त्यसलाइ अन्तिम टुगोमा पुर्याउने निष्कर्ष निकालेका थिए ।
 
सचिवालयले मोर्चाका शिर्ष नेताहरु आउदो हप्ता भारतको नया दिल्ली जाने भएकाले त्यतावाट फर्के पछि मात्रै त्यसको अन्तिम टुगो लगाउने समेत आन्तरिक तयारी गरेका थिए । मोर्चाका शिर्ष नेताहरु भारतको राजधानी नयां दिल्लीमा हुने एक अन्तक्रिया कार्यक्रममा सहभागी हुनका लागी आउदो १३ मार्चामा दिल्ली जादै छन । दिल्लीमा १४ मार्चामा नेपालमा पछिल्लो समय विकसित राजनितीक घटनाक्रम र जारी मधेश आन्दोलनको वारेमा अन्तक्रिया कार्यक्रम हुदै छ । मोर्चाका नेताहरु १५ मार्चा अर्थात २ चैतमा त्याहा वाट काठमाडौ फर्कने कार्यक्रम छ । मोर्चा स्रोतका अनुसार दिल्लीवाट फर्कने वितिकै मोर्चाले प्रत्रानमन्त्रीलाई अल्टीमेटन सहितको ज्ञापन पत्र बुझाउने तयारी गरेका छन । त्यस संगै मोर्चाले पुन आन्दोलन चर्काउने गरी आमहडतालको समेत आन्तरिक तयारी तीव्र पार्ने छ । पछिल्लो समयमा आन्तरिक बैठकहरुमा व्यस्त मोर्चाका नेताहरु पुन आन्दोलन चर्काउने गरी रणनितीहरु बनाइरहेको बताउदै आएका थिए । पछिल्लो केहि हप्ता देखि मधेश दौडाहामा रहेका तमलोपाका अध्यक्ष महन्थ ठाकुर हिजो आइतवार अचानक भारतको वनारस तिर लागेका छन । ठाकुर वनारस वाट कहिल्यै फर्कने वारेमा कसैलाई अतोपतो समेत छैन । उनी त्याहा वाट काठमाडौ फर्केर १३ मार्चमा दिल्ली जाने बुझीएको छ ।
 
मोर्चाको बुझाईमा काग्रेसको महाधिवेद्यन लगतै हुन सक्ने नयां राजनितीक ध्रवीकरणको माझ मोर्चाको आन्दोलन पुन चर्किए त्यसले त्यो संगै ११ बुदे मागको समबोधनको वातावरण बन्न सक्छ । मोर्चाका नेताहरु भन्छन, विना दबाब काग्रेस सहित कुनै पनि दलहरु मधेशको मुद्धा सम्बोधन गर्न तयार हुने छैन, त्यसैले हामीले रणनिती रुपमा पनि आफनो माग सम्बोधन गराउन कडा आन्दोलनमा जानै पर्छ ।
 
अब घोषीत रुपमा नाका केन्द्रित कार्यक्रम नहुने 

 
मोर्चा स्रोतका अनुसार मोर्चाले अव गर्ने आमहडताल सहितको कडा आन्दोलनमा घोषीत रुपमा नाका केन्द्रित विरोध कार्यक्रम हुने छैन । मोर्चाका नेताहरु भन्छन, आमहडताल भने पछि सवै ठाउमा त्यो लागु हुन्छ, नाका देखि राजमार्ग सम्म, त्यसैले हामीले यस अघि झै नाका वा राजमार्गका लागी छुटै कार्यक्रम घोषणा गर्ने छैनौ । मोर्चाका नेताहरु भन्छन, तर आमहडताल चौतर्फी रुपमा कडाइका साथ हुने छ । मोर्चाले आन्दोलनको स्वरुप परिर्वतन गरे पश्चात गरेको आन्तरिक समिकक्षाले नाका केन्द्रित धर्नाका कारण भारतलाई  प्रमुख दलहरुले अनावश्यक रुपमा मुुछेका कारण मोर्चाले अव त्यस्तो रणनिती अख्तियार गर्ने छैन । मोर्चाका नेताहरु भन्छन, पहिलो मधेश आन्दोलन र दोस्रो मधेश आन्दोलनमा तत्कालिन आन्दोलनकारी मधेशी शक्तिहरुले नाका केन्द्रित छुटै कार्यक्रम घोषणा गरेका थिएन तर हालको आन्दोलन भन्दा वढी प्रभावित त्यती वेला काठमाडौ भएको थियो ।


No comments:

Post a Comment