Friday, March 4, 2016

नेपाली काग्रेस भित्रको ‘मधेश हुरी’

यो फोटो पहिलोपोष्ट डटकमवाट साभार गरिएको छ ।

गएको वुधवार नेपाली काग्रेस आफनो महाधिवेशनको अन्तिम तयारी भएको काठमाडौमा घोषणा गरीरहदा महोतरीको सदरमुकाम जलेश्वरमा स्थानिय काग्रेसी नेताहरु सदभावनाका सहअध्यक्ष लक्ष्मण लाल कर्णको हाथ वाट टिका थाप्दै सदभावनामा प्रवेश गर्दै थिए । त्यसैगरी विहिवार काठमाडौको टुडिखेलमा काग्रेसले महाधिवेशन उदघाटना चलीरहदा पर्साको विरगंजमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको हाथवाट टिका थाप्दै विरगंजका स्थानिय प्रभावशाली काग्रेसीहरु फोरम पार्टीमा प्रवेश गर्दै थिए । पछिल्लो समयमा नयां संविद्यानको विरोधमा मधेशमा उठेको आन्दोलन संगै काग्रेस सहित प्रमुख पार्टीहरुको मधेशमा व्यापक विरोध र आलोचनाहरु भइरहेको देखियो । आन्दोलनको क्रममा प्रमुख पार्टी स्थानिय नेताहरु धमाधम पार्टी परित्याग गरेर मधेश केन्द्रित पार्टीहरुमा प्रवेश समेत गर्न थाले । जुन क्रम अझै जारी देखिन्छ । महाधिवेशनको पुव सन्धयामा काग्रृसका एक जना प्रभावशाली मधेशी सांसद तथा नेता सुरेन्द्र चौधरीले पनि पार्टी र संसद दुवै वाट परित्याग गरेका छन । चौधरी मधेश आन्दोलन सुरु हुनु भन्दा पुर्व देखि नै मधेश मुद्धा सम्बोधन हुनु पर्ने आवाज पार्टी भित्र उठाउदै आएका थिए ।
 
मधेश थेग्न गाहे ।


कोषध्यक्षका तीन जनै उम्मेदवार मधेशी छन । फोटो अनलाइनखवर

काग्रेसको जारी १३ औ महाधिवेशनमा पार्टी नेतृत्वका लागी भइरहेको प्रतिस्पर्धामा देखिएको तीन ओटै प्यानल वाट कोषाध्यक्षका उम्मेदवार मधेशीहरु लाई बनाइएको छ । चित्रलेखा यादव, सितादेवी यादव र उमाकान्त चौधरी मध्ये एक जना भावी काग्रेसको कोषध्यक्ष बन्ने अव निश्चित नै भएको छ । जानकारहरु सवै पक्षले कोषाध्यक्षमा मधेशी लाई ठाउ दिनुमा पछिल्लो विकसित राजनितीक घटनाक्रमलाइ जस दिने गर्छन । यसको साथै सवै अध्यक्षका प्रत्यासीले आफुले जितेमा सवै भन्द्या पहिलो प्राथमिकता मधेश समस्या सामाधान गर्न समेत बताउने गरेका छन । काग्रेस भित्र मधेश मुद्धामा आन्दोलताका वकालत गर्ने मध्येका एक तेजूलाल चौधरी प्रदेशिक सदस्यका उम्म्ेदवार बनेका छन । उनी भन्छन, हामी आफनो अडानमा अहिले पनि कायमै नै छौ, महाधिवेशन पश्चात अवस्थामा परिर्वतन आउने छ भन्नेमा हामी अहिले विश्वस्त छौ । चौधरीले भने झौ महाधिवेशन पश्चात स्थितीमा परिर्वतन आउला वा नआउला भन्ने अहिले नै मुश्किल छ । तर विश्लेषकहरु भन्छन, अव केन्द्रिय राजनितीको मुल मुद्धा नै केहि बर्ष मधेश रहने भएकाले यो चर्चा मात्रै होइन कि प्राथमिकतामा त्यसै पनि पर्छन । तर महत्वपुर्ण पक्ष चाही आउदो नेतृत्वले मधेशको मुद्धालाई कसरी आत्मसाथ गर्लान त्यो हुनेछ ।
 
काग्रेस आफनो विगत देखि तराइ मधेशको जनाधारमा चलेको पार्टी मानिन्थ्यो । पहिलो सविद्यानसभाको निर्वाचनमा उनले मधेशमा सिट गुमाउदा ठुलो क्षती व्योहोरेको थियो । दोस्रो निर्वाचनमा उनले पुन मत पायो । पहिलो सविद्याँन निर्वाचन पुर्व झै मधेशमा पुन आन्दोलन चर्किएको अवस्था छ, राजनितीकको केन्द्रमा पुन मधेश घुमिरहको छ । प्रमुख अन्य पार्टीहरु झै काग्रेस पनि मधेशमा प्रतिरक्षत्मक अवस्थामा पुगेको अवस्था छ । स्थानिय अधिवेशनमा उनले सामना गरेको प्रतिकुलताले त्यही देखाउछ । त्यहि भएर होला जानकारहरु भन्छन, एक दुइ जना मधेशीलाइ केन्द्रमा राख्दैमा त्यसले मधेशमा गुमेको साख पुर्न फर्कन्छ भन्ने आकंलन गर्नु हुन्न । यद्यपी यो साकारात्मक कदम हो ।
 

काग्रेस भित्रको मधेश हुरी 
 
 
सुरेन्द्र चौधरी
नेपाली काग्रेस मधेशमा पहिलो पटक समस्याको सामना चाही गरीहेको छैन । यस अघि पनि उनले ०६४, ०४६ र ००८ सालमा समेत मधेशको मुद्धामा गम्भिर धक्काहरु खाएको इतिहास छ । ०४६ र ००८ मा उनले खासै राजनितीक क्षती नव्योहारे पनि ०६४ मा काग्रेसले ठुलै मुल्य चुकाउनु परेका थियो । र हाल ०७२ मा पुन उदेलित भएको मधेशको प्रभाव कुन स्तरमा पर्छ भन्नका लागी अर्को निर्वाचन सम्म कुर्नै पर्ने हुन्छ । ००७ सालमा नेपाल प्रजातन्त्र आए सगै तत्कालिन काग्रेसका नेताहरुले तराई लाई प्रान्तीय अधिकारल दिनु पर्ने माग सहित विरोध गरे । तत्कालिन पाटीृले नसुने पछि तराई काग्रेस नामक छुटै पार्टीको गठन भयो । पछि पन्चायती व्यस्था लागु भए सम्म तराइृ काग्रेस समाप्त भयो र ०४६को प्रजातन्त्रको आवगमन सगै पुन तत्कालिन काग्रेस नेता गजेन्द्र नारायण सिहले सदभावना पार्टीको स्थापना गर्यो । सदभावनाको लामो संघर्षको यात्रा संगै ०६३ मा मधेशमा आन्दोलन चर्कियो र नेपालको राजनितीमा मधेशी जनअधिकार फोरम नेपाल स्थापित भयो । त्यही फोरममा तत्कालिन काग्रेसका कयौन वरिष्ठ नेताहरु धमाधम काग्रेस परित्याग गरेर आए । विजय गच्छदार देखि जेपी गुप्ता हुदै शरदसिंह भण्डारी जस्ता दिग्गज काग्रेसीहरु मधेश राजनितीमा फोरम मार्फत हाम फाले । त्यसै संगै ०६४ मा तत्कालिन काग्रेसका कोषाध्यक्ष नै रहेका महन्थ ठाकुरले काग्रेस परित्याग परित्याग गर्दै तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरे ।

No comments:

Post a Comment