Thursday, February 18, 2016

कसरी खुल्यो विरगंज - रक्सौल नाका ।

 
२५ माघमा १३५ दिन देखि अवरुद्ध रहेको विरगंज रक्सौल नाका सुचारु भयो । मधेशी मोर्चाले आन्दोलन सुरु गरेको १ महिना पछि ६ असोजमा राजविराजवाट नेपाल भारत सिमामा पर्ने नाकाहरु अवरुद्ध गर्ने निर्णय गरे संगै विरजंग रक्सौल सहितका अन्य नाकाहरु अवरुद्ध हुन पुग्यो ।  अन्य नाकाहरु दशै आए संगै सुचारु भए पनि विरगंज रक्सौल नाका पुर्ण रुपमा ठप्प रह्यो । समय वित्दै जादा मोर्चाको आन्दोलन पनि विरगंज रक्सौल नाकामै केन्द्रित रहन गयो । तर २५ माघमा मोर्चाको निर्णय वेगर नै उक्त नाका सुचारु भयो, जसले मोर्चा भित्र पनि खैलावैला नै मच्चायो । नाका मोर्चाको निर्णय वेगर नै सुचारु भएको चार दिन पश्चात मात्रै मोर्चाले बैठक गरेर औपचारिक रुपमा नाका केन्द्रित कार्यक्रम फिर्ता लिने निर्णइ गर्यो । उक्त नाका सुचारु भए संगै मोर्चा भित्रको विवाद समेत सतहमा पोखियो र मोर्चाले औपचारिक रुपमा सदभावना अध्यक्ष राजेन्द्र महतो माथी प्रश्न उठायो । किनकी विरगंज नाका सुचारु हुनु एक दिन अगावै महतोले विराटनगरमा विरगंज नाका मात्रै अवरुद्ध गरिरहनुको कुनै अर्थ नभएको भन्दै गनैृ भए सवै गरौ अन्यथा उक्त नाका पनि सुचारु गरिदिन माग गरेका थिए । त्यसको ठिक एक दिन अगाडी तमलोपा अध्यक्ष महन्थ ठाकुर विरगंज रक्सौल नाका मै पुगेर मोर्चा सग प्रमुख दलहरुले सहमती नगरुन्जेल समम नाका नखोल्ने वताएका थिए । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि त्यही आश्यका अभिव्यक्तिहरु दिदै आएका थिए । तर विराटनगरमा २४ माघमा सदभावना अध्यक्ष महतोले सार्वजनिक रुपमा टिप्पणी गरे संगै २५ माघमा विरगंज नाका सुचारु हुन गयो । सवत्र्र चासोको विषय बन्न पुग्यो, कसरी खुल्यो विरजंग रक्सौल नाका ?
 
२५ माघको दिन के भएको थियो ?


वाहिर समाचारहरुमा आए अनुसार २५ माघ शुक्रवारको दिन सिमा क्षेत्रका दुवै तिरका व्यापारीहरुले उक्त नाकामा पर्ने पुलमा धर्नाकारीहरुले टागेको टेण्टहरु जलाइ दिए, त्यस पश्चात उक्त नाका सुचारु हुन गयो । त्यसको एक दुइ दिन पश्चात भारतीय प्रहरीहरु नै सादा पोशाकमा आएर उक्त पुलमा रहेको मोर्चाको टेण्टहरु चलाएर नाका सुचारु गराएको समाचारहरु आयो । नाकामा मोर्चाको रहेको टेण्ट २५ माघमा जलाइए पश्चात पुन आन्दोलनकारी स्थानिय नेताहरु दिउसो अवरुद्ध पार्ने प्रयास नगरेका पनि होइनन तर सफल हुन सकेनन । त्यस पश्चात नाका पुर्ण रुपमा सुचारु हुन पुगेको स्थानियहरु बताउछन । काठमाडौ देखि मधेश सम्म फैलिएको एउटा कुरा के हो भन्ने यस पाली मधेश आन्दोलनमा भारतीइ धाप वलियो थियो । त्यस पछि प्रश्न आउछन, उसो भए किन भारतीइ प्रहरीहरु सादा पोशाकमा नाका सुचारु गराएका होलान ? जव कि मोर्चाले नेताहरु एक दुई दिन आफुहरुले मोर्चाको बैठक गरेर आन्दोलनको स्वरुप परिर्वतन गर्न सकने बताइरहेकै थिए । यसको जवाफ ठयाक्कै यही हो भनेर त अहिले नै भन्न सकिन्न तर २५ माघमा र त्यसको सेरोफोरोमा त्यसा घटेको घटनाहरु चाही महत्वपुर्ण देखिन्छ । जसले विना सहमती मोर्चा र त्यसमा धाप दिइरहेको भारतीय पक्ष उक्त नाका सुचारु गराउन पुगे ।
 
२५ माघको रामकहानी 

 

२५ माघको विहान १० वजे पछि मात्रै विरगंज रक्सौल नाकाको मितेरी पुलमा रहेको आन्दोलनकारीहरुको टेण्टहरु जलाइएको थियो । तर विरगंज स्थित स्थानिय स्रोतहरु भन्छन, पछिल्लो समयमा उक्त नाका कै आडमा तस्करी यसरी मैलाएको थियो कि भारतीय सुरक्षकर्मीहरु अत्यद्यिक चिन्तामा थिए । भारतीय पक्ष थप चिन्तीत हुनुको प्रमुख कारण थियो कि तस्करी स्वयंम मधेशी पार्टीहरु आवद्ध नेताहरु द्धारा भइरहेको थियो । विरगंज रक्सौल स्थित भारतीय सुरक्षा स्रोत भन्छन, पछिल्ले समयमा त त्याहाका मधेशी नेताहरुमा तस्करी गर्नै कम्पीटिसन नै चल्न थालेको थियो । र त्यही घटनाक्रमले अन्तह मोर्चाको निर्णय वेगर नै उक्त नाका सुचारु हुनु पर्ने अवस्था सिर्जना भयो । भारतीय पक्षले मोर्चा र सरकारी विच सम्भवतह एउटा सहमती बन्ने आशामा थियो र त्यो पनि सम्भव नभए मोर्चाले आफैले निर्णय गरे पश्चात मात्रै उक्त नाका सुचारु गराउने आन्त्रिक योजनामा थिए । तर तस्करी गर्ने कम्पीटिसन यसरी स्थानिय स्तरमा मौलायो र त्यो पनि मधेशी नेताहरु कै अगुवामा त्यसले अन्तोगत्वा भारतीय अधिकारीहरु विरक्तिएर उक्त नाका २५ माघमा खाली दिए । स्रोत भन्छन, २५ माघको विहान नहुदै फोरम नेपालको पर्सा जिल्ला सदस्य मदन यादवले १० ओटा नया टयाक्टर आफनो आडमा विरगंज भित्रियाए पश्चात भारतीइ सुरक्षाकर्मीहरु र त्याहाका स्थानिय व्यापारीहरु तमस्एिर मितेरी पुलमा रहेको टेण्टहरु चलाइ दिएका थिए । पर्सा जिल्लाका फोरम नेपाल सदस्य मदन यादव पर्सा फोरमका अध्यक्ष प्रदीप यादवका दाहिने मानिन्छ ।
 
तस्करीको संगठित स्वरुप र मधेश भन्सारका अघोषीत नायक 

 
फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादव
२५ माघमा भारतीय व्यापारी  सदा पोशाकका प्रहरीले मितेरी पुलमा रहेको टेन्टहरु चलाइ दिदा दिउसो पुन नाका अवरुद्ध गर्न पुगेका मधेशी प्रर्दशनकारीहरुलाई भारतीय सदा पोशाकका प्रहरी र व्यापारीले पुन प्रतिरोध गर्दै गाली समेत गरे । त्याहा पुन अवरुद्ध गर्न गएका नेता भन्छन, उनीहरु मधेश भन्सार चलाउनका लागी तिमीहरु याहा फेरी धर्ना दिन आएको भन्दै हप्काउदै त्याहावाट हकारेका थिए ।  विरगंज स्थित केहि स्थानिय मधेशी नेताहरु भन्छन, पछिल्लो समयमा भारतीय पक्षले नाकाबन्दीको निहूमा त्याहावाट भइरहेको तस्करीलाई लिएर ठुलो आपति आन्दोलनकारी नेतृत्व समकक्ष जनाइरहेका थिए । स्थानिय दुवै तर्फका अधिकारीहरु फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवको पछिल्लो गतिविधीले हैरान रहेको बताउछन ।
 
प्रदीप यादव विरगंज आन्दोलनका एक जना प्रभावशाली अगुवा हुन । जसको विरगंज क्षेत्रमा व्यापक प्रभाव पनि छ । तर भारतीय सुरक्षा  अधिकारीहरुका अनुसार आन्द्योलनको पछिल्ले चरण खासगरी दशै पश्चात मौलाएको तस्करीको समेत उनी संगठित कामहरु गर्न थाले पछि स्थानिय अधिकारीहरु हैरान मात्रै होइन कि अपराधको समेत खतरानाक संकेतहरु देखा पर्न थाल्यो ।
 
विरगंजका वुद्धजिवी अगुवाहरु समेत प्रदीय यादवको आन्दोलनमा रहेको भुमिकालाई प्रसंशा गर्छन तर उनीहरु पनि भन्छन, पछिल्लो समयमा तस्करीको क्षेत्रमा उनको सहभागीताले सर्वत्र चिन्ता मात्रै होइन कि आन्दोलन कमजोर हुनुमा समेत भुमिका खेलेको छ । त्याहाका स्थानिय केहि भारतीय सुरक्षाअधिकारीहरुका अनुसार आन्दोलन लम्बिदैदै जादा दशै संगै सुरु भएको तस्करी विरगंज क्षेत्रमा सवै नेताहरुको सहभागीमा भए पनि प्रदीप यादवको गतिविधीले संगठित नै काम हुन थाल्यो । जुन सुरक्षाअधिकारीहरुका लागी गम्भिर टाउको दुखाइको विषय बन्न पुग्यो । प्रदीप यादवको गाडी दुई चोटी फोरम नेपालका पर्सा युवा अध्यक्ष जलसुदिनका साथ तस्करी गर्दा गर्दौ प्रकाउ परेको थियो । स्थानिय अधिकारीहरु भन्छन, दशै संगै तस्करी सुर भए लगतै यादवले दुई ओटा नया टयाक्ुर त्यही परियोजनका लागी किनेको र त्यही मार्फत समानहरु भित्राउन थाले । छठ पछि त तस्करी यसरी संगठित रुप लियो त्यही यादव थप दुई ओटा टक नै किनेको देखिन्छ । आन्द्योलन चलीरहदा नाकाका कारण तस्करी यसरी मौलायो कि यसले अपराधको समेत स्वरुप ग्रहण गर्न पुग्यो । केहि समय पहिला विरगंज नजिकैको एउटा गाउमा राती एक युवकको हत्यामा समेत यसरी तस्करी गर्नै गिरोह नै काम गरेको पाइएको देखिएको छ । पर्सा प्रहरीले हाल अनुसन्धान जारी राखेको उक्त घटनामा समेत पर्सा फोरमका अध्यक्ष प्रदीय यादवको संग्लनता रहेको अनुसन्धानमा खटेका सुरक्षा अधिकारीहरु बताउछन । एक जना प्रकाउ परेको आधारमा अनुसन्धान भईरहेको उक्त घटनाको क्रममा फोनको कल डिटेलिंग निकाल्दा प्रहरीले घटनामा संगलन सबै यादवको सम्पर्कमा रहेको देखिएको छ ।
 
स्थानिय स्तरम प्रहरीको एकदमै नजिक मानिने यादव पछिल्लो समयमा प्रहरीको गम्भिर अनुसन्धानको घेरामा रहेको स्थानिय स्रोतको दावी छ । तस्करीमा उनको संग्लतना उनको यती सम्म देखिएको छ कि उनले दिनमा ७० लाख सम्म रुपैया बैडकहरुमा जम्मा गरेको पाइएको छ ।
 
स्थानिय दुवै तर्फका अधिकारीहरु भन्छन, तस्करीको जालोमा एउटा प्रभावशाली मधेशी नेताको संग्लनताले त्यस क्षेत्रको सम्रग आन्दोलनमा प्रभाव पार्नुको साथै स्थानिय स्तरमा विभिन्न गिरोहहरु समेत जन्मन पुगेको छ । र अन्तोगत्वा विरगंज रक्सौल नाका पनि उनीहरुकै गलत कामले नाटकिय रुपमा खुल्न पुग्यो । स्रोत भन्छन, नाका त्यसै पनि सुचारु गर्ने आन्त्रिक तयारी छदै थियो तर सम्मानजनक ढंग, कम से कम त्यत्रो नाका केन्द्रित विरोध कार्यक्रममा सघाएको रक्सौल वासीलाई एएटा कार्यक्रम त गरेर धन्यवाद दिन पाइन्थयो तर तस्करीको जालो यसरी फस्टायो कि जसन सुकै आवरणमा होस रक्सौल तर्फकै प्रतिकारमा उक्त नाका नाटकिय ढंगले २५ माघमा सुचारु भयो ।

No comments:

Post a Comment