Monday, February 22, 2016

यस्तो छ मधेशी पार्टीहरुको आन्तरिक लेखाजोखा ।



केहि समय अघि संघिय समाजवादी फोरम नेपालको कार्यसम्पादन र केन्द्रिय कार्यसमितीको बैठक संयुक्त रुपमा सम्पन्न भयो । एक हप्ता लामो फोरम नेपालको उक्त बैठक आन्दोलन चलीरहदा पछिल्लो अवस्थाको सम्रग मुल्याकंन गर्दै अगामी रणनिती बनाउदै सकिएको थियो । आन्दोलनको स्वरुप परिर्तन भए सगै केन्द्रिय कार्यसमितीको विस्तारित बैठक काठमाडौमा गर्नु भन्दा शिर्ष नेताहरु नै मधेश गएर जिल्लाहरुलाई विभाजना गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीले आफनो बैठक गरेका छन । तमलोपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरु हृदेश त्रिपाठी, वृषेश चन्द्र लाल, गोविन्द चौधरी, जितेन्द्र सोनल लगायतका केन्द्रिय नेताहरुको टिम नै मधेश भरी प्रतिनिधित्व गर्ने गरी महत्वपुर्ण बैठक गरेका छन । यसैगरी गएको चार दिन देखि पछिल्लो परिस्थितीको वारेमा सदभावना पार्टीको कार्य सम्पादन समितीको बैठक बसेको छ । अघिल्लो हप्ता मात्रै तराई मधेश सदभावना पार्टीको समेत कार्य सम्पादन समितीको बैठक भयो । त्यसैगरी मोर्चामा हालै आबद्ध भएका साना पार्टीहरु सहित अन्य सवै पार्टीहरु पछिल्लो परिस्थतीको वारेमा आन्तरिक समिकक्षा र रणनितीहरु बनाइरहेका देखिन्छ ।


एक हप्ता लामो कार्य सम्पादन र केन्द्रिय कार्यसमितीको संयुक्त बैठक गरेको फोरम नेपालको निष्कर्ष थियो, मधेश संगै काठमाडौमा पनि आन्दोलन चर्काउनु पर्छ । फोरम नेपालका उपमहासचिव अभिषेक प्रसाद शाह भन्छन, हामीले सम्पुर्ण नाका ठप्प पार्दै काठमाडौमा एक चरण आन्दोलन चर्काउर्नुै पर्छ भन्ने निष्कर्ष निकालेका थियौ । शाह भन्छन, जारी मधेश आन्दोलनलाई सफल अवतरण गराउनु पनि केहि तयारीका साथ एक चरण पुन आन्दोलन चर्काउनु पर्छ भन्ने नै हाम्रो सम्पुर्ण बैठकको निष्कर्ष थियो । त्यसको साथै मधेशमा आन्दोलन उठे पश्चात फोरम नेपालले आफनो पार्टीको संगठनात्मक पक्षको वारेमा समेत विश्लेषण गर्दै अगामी रणनतीहरु बनाएका थिए ।
 
हालै मधेश नै शिर्ष नेताहरु झरेर बैठकहरु गरेका तमलोपाका नेताहरु भन्छन, हामीले मुख्य गरी जिल्लातहमा काम गर्ने नेताहरु कुरा बुझन गएका थियौ जसले हामीलाई अगामी रणनीती बनाउन सजिलो हुनेछ । तमलोपा महामन्त्री गोविन्द चौधरी भन्छन, जिल्लागत रुपमा आन्दोलनकै सम्रग पक्षहरु माथी कुराहरु आएको छ, केन्द्रिय तहवाट उनीहरु अप्ेक्षाको कुरा आएको छ भन्ने स्थानिय तहमा रहेको केहि समस्याहरुको समेत कुराहरु आयो । चौधरी भन्छन, सम्भवतह चाडै हामीले त्यसलाई सम्बोधन गर्ने छौ ।
 
गएको चार दिन देखि चलेको सदभावना पार्टीको कार्यसम्पादन समितीले समेत आन्दोलन पश्चातको अवस्था र अगामी रणनितीको वारेमा विस्तृत छलफल गरेको उक्त पार्टीका प्रवक्ता संतोष मेहता बताउछन ।
सदभावना प्रवक्ता मेहताका अनुसार सदभावना पार्टीले आफनो युवा दस्ता रक्षा बाहिनीलाई पुन सक्रिय बनाउने निर्णय गरेको छ । जसका लागी एउटा कार्यदल समेत बनाएको उनले बताए ।
 
सदभावनाको कार्य सम्पादन समितीको बैठकले जारी मधेश आन्दोलनमा सवै नाकाहरु विरगंज रक्सौल जस्तै गरी ठप्प पार्न नसक्दा नाका केन्द्रित आन्दोलन कमजोर भएको निष्कर्ष निकालेका छन । सिमाकंनको ठोस रुपमा छिनोफानो नभए सम्म आन्दोलन जती वेला पनि चर्काउनु पर्ने अवस्था रहेको सदभावनाको निष्कर्ष छ ।
 
यसैगरी तराई मधेश सदभावना पार्टीको अघिल्लो हप्ता भएको कार्य सम्पादन समितीको बैठकले आन्दोलन समिकक्षा गर्दै वरिष्ठ नेता तथा संगठन विभाग प्रमुख राम नरेश रायलाई वदलीएको परिस्थिती मा संगठन विस्तारका लागी खाका बनाउन जिम्मा दिएका छन ।
 
यसैगरी मोर्चामा हालै आवद्ध अन्य साना दलहरु सहित अन्य सवै मधेशी पक्षहरु आ आफनो ढंगले बैठकहरु गर्दै अगामी रणनिती बनाउनमा व्यवस्त देखिन्छ ।

No comments:

Post a Comment