Saturday, February 20, 2016

आन्तरिक लेखाजोखा गर्दै मधेशी पार्टीहरु ।

तमलोपाका नेताहरु वारामा स्थानिय नेताहरु संग छलफल गर्दै

नाका सुचारु भए संगै आन्दोलनको स्वरुप परिर्तन गरेको मधेशी मोर्चामा आवद्ध सहित अन्य सवै मधेशी पार्टीहरु पछिल्लो समयमा आन्तरिक छलफल तीव्र पार्दै पार्टीको स्थिती सहित आन्दोलन पश्चातको अवस्था वारेमा लेखाजेखा गर्दै छन । गएको छ महिना देखि मधेशमा भएको आन्दोलनको तराई मधेशको स्थानिय राजनितीक सतह मात्रै होइन कि आम मधेशीहरुको राजनितीक मनस्थितीमा समेत व्यापक परिर्वतन आएको वेला मधेशी पार्टीहरुले यस्तो लेखाजोखा गर्न व्यवस्त देखिन्छ । आन्दोलन सुरु भए संगै तराई मधेशमा प्रमुख भनाउदा पार्टीहरु प्रति मधेशमा व्यापक असन्तुष्टि देखिए र तराई मधेशका जिल्लहरुमा ती पार्टीहरु सम्बद्ध मधेशी नेताहरु धमाधम पार्टी परित्याग गर्दै आन्दोलनमा सहभागी हुन थाले । आन्दोलन चली नै रहदा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विच पार्टी प्रवेशको विषयलाई लिएर आन्तरिक प्रतिस्पर्धा नै सतहमा देखिएका थिए । यद्यपी आन्दोलनको स्वरुप परिर्वतन संगै पार्टी प्रवेशको दौडमा तमलोपा सहित अन्य मधेशी पार्टीहरु पनि देखिएका छन । यो संगै आन्दोलनको स्वरुप परिर्तन परिवर्तन संगै मधेशी पार्टी आन्तरिक छलफलहरु पनि तीव्र पारेको देखिन्छ । अघिल्लो सोमवार तमलोपाका शिर्ष नेताहरु वारा पुगेर चार जिल्लाका स्थानिय नेताहरु संग बैठक गरे । त्यस लगतै तमलोपा अध्यक्ष ठाकुर जनकपुर तिर पुगेर त्यस क्षेत्रका नेताहरु संग आन्तरिक छलफल गरे भने उपाध्यक्ष हृदेश त्रिपाठी पश्चिम तिर गएर त्यस क्षेत्रका स्थानिय नेताहरु संग बैठकहरु गरे ।


सदभावना पार्टीको कार्यसम्पादन समितीको बैठक
यता आन्दोलनको स्वरुप परिर्तन भएको परिपेक्ष्यमा शुक्रवार देखि काठमाडौमा सदभावना पार्टीले आफनो कार्य सम्पादन समितीको बैठक डाकेका छन । बैठकले पछिल्ले परिस्थितीको वारेमा आन्तरिक रुपमा बृहत छलफल गरीरहेको सदभावनाका नेताहरुले बताएका छन ।
 
त्यसैगरी पछिल्लो परिस्थितीको सन्दर्भमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव समेत आन्तरिक रुपमा स्थानिय तह देखि केन्द्रिय तहमा विभिन्न स्तरका छलफलहरु तीव्रगतीमा गरिरहेको देखिन्छ ।
 
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि पार्टीको कार्यक्रममा व्यवस्त छन ।

मोर्चामा सम्बद्ध तमलोपा, सदभावना र फोरम नेपाल वाहेक अन्य साना पार्टीहरुको पनि पछिल्लो परिस्थितीवारेमा बैठकहरु गरीरहेको देखिन्छ । अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीको विस्तारित बैठक पनि शुक्रवार देखि जनकपुरमा सुरु भएको छ । त्यसैगरी राष्टिय मधेश समाजवादी पार्टी, फोरम गणतान्त्रिक सहितका पार्टीहरुको पनि बैठकहरु चलीरहेको देखिन्छ ।
 
मोर्चा वाहिरका घटकहरु पनि आन्तरिक बैठकमा 

 
मोर्चा घटक वाहिरका जयप्रकाश गुप्ताको अभियान पनि बैठकहरु व्यवस्त देखिन्छ ।

मोर्चा वाहिरका घटकहरु तर आन्दोलनमा सक्रिय रहेको जय प्रकाश गुप्ता नेतृत्वको तराइ मधेश राष्टिय अभियान देखि मातृका यादव नेतृत्वको संयुक्र जनआन्दोलन समिती सम्मको पनि बैठकहरु पछिल्लो समयमा तराई मधेशका जिल्लाहरुमा चलीरहेको देखिन्छ । विभिन्न स्तरको स्थानिय तहमा समुहगत रुपमा गुप्ता नेतृत्वको बैठक अभियान चलीरहेको देखिन्छ भने मातृका यादव नेतृत्वको जनआन्दोलन समितीको पनि हालै राजविराजमा विस्तारित बैठक बसेको थियो ।

No comments:

Post a Comment