Sunday, February 28, 2016

आन्दोलनको भावी दिशा वारे सदभावनाको काठमाडौमा अन्तक्रिया ।


आन्दोलनको स्वरुप परिवर्तन गरेको बताउदै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक घटक सदभावना पार्टीले आइतवार काठमाडौमा आन्दोलनको भावी स्वरुप वारेमा अन्तक्रिया कार्यक्रम आयोजना गरेका थिए । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा भएको उक्त अन्तक्रिया कार्यक्रममा मधेशवाट प्रतिनिधित्व गर्ने विभिन्न क्षेत्रका अगुवाहरुको सहभागीता थिए । कार्यक्रमको विषय प्रवेश गर्दै सदभावना अध्यक्ष महतोले मधेशी जनताहरुको चाहना अनुसार मोर्चाले आन्दोलनको स्वरुप परिर्वतन गरेको भन्दै मधेशलाई अधिकार दिन जारी आन्दोलनलाई कसरी निर्णयक बनाउन सकिन्छ भन्ने वारेमा सवै पक्षहरु संग आफुहरु हाल छलफलमा रहेको र त्यही अनुरुप यो अन्त्क्रिया कार्यक्रम आयोजना गरिएको बताएका थिए । महतोले हिजो मात्रै मोर्चाको बैठकमा अगामी आन्दोलनको रणनिती वारेमा व्यापक छलफल भएको भन्दै अगामी दिनमा कसरी आन्दोलन पुन उचाइमा पुर्याउदै सफल बनाउने वारेमा गृहकार्य चलीरहेको बताए । अघिल्लो हप्ता मात्रै सदभावना पार्टीको बसेको कार्यसम्पादन समिती समेत यसैसंगै मिल्दाजुल्दो कार्यक्रमहरु ल्याएको समेत महतोले बताए ।


आइतवार जारी मधेश आन्दोलनको भावी कार्य दिशा शिर्षकमा आयोजना गरिएको उक्त अन्तक्रिया कार्यक्रममा वरिष्ठ राजनितीक विश्लेषक सिके लाललृे आन्दोलनको भावी दिशा निर्धारण गर्नु भन्दा पुर्व अहिले सम्मको आन्दोलन गम्भिरपुर्वक समिकक्षा गर्न सुझाएका थिए । लालले नेपालकै इतिहासमा यत्रो जनसहभागीतामा भएको भएको आन्दोलन विना उपलब्धी सकिए पश्चात मधेशमा व्यापक निराशा छाएको बताउदै यसलाई सम्बोधन गर्न पनि भावी आन्दोलन रणनितीक रुपमा सुझवुझका साथ अघि वढाउनु पर्नेमा जोड दिए ।
 
लालले मुद्धाको आधारमा ठोस उपलब्धी नभए पनि आन्द्योलनले पारेको कयौन प्रभावहरु महत्वपुर्ण भएको समेत दावी गरे । लालले आन्दोलनकै क्रममा मोर्चा भित्रका पार्टीहरु विच देखिएको प्रतिस्पर्धात्मक अवस्था पनि आन्दोलन कमजोर बनाउन भुमिका खेलेको बताए । मधेश आन्दोलनमा भारत भुमिका र आन्दोलनरत मधेशी पार्टीहरु नेतृत्वमा भारत प्रति देखिएको वढी आशक्तिले समेत आन्दोलनलाई कमजोर बनाएको लालको दावी थियो ।
 
लालले आन्दोलनको भावी कार्यदिशा बनाउनु भन्दा पुर्व आन्दोलनरत मधेशी मोर्चाका नेतृत्वहरु मधेशीका आमजनतामा गएर क्षमा यात्रा गर्न समेत सुझाए । उनले भने, आम मधेशीहरुको एउटा पुस्ता नै आन्दोलनमा आफनो भविष्य दाउमा लगाउदै यत्रो आन्दोलनमा होमिए, विभिन्न कारणवस यो सफलतापुर्वक सम्पन्न हुन सकेन, तपाईहरु मधेशमा क्षमा यात्रा गर्नुस र आन्दोलन किन सफल हुन सकेन भन्ने कुरा पैष्ट रुपमा ती जनताहरुलाई बताउनुस । क्षमा माग्दा थप शक्ति आउने भएकाले मोर्चाका नेताहरुलाई त्यसवाट नडराउन पनि लालको आग्रह थियो ।
 
अन्तक्रिया कार्यक्रममा व्यापारी महेश अग्रवालले मधेश आन्दोलनमा मधेश आन्दोलनमा व्यापारीहरु खेलेर समर्थन गरेको प्रसंग कोटयाउदै भावी कार्यदिशा बनाउनै तराइृ मधेशमा रहेको व्यापारिकहरुको सरोकारलाई ध्यानमा राख्न आग्रह गरे । अग्रवालले मधेश आन्दोलनको सुरु देखि नै व्यापारीहरुले खुलेर सहयोग र समर्थन गरेको प्रसंग कोटयाउदै भने, आर्थिक रुपमा व्यापक क्षती व्योहोरेको भए पनि दिर्घकालिन रुपमा समस्या समाधान होस भन्ने उदेश्यका साथ आफुहरु लागेको बताए । तराई मधेशमा सक्रिय व्यापारिक व्यक्तित्वहरु अहिले पनि आम मधेशी जनताको अधिकारको पक्षमा रहेको उनले बताए ।

No comments:

Post a Comment