Monday, March 28, 2016

मधेशी मोर्चाको बैठक विहिवार बस्दै ।


आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आउदो विहिवार वोलाइएको मोर्चाले जनाएको छ । गएको शनिवार मोर्चाको सचिवालयले अगामी विरोधका कार्यक्रमहरुको मोडल मोर्चाका अध्यक्षहरुलाई दिए पश्चात मोर्चाको बैठक वोलाइएको हो । बैठक विहिवार १ बजे तमलोपा अध्यक्ष महन्थ ठाकुरको भक्तपुर स्थित निवासमा हुने मोर्चाले बताएको छ । यस अघि चैतको पहिलो हप्तामा मोर्चाको बैठक भएको थियो । जुन बैठकले प्रधानमन्त्रीलाइ चैत मसान्त सम्मको अल्टीमेटन दिएको थियो । त्यस यता मोर्चाको सचिवालयले नै निर्णय गर्दै विभिन्न निर्णयहरु सार्वजनिक गर्दै आएका थिए । होलीको पुर्व सन्धयामा मोर्चाको सचिवालयले होली नमाउने निर्णय गर्दै होली लगतै सचिवालयले अगामी विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएका थिए ।


होली सम्पन्न भए पश्चात गएको शनिवार मोर्चाको सचिवालय बैठक तमलोपा पार्टी कार्यलयमा बसेको थियो । जुन बैठकले चैत मसान्त सम्मका लागी मुख्य गरी दुइ ओटा विरोध कार्यक्रमहरु गर्ने निष्कर्ष निकाल्दै अध्यक्षहरुलाइ दिएका थिए । तर त्यस पछि मोर्चा आबद्ध अध्यक्षहरु आ आफना पार्टीको बैठकमा व्यस्तमा रहेकाले बैठक आउदो विहिवार वोलाइएको मोर्चाले सोमवार जनाएको छ ।
 
पछिल्लो समयमा मोर्चाले सरकारलाइ दिएको चैत मसान्त सम्मको अल्टीमेटन अनुसारको समय नजिकदै जादा मोर्चाको अगामी रणनिती प्रति चौतर्फी चासोहरु वढन थालेको देखिएको छ । यद्यपी मोर्चाका शिर्ष नेताहरु आन्तरिक परामर्शमा रहेको र ठोस निष्कर्षमा पुग्न अझै केहि दिन लाग्ने सक्ने बताउदै आएका छन । आउदो विहिवार बस्ने मोर्चाको बैठकमा त्यसको वारेमा समेत प्रमुखताका साथ छलफलहरु हुने नेताहरुले बताएका छन ।

No comments:

Post a Comment