Tuesday, March 8, 2016

काग्रेस कोषाध्यक्षमा सितादेवी यादव निर्वाचित ।


नेपाली काग्रेसको अगामी नेतृत्वका लागी भएको निर्वाचनमा सिरहाकी सितादेवी यादव काग्रेसको कोषाध्यक्षमा निर्वाचित भएकी छिन । सिरहाकै पुर्व शिक्षामन्त्री चित्रलेखा यादवलाई ८ मतले पराजीत गर्दै सितादेवी काग्रेसको कोषाध्यक्षमा निर्वाचित भएकी हुन । चित्रलेखा यस अघि काग्रेसको कोषाध्यक्ष थिइन । संस्थापन पक्ष भनेर चिनिएका राम चन्द्र पौडेलको तर्फवाट उम्मेदवार बनेकी सितादेवी काग्रेसको सभापतिमा निर्वाचित शेर बहादुर देउवा पक्षकी उम्मेदवार चित्रलेखालाई पराजीत गरेकी हुन । चित्रलेखा नेपाली काग्रेसको राजनिती भित्र केन्द्रिय तहका परिचित नाउ भए पनि सितादेवी खासै परिजित नाउ थिइन । यद्यपी अघिल्लो महाधिवेशनताका उनी काग्रेसको एक मात्र महिला सभापति भनेर चर्चामा आएकी थिइन । 
 
को हुन् सीतादेवी

सीतादेवी यादव प्रत्यक्ष चुनाव जितेर आएकी नेपाली काग्रेसको सांसद पनि हुन् । दोस्रो संविधानसभाको चुनावमा सीतादेवीले सिराहा - ३ बाट ११ हजार १ सय ५१ मत ल्याएर चुनाव जितेकी हुन् ।

सो चुनावमा एमालेका प्रमोद यादवले ७ हजार ९ सय ६४ मत ल्याएर सीतादेवीसँग हार व्यहोरेका थिए । एमाओवादीका रामरिझन यादवले ४ हजार ४ सय ४५ मत ल्याएका थिए ।
 
सीतादेवीका श्रीमान चन्द्रनारायण यादवलाई सशस्त्र द्वन्द्वकालमा माओवादीले  गाँजा तस्करी गरेको अभियोगमा गोली हानी हत्या गरेका थिए
 
त्यसो त सीतादेवी पहिलो संविधानसभामा पनि सिराहा क्षेत्र नं ३ बाटै चुनाव लडेकी थिइन् । तर, उनी त्यसबेला फोरमका विजयकुमार यादवसँग हारिन् । तर, त्यसबेला उनी चित्रलेखाजस्तो तेस्रो स्थानमा झरिनन्, दोस्रो स्थान हात पार्न सफल भइन् । दोस्रो संविधानसभामा पनि सीतादेवी मैदानबाट भागिनन् । र, प्रत्यक्ष चुनाव जितेर संविधानसभामा आइन् ।
 
औपचारिक शिक्षाको हकमा प्रवीणता प्रमाणपत्रसम्म मात्रै पढेकी सीतादेवी झट्ट हेर्दा सामान्य एवं दुब्ली देखिन्छिन् । तर, उनको राजनीतिक यात्रा त्यति कमजोर छैन, जति उनी कमजोर देखिन्छिन् ।
 
नेपाली कांग्रेसमा उनी पहिली महिला जिल्ला सभापतिका रुपमा समेत चिनिन्छिन् । जतिखेर नेपाली कांग्रेस विभाजित भएर सिराहामा चित्रलेखा यादव देउवाको खेमातिर लागेकी थिइन् । त्यसबेला सीतादेवीले संस्थापन पक्षको जिल्ला समितिको जिम्मेवारी निभाएकी थिइन् । सीतादेवीले एक कार्यकाल मात्रै होइन, दुई कार्यकालसम्म सिराहा जिल्ला कार्यसमितिको नेतृत्व गरिसकेकी छिन् ।
 
सीतादेवीका श्रीमानलाई सशस्त्र द्वन्द्वकालमा माओवादीले गोली हानी हत्या गरेका थिए । त्यसबेला माओवादीले चन्द्रनारायणलाई गाँजा तस्करी गरेको, सर्वसाधारणको हत्या गरेको र सीमानामा अबै तस्करी धन्दा चलाएको आरोप लगाएर हत्या गरेका थिए । पतिको निधनपछि सीतादेवीले ‘चन्द्रनारायण ट्रष्ट’ खोलेकी छिन् । र, उनी त्यसको अध्यक्ष छिन् ।
 
पतिको निधनपछि सीतादेवीले चिठ्ठाका रुपमा जिल्ला सभापतिको पद पाएको बताउनेहरु पनि सिराहामा प्रशस्तै भेटिन्छन् । चन्द्रनारायण सिराहाका जिविस सभापति एवं कांग्रेसका जिल्ला सभापति समेत भइसकेका नेता थिए ।
 
सिराहामा चित्रलेखाको भन्दा सीतादेवीको जनाधार राम्रो रहेको बताइन्छ । तर, आफ्नो पतिको जस्तै विभिन्न विवादास्पद व्यक्तिहरुलाई संरक्षण गर्ने गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।

No comments:

Post a Comment