Tuesday, March 29, 2016

मोर्चा घटकहरुका आन्तरिक निष्कर्ष - काठमाडौमा पनि आन्दोलन हुनु पर्यो ।

हिजो देखि विराटनगर भएको सदभावनाको विसतारित बैठक


चैत मसान्त पश्चात पुन कडा आन्दोलनमा होमिने बताउदै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको घटकहरुले पार्टीगत तहमा मधेश सहित अब काठमाडौ पनि आन्दोलन हुनु पर्ने निष्कर्ष निकालेका छन । पछिल्लो केहि समय यता पार्टीगत बैठकहरुमा व्यवस्त देखिएको मोर्चा आबद्ध सवै मधेशी पार्टीहरु यस्तो निष्कर्ष निकालेको देखिन्छ । हिजो र र आज गरी विराटनगरमा सम्पन्न भएको सदभावना पार्टीको समेत त्यस्तो निष्कर्ष आएको उक्त पार्टीका प्रवक्ता संतोष मेहताले बताए । त्यसैगरी आज देखि काठमाडौमा सुरु भएको राष्टिय समाजवादी पार्टी भित्र पनि त्यस्तो आशय देखियो । विस्तारिक बैठकको आरम्भ गर्दै मन्तवय दिने क्रममा उक्त पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले भने, मधेश आन्दोलन मधेशी सहित काठमाडौका लगायतका पहाडमा बस्ने सिमान्तकृत समुदायहरुको समेत भएकाले अव काठमाडौमा समेत आन्दोलन उठाउने तयारी भइरहेको छ ।


अघिल्लो हप्ता मात्रै मोर्चाका एक अर्का घटक फोरम नेपालको पदाधिकारी बैठकले पनि पुन काठमाडौ केन्द्रित आन्दोलनका लागी जोड दिने र वातावरण बनाउने निष्कर्ष निकालेका थिए । फोरम यस अघि देखि नै काठमाडौ आन्दोलन हुनु पर्छ भन्ने आफनो पार्टीगत धारणा सार्वजनिक गर्दै आएका थिए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पनि आन्दोलन हुन पुर्व देखि नै जनजाती सहितका अन्य गठवन्धनहरु सग सहकार्य गरेर काठमाडौ पनि आन्द्योलन गर्ने निर्णय गरे पनि त्यो हालैको मधेश आन्दोलनको क्रममा प्रभावकारी रुपमा कतै देखिएका थिएन । मोर्चामा आबद्ध मधेशी पार्टीहरु सहित जनजातीहरु छुुटै संघिय गठवन्धन अहिले  समेत अस्तिवमै देखिन्छ ।
 
सोमवार देखि विराटनगर सुरु भएको सदभावनाको विस्तारित बैठकमा प्रस्तुत गरिएको राजनितीक प्रतिवेदन माथीको छलफलमा उक्त बैठकमा सहभागीहरुले मधेश सहित काठमाडौ पनि आन्दोलन कुनै न कुनै रुपमा हुने पर्ने सुझाव वलियो ढंगले आएको छ । सदभावनाका प्रवक्ता संतोष मेहता भन्छन, सहभागी नेताहरुले मधेशमा आन्दोलन भइरहदा काठमाडौ कुनै गतिविधि नदेखिदा काठमाडौ पुर्ण रुपमा यसको विरोधमा गएको विश्लेषण नेताहरु छ, त्यसैले उनीहरुले जनजाती सहित अन्य आन्दोलन प्रति साहुनभुति राख्नेहरु संग सहकार्य गरेर काठमाडौमा समेत आन्दोलन हुनु पर्ने सुझाव दिएका छन ।
 
आज देखि काठमाडौमा सुरु भएको रामसपाको बैठक

यता काठमाडौ आज देखि सुरु भएको रासमपाको बैठकको सुरुवाती सम्बोधन गर्ने क्रममा उक्त पार्टीका अध्यक्ष भण्डारीले त्यसमा विशेष जोड दिएको देखियो । भण्डारीले भने, हामीले कसैको विरुद्धमा होइन, आफनो पक्षमा आन्दोलन गरीरहेका छौ , त्यसैले यसको महत्व र प्रर्दशन मधेश सहित पहाडका जिल्लाहरुमा समेत गरिनु पर्ने र काठमाडौ मा पनि हुनु पर्ने निष्कर्ष आफनो रहेको बताए । भण्डारीले आउदो विहिवार देखि बस्न लागेको मोर्चाको बैठकले यस वारेमा छलफल सुरु गरेर रणनिती समेत बनाउने तयारी भइरहेको बताए ।
 
भण्डारीले ६ महिना लामो बन्द र आमहडार सहितको मधेश आन्दोलनको गम्भिर समिकक्षामा मधेशी नेतृत्वहरु रहेको र हामीहरु आफनो गल्ती समेत पहल्याउने काम गरीरहेका छौ । यत्रो आन्दोलन भयो, तर काही न कही हाम्र कमजोरी पनि भयो जसका कारण सताधारीहरुले यसलाई सम्बोधन गर्न सकेनन, भण्डारीले भने, बैशाखमा सुरु हुन लागेको मधेश आन्दोलनको हुरीले अहंकारमा रहेको प्रमुख दलहरुको सवै योजनाहरुलाइ भताभुगं पार्ने काम गर्छ ।

No comments:

Post a Comment