Thursday, March 3, 2016

नितिश कुमारले मधेशी नेताहरु संग भने - काग्रेस,एमालेका मधेशी सभासदले किन संविद्यानमा हस्ताक्षर गरे ?

सिमाकंन र नागरिकता प्रति विशेष चासो 

 

भारतको विहार प्रान्तका मुख्यमन्त्री नितिश कुमारले नयां संविद्यान प्रति जारी मधेश आन्दोलन प्रति गम्भिर चासो व्यक्त गर्दै त्यसको वारेमा मधेशी मोर्चाका नेताहरु संग विहिवार भेटवार्ता गरेका छन । नेपाल काग्रेसको महाधिवेशनमा अतिथी बन्न वुधवार काठमाडौ आएका नितिश कुमार हिजो देखि राजनितीक भेटघाटमा समेत गरेका छन ।  विहिवार विहान पौनौ दश बजे देखि  एघार वजे सम्म मोर्चाका नेताहरु संग द्धारिका होटलमा भेटेका उनी संघियताको सिमाकंन र नागरिकताको वारेमा विशेष चासो समेत देखाएको भेटमा सहभागी नेताहरुले बताएका छन । नितिश कुमार संगको भेटमा मोर्चाको तर्फ वाट फोरम नेपालका वरिष्ठ नेता अशोक राई, तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लाल, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहित अन्य अध्यक्षहरु सहभागी थिए । भेटको क्रममा नयां सविद्यानको घोषणाको सेरोफोरोमा तराई मधेशमा उठेको आन्दोलनको विभिन्न पक्षको वारेमा कुराकानी भएको नेताहरुले बताएका छन । तराई मधेशको सिमावर्ती क्षेत्र समेत पर्ने विहारको मुख्य मन्त्रीले नेपालको मधेशी समुदायहरु संग भएको विभेद वारेमा आफहरुले जानकार भएको भन्दै आन्दोलनमा सवै मधेशी पक्षहरुलाइ एकतावद्ध भएर अघि किन वढन नसकेको भन्दै जिज्ञासा राखेको नेताहरुले बताएका छन ।


नयां संविद्यान जारी हुनु भन्दा पुर्व नै तराइ मधेशका जिल्लाहरुमा त्यत्रो आन्दोलन उठन गयो, तर पनि प्रमुख पार्टीहरुका त्यस क्षेत्र सांसदहरुले किन त्यसमा हस्ताक्षर गरेको भन्दै नितिश कुमारले मोर्चाका नेताहरु संग जिज्ञासा राखेको बुझिइएको छ । भेटमा सहभागी तमलोपा उपाध्यक्ष वृषेश चन्द्र लालका अनुसार विहारका मुख्यमन्त्री नितिश कुमारले नेपालको नयां संविद्यानमा नागरिकता सम्बन्धी कस्तो प्रावधान गरिएको छ भन्ने जिज्ञासा समेत राखेका थिए । त्यसको संगै संघियताको सिमाकंनमा आन्दोलनरत मोर्चाले राख्दै आएको धारणा समेत नितिशकुमारले बुझेका थिए ।
 
तमलोपा नेता लालका अनुसार मुख्यमन्त्री नितिशकुमारले जारी मधेश आन्दोलनलाई चाडो व्यवस्थापन गरेर नेपाल विकासको वाटो अवलम्बन गर्नु पर्ने आफनो धारणा समेत राखेका थिए । उनले भनेका थिए, विभेद रहे सम्म राजनितीक स्थिरता हुन सक्दैन, त्यसैले मधेशीहरुको मागलाई नयां संविद्यानमा सम्बोधन हुनु पर्ने धारण भारतीय पक्षको रहेको समेत बताएका थिए ।
 
वर्तमान भारतीय सरकार नेपाल विकासको वाटोमा अघि वढनु पर्ने पक्षमा भए पनि त्यसका लागी राजनितीक स्थिरता हुनु अनिवार्य रहेको बताउदै उनले नेपालमा मधेशीहरुले महसुस गरिरहेको विभेदको अवस्था सक्दो चाडो अन्तय हुनु पर्नेमा जोड दिएका थिए । साथै उनले पछिल्लो समयमा नेपाल भित्र पहाडी र मधेशी समुदायको विचमा वढेको दुरीले नेपालको आन्तरिक र खुल्ला सिमाका कारण भारतलाई समेत दिर्घकाल सम्म यसले सुरक्षा चुनौती वढाएको टिप्पणी गरेका थिए ।
 
हिजो काठमाडौ आए संगै विहारका मुख्यमन्त्रीले प्रमुख दलहरुका नेताहरु संग भेटेर समेत जारी मधेश आन्दोलन प्रति गहिरो चासोहरु राखेको समाचारहरहरु आएका थिए ।  नयां संविद्यानको संघियताको सिमाकंन सहित अन्य कयौन प्रावधान प्रति असन्तुष्टि राख्दै सुरु भएको मधेश आन्दोलन प्रति भारतले गहिरो चासो व्यक्त गर्दै आएका छन ।

No comments:

Post a Comment