Tuesday, March 1, 2016

मोर्चा सचिवालय द्धारा गृहकार्य सुरु ।



संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफनो सचिवालयलाइ दिएको जिम्मेवारी अनुरुप सचिवालयले आफनो काम सुरु गरेको जनाएको छ । आन्दोलन स्वरुप परिर्वतन गरेको मोर्चाले भावी आन्दोलनका लागी रणनिती बनाउने जिम्मा सहित प्रधानमन्त्रीलाई दिने ज्ञापनपत्र समेत बनाउन सचिवालयलाई जिम्मेवारी दिएका थिए । त्यसको साथै सचिवालयले मोर्चाले आचारसंहिता सहित नयां ढंगले बनाउने जिम्मा पाएका थिए । मंगलवार सदभावना पार्टी कार्यलयमा बसेको मोर्चाको सचिवालय बैठकले प्रधानमन्त्रीलाई दिने ज्ञापन पत्र सहित अन्य सवै विषयमा छलफल गरेको नेताहरुले जनाएका छन । बैठक भोली विहान ११ बजे पुन तमलोपा पार्टी कार्यलयमा बस्दै छन । आजको बैठकमा सहभागी नेताहरुका अनुसार प्रधानमन्त्रीलाइ दिने ज्ञापनपत्र तमलोपा उपाध्यक्ष तथा सचिवालय सदस्य वृषेशचन्द्र लाल लाइ लेख्ने जिम्मा दिएका छन । लालले भोलीको बैठकमा उक्त ज्ञापनपत्रको खाका प्रस्तुत गर्ने छ । मोर्चाले बुझाउने ज्ञापनपत्रमा ११ बुदे माग सहित, आन्दोलनमा मृत्यु भएकाहरुको सहित घोषणा, धाइतेहरुको उपचार खर्च र क्षतीपुर्ती सहित कालो वजारी रोक्न विषय समेत समिेटिने छ । त्यसैगरी मोर्चाले बुझाउने ज्ञापनपत्रमा भुकम्प पिडितको पुर्नवासको विषयलाई समेत उठाउने छन । यसको साथै सचिवालयले मोर्चाको ०७१ मै बनेको आचारसंहितालाई परिमार्जन गर्नुको साथै अगामी केहि हप्ताका लागी विरोध कार्यक्रमहरु समेत सार्वजनिक गर्ने तयारी गरेका छन ।



गएको शनिवार मोर्चाको बसेको बैठकले पछिल्लो समयमा विस्तारित भएको मोर्चाका अन्य घटकहरुका सदस्यहरु थप्दै मोर्चाको सचिवालय विस्तार गरेका थिए । हाल मोर्चाको सचिवालयमा फोरम नेपालको तर्फवाट राजेन्द्र श्रेष्ठ, तमलोपावाट बृषेश चन्द्र लाल, सदभावनावाट मनिष सुमन, तमसपावाट राम नरेश राय, रामसपावाट केशव झा, फोरम गणतान्त्रिकवाट परमेश साह र नेपाल सदभावना पार्टीवाट कौशलेन्द्र मिश्र छन । आजको सचिवालय बैठकमा फोरम नेपालको तर्फवाट राजेन्द्र श्रेष्ठको ठाउमा मंगलसिछि मानान्धर सहित अन्य सवै सदस्यहरुको उपस्थिती थियो ।
 
सचिवालय सदस्य तथा तमलोपा उपाध्यक्ष वृषेश चन्द्र लालका अनुसार सचिवालयले भोलीको बैठक अघि मोर्चाका शिर्ष नेताहरु संग समेत छलफल गरेर भोली सचिवालयले आफनो जिम्मेवारी पुरा गर्ने तयारीमा छ । सचिवालयको आज बसेको औपचारिक बैठक अघि हिजो पनि अनौपचारिक रुपमा सचिवालयका केहि प्रमुख नेताहरुको छलफलहरु भएको थियो ।
 
सचिवालयले हाल घोषणा गर्ने अगामी आन्दोलनका कार्यक्रमहरु वारेमा आजको बैठकमा छलफल भए पनि सवै घटकहरुले आ आफना पार्टीमा छलफल गरेर भोली आउने बताएका छन । सदभावना महासचिव मनिष सुमनका अनुसार हाल साकंतिक रुपमा जारी रहेको मोर्चाको आन्दोलनको कार्यक्रमहरु वारेमा विभिन्न प्रस्तावहरु आएकाले सवैले आफना अध्यक्षहरु संग सल्लाह गरेर भोली त्यसवारेमा औपचारिक निर्णय गरिने छ ।
 
मोर्चा स्रोतका अनुसार मोर्चाले पुन आन्दोलन चर्काउने गरी अल्टीमेटन सहितको प्रधानमन्त्रीलाई बुझाउने भनिएको ज्ञापन पत्र आउदो १ चैत पछि मात्रै दिने छन । भोली सम्भवतह सचिवालयले त्यसलाई टुगो लगाए पनि काग्रेस महाधिवेशन पश्चात मात्रै उक्त ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाउने योजना रहेको मोर्चा स्रोतको भनाइ छ । यद्यपी मोर्चाले यही विचमा तराई मधेशका सदरमुकामहरुमा विभिन्नि विरोधका कार्यक्रमहरु भन्ने सूरु गर्ने छन ।

No comments:

Post a Comment