Saturday, March 5, 2016

नेपाली काग्रेसको नजरमा ‘मधेश’ ।


पछिल्लो समयमा पुन एकपटक मधेशको नेपालको राजनितीको केन्द्रमा छ । पछिल्लो समयमा नयां संविद्यानको कयौन प्रावधानहरु प्रति असन्तुष्टि जनाउदै आन्दोलित भएको मधेशको वारेमा सवै पक्ष आ आफनो ढंगले त्यस लाइ हेर्ने गर्छन । हाल जारी संसदको सवै भन्दा ठुलो पार्टी काग्रेसको महाधिवेशनमा पनि मधेशको मुद्धा प्रमुखताको साथ महत्व पाएको देखिन्छ । अध्यक्षको सवै आकाक्षीले आफुले जितेमा सवै भन्दा पहिला मधेश समस्या सामाधान गर्ने जनाएका छन । काठमाडौमा विहिवार देखि सुरु भएको काग्रेसको महाधिवेशनमा शुक्रवार पार्टी निती र कार्यक्रम सम्बन्धी प्रतिवेदन कार्यवाह सभापति रामचन्द्र पौडलको तर्फ वाट प्रस्तुत भयो । काग्रेसको अधिकारिक राजनिती धारणा बोक्ने उक्त प्रतिवेदनमा समेत जारी मधेश आन्दोलन र मधेशको समस्या वारेमा प्रमुखताका साथ कुरा उठेको देखिन्छ । शनिवार अवेर राती महाधिवेशन प्रतिनिधिहरु वोले पछि उक्त प्रतिवेदन पास भएको छ । २६ पेज लामो काग्रेसको उक्त राजनितीक प्रतिवेदेनमा मधेशको वारेमा के भनिएको छ वा अवको नेपाली काग्रेस मधेशलाई कसरी हेर्ने छ भन्ने कुराको प्रमुख आधार यही हुने छ ।
 
काग्रेसको नजरमा मधेश


काग्रेस महाधिवेशनमा सहभागी एक मधेशी महिला प्रतिनिधि, फोटो /नागरिक दैनिक

शुक्रवार काग्रेसको १३ औ महाधिवेशनमा प्रस्तुत गरिएको २६ पेज लामो राजनितीक निती तथा कार्यक्रमको दस्तावेजमा मधेश वारेमा दुई पेज उल्लेख गरिएको छ । पेज १० र ११ मा तराई र मधेशको सन्र्दभ शिर्षकको सुरुमै लेखिएको छ, नेपाली काग्रेसको स्थापना काल देखि नै मधेश संगको सम्बन्ध अन्योयाश्रित छ । खुल्ला सिमाका कारण भारत संगको सम्बन्धले यसलाई थप उचाइमा पुर्याएको उल्लेख गरिएको प्रतिवेदन जारी मधेश आन्दोलनको सन्दर्भ देखि काग्रेसले मधेशको वारेमा अन्य आफनो दृष्टिकोणहरु समेत सार्वजनिक गरेका छन ।
 
पछिल्लो समयमा मधेशमा जारी आन्दोलनलाई लक्षित गर्दै प्रतिवेदनमा भनिएको छ, नयां सविद्यान जारी भए पछि तराई मधेशमा देखिएको असन्तुष्टिलाई मध्य नजर गर्दै केहि संविद्यान संशोधन मार्फत सम्बोधन गर्ने प्रयास पार्टीले गरेको र सिमाकंन सहित अन्य केहि मुद्धा वाकी रहेकाले त्यसलाई सम्बोधन गर्न पनि काग्रेसले सक्दो चाडो नेतृत्वदायी भुमिका खेल्ने छन । काग्रेसले मधेशमा पछिल्लो समयमा विकसित राजनितीक घटनाक्रमको वारेमा थप भन्छन, तराइ मधेशका जनतामा पछिल्लो समयमा वढेको चेतना संगै त्याहा सुशासन, पहिचान लगायतका मुद्धालाइ व्यवस्थीग गनु पर्ने खाचो देखिएको छ । काग्रेसको राजनिती प्रतिवेदनले तराई मधेशमा सुरक्षा संवेदनशिलता समेत अत्यद्यिक रहेकाले शान्त र समृद्ध मधेशको लागी समेत आफनो दृष्टिकोण अघि सारेको छ । काग्रेसले मधेश कृषीको आधार क्षेत्र भएकाले त्यसको व्यवसायीक विकासमा जोड समेत दिएको छ । 
 
पछिल्लो समयमा तराई मधेशमा उत्पन्न माहौलले नेपाली काग्रेस असहजता महसुस गरिहेको समेत स्विकार गरेको छ । प्रतिवेदनमा भनिएको छ, पछिल्लो केहि समय यता पार्टीले तराई मधेशमा सामना गरीरहेको असहजतालाई समेत चिर्दै त्याहा सवै समुदायको विश्वास जित्ने गरी विभिन्न कार्यक्रम  ल्याउने छ । 
 
यसरी सम्रगमा काग्रेसको राजनितीक प्रतिवेदनले सिमाकंन हेरफेर गर्न स्विकार गरेको देखिन्छ भन्ने जारी मधेश आन्दोलनको पहिचानको मुद्धालाई यसले समेत स्विकार गरेको देखिन्छ । यद्यपी जानकारहरु भन्छन, आउदो काग्रेस नेतृत्वले कुन तहको व्यहवार प्रर्दशन गर्छ यी सवै निती त्यसमै भर पर्ने छ ।
 
असहजता हटाउन तत्काल संवाद
 
०४६ को परिवर्तन अघि सम्म नेपाली काग्रेसको आधार क्षेत्र मधेश नै थियो । काग्रेसको सम्पुर्ण क्रियाकलाप र गतिविधि मुख्य गरी जनकपुर क्षेत्रवाट संचालित भएको देखिन्छ । ०४६ को परिर्वतन संगै सताको वागडोर सम्हाल्न काग्रेस नेतृत्व काठमाडौ पसेको देखिन्छ । काग्रेसको इतिहासको वारेमा गहिरो अध्यन भएका काग्रेस नेता पुरुषेतम बस्नेत भन्छन, नेपाली काग्रेस मधेशवाट जन्मिएको पार्टी हो , त्याहा देखिएको असन्तुष्टि उसको पहिलो प्राथमिकतामा हुनु पर्छ । नेपालमा मधेश र पहाडलाई जोडने काम काग्रेसले गरेको छ, बस्नेत भन्छन, ००७ सालको राजनिती परिर्वतन संगै त्यो सुरु भएको थियो । पछिल्लो समयमा मधेशमा विकसित राजनिती घटनाक्रम वारेमा काग्रेसले गहिरो गरी समिकक्षा गर्न नसकेको उनको बुझाइ छ । उनी भन्छन, मधेशी शक्तिहरु पनि अन्य राजनितीक शक्तिहरु भन्दा काग्रेस संग वढी नजिक छ, हामीले तत्काल संवाद थाल्नु पर्छ र मधेश संग भएको अन्यायलाई सम्बोधन गर्नु पर्छ । मधेशमा फस्टाएको राजनिती माहौल पनि काग्रेसले नै तयार पारेको बस्नेतको बुझाइ छ ।

No comments:

Post a Comment