Wednesday, March 2, 2016

काग्रेस महाधिवेशन लगतै मोर्चाका सबै अध्यक्षहरु दिल्ली जादै ।



आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध सात ओटै पार्टीका अध्यक्षहरु नेपाली काग्रेसको महाधिवेशन भए लगतै अर्को हप्ता दिल्ली भ्रमणमा जादै छन । १४ मार्चमा भारतको राजधानी दिल्लीमा हुने एक अन्तक्रिया कार्यक्रममा सहभागी हुन जान लागेको मोर्चाका सबै अध्यक्षहरु चार दिन सम्म दिल्लीमा रहने मोर्चा उच्च स्रोतले जनाएका छन । भोली देखि काठमाडौमा नेपाली काग्रेसको महाधिवेशन हुदैछ । काग्रेसको महाधिवेशन पश्चात राजनितीक खिचडी नयां ढंगले पाक्ने आकंलन चौतर्फी भइरहदा मोर्चाका सबै अध्यक्षहरुको दिल्ली भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ । अर्को हप्ताको आइतवार काग्रेसको महाधिवेशन सम्पन्न हुदैछ । मोर्चाका सवै अध्यक्षहरु १२ मार्चा अर्थात त्यस पछिको आउदो शनिवार दिल्ली भ्रमणका लागी उडने तयारी रहेको नेताहरु बताउछन । मोर्चाका अध्यक्षहरु १५ मार्चमा काठमाडौ फर्कने कार्यक्रम रहेको छ । १५ मार्च अर्थात २ चैतमा मोर्चाका अध्यक्षहरु काठमाडौ फर्के पछि मात्रै मोर्चाले हालै निर्णय गरेको प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने कार्यक्रम राखिने छ ।


गएको मंसीर तेस्रो हप्ता पनि मोर्चामा आबद्ध तत्कालिन चार ओटै अध्यक्षहरु दिल्ली भ्रमणमा गएका थिए । अर्को हप्ताको अन्तय तिर पुन दिल्ली भ्रमणमा सामुहिक रुपमा जान लागेका मोर्चाका अध्यक्षहरु दिल्लीमा आयोजना हुने अन्तक्रिया कार्यक्रम सहित उच्च तहका राजनितीक र कुटनितीक भेटघाट समेत गर्ने छन ।
 
पछिल्लो चरणमा नाका केन्द्रित र ६ महिना लामो आमहडताल सहितको आन्दोलनलाई स्वरुप परिर्वतन गरेको मोर्चाले पुन आन्दोलन चर्काउन् बताउदै आएका छन । यद्यपी मोर्चाले पछिल्ले समयमा समान्य प्रकृतिका विरोध कार्यक्रमहरु संचालन गर्दै आइरहेका छन । मोर्चाले पछिल्लो समयमा काग्रेस महाधिवेशन पश्चात विकसित हुने राजनितीक वातावरणलाई नियालेर मात्रै आफनो आन्दोलनको रणनिती बनाउने बताउदै आएका थिए ।
 
मोर्चा सचिवालयद्धारा १ चैत सम्मका लागी आन्दोलनका कार्यक्रम घोषणा 

 

सम्भवतह मोर्चाका सवै अध्यक्षहरुको दिल्ली भ्रमणको कार्यतालिकै लेखाजोखामा मोर्चाका सचिवालयले २५ फागुन देखि १ चैत सम्मको विरोध कार्यक्रमहरु वुधवार सार्वजनिक गरेका छन । हिजो मंगलवार र आज वुधवार गरी चलेको मोर्चाको बैठकले प्रधानमन्त्रीलाई वुझाउन ज्ञापनपत्र समेत तयार पारे पनि हाल सार्वजनिक गरेका छैन । सचिवालयले १ चैत सम्मको विरोध कार्यक्रमहरु मात्रै सार्वजनिक गरेका छन । मोर्चा सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्र तयार भए पनि ती अध्यक्षहरुले दिल्लीवाट फर्के पश्चात मात्रै त्यसलाई मुर्त रुप दिने बताएका छन । मोर्चाको सचिवालयले वुधवार जारी गरेको आन्दोलनको कार्यक्रमहरुमा जागरण मुलुक सभाहरुको साथै क्षेत्रिय स्तरको अन्तक्रिया र विरोध सभाहरु छन । त्यसैगरी होलिका दहनको दिनमा मोर्चाले मधेशमा संविद्यानमा हस्ताक्षर गरेका सांसदहरुको पुतला सामुहिक रुपमा जलाउने समेत कार्यक्रम राखेका छन । त्यसैगरी मोर्चाले पछिल्लो समयमा आन्दोलनकारीहरु माथी प्रशासनको धरपकड वढेको भन्दै ५ चैत हल्ला बोल कार्यक्रम अन्र्तगत मधेशका सदरमुकामहरुमा जम्मा भइ १ घण्टा सम्म आन्दोलनका नाराहरु लगाउने समेत निर्णय गरेको छ ।  

No comments:

Post a Comment