चैत मसान्त सम्मको आन्दोलन घोषणा नहुने ।
बैशाख देखि कडा आन्दोलन गर्ने बताउदै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफनो अगामी रणनिती वारेमा वृहत रुपमा छलफल गरेका छन । मोर्चाको आज बसेको बैठक सरकारलाइ दिएको चैत मसान्त सम्मको अल्टीमेटन सहित अगामी आन्दोलनको रणनिती वारेमा केन्द्रित रहेको सहभागी नेताहरुले बताएका छन । तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा झण्डै साढे पाच घण्टा लामो बैठकमा अहिले सम्मको समिकक्षा, मोर्चाको आन्तरिक कमी कमजोरी सहित अगामी दिनमा कसरी प्रस्तुत हुने वारेमा वृहत छलफल भएको थियो । आजको मोर्चा बैठकमा शिर्ष नेताहरु सहित सचिवालयका सदस्यहरु समेत उपस्थित थिए । सदभावना अध्यक्ष राजेन्द्र महतो सहभागी हुन सकेका थिएन । सदभावना वाट सहअध्यक्ष लक्ष्मण लाल कर्ण बैठकमा उपस्थित थिए ।