Wednesday, February 17, 2016

मधेशमा 'असहजता'

विरगंजमा कर मिनहाका लागी धर्नामा बसेको मधेशी नेताहरु


जनकपुर मिल्स एरीयाका राजु मंडलको हाथमा  अघिल्लो हप्ताको सुरुमै विद्युत महसुलको ५३ हजारको विल परे पछि उनी तीन छक्क परे । जनकपुर बजारमा विद्युतीय रिक्सा चलाउने राजु गएको ३ फागुन अर्थात अघिल्लो सोमवार विहान यो संवाददाता संग भने, यो हप्ता भरीमा महसुल तिरिएनन भने सवैको व्याज सहित तिर्नु पर्ने हुन्छ । गएको ६ महिना देखि तराई मधेशमा मधेश आन्दोलन चलीरहदा सरकारी कार्यलयहरु सुचारु नभए राजु जस्तै अन्य सबै समै मधेशका बासिन्दाहरु सरकारी कार्यलय वाट हुने सवै कामहरु गर्न पाएनन । आन्द्योलन मधेशी मोर्चाले गएको साउन अन्तिम हप्ता अनिश्चिकालिन  आमहडतालको घोषणा गर्दा अर्कौ पनि एउटा घोषण गरे, असहयोग आन्द्योलन, जस अन्र्तगत सरकारी तहमा तिर्नु पर्ने कुनै पनि कर, दस्तुुर र महसुल नतिर्न उनले आम मधेशीहरुमा अपिल गरे ।  मोर्चाले आम हडतालकै अन्र्तगत यस क्षेत्रका सवै जसो सरकारी कार्यलयहरु यस विचमा ठप्प थिए । तर एक हप्ता अगाडी मोर्चाले नाका केन्द्रित विरोध कार्यृक्रम सगै आमहडताल र सरकारी कायृलय वन्द लगायतका आन्दोलनको कार्यक्रम फिर्ता लिने निर्णय गरे । त्यस लगतै तराई मधेशका जिल्लाहरुमा सुचारु भएको सरकारी कार्यलयहरुले विगत ६ महिना देखि नै सवै कर, दस्तुर र महसुल लगायतका कामहरुको विल फटाफट असुल गर्ने अघि वढेको देखिन्छ । आम मधेशमा त्यसले ५ महिना देखिको आमहडताल लगायतको आन्दोलन विथोलिएको मनस्थितीहरु थप असहजतामा फसेको छ  ।
 
चौतर्फी असहजताको मार 


एउटा समान्य रिक्सा चलाएर आफनो गुजारा चलाईरहेको जनकपुर मिल्स एरीयाका राजु मंडल जस्ता मधेशमा लाखौको संख्यामा मानिसहरु दिन भरुी आफनो शरीरको घाम वगाएर छाक टार्न गर्छन । राजको गुनासो थियो, एकैचाटीमा हामीले काहा वाट ५३ हजारको विद्युत महसुल, त्यो पनि सात दिनमै तिर्न सक्छू, तपाई नै भन्नुस त ? जारी मधेश आन्दोलन प्रति वडो साकाक्षंछ देखिने उनी मधेश आन्द्योलन विना कुनै ठोस उपल्ब्धी वेगर हाल स्थीगत हुन गएकोमा उनको गुनासो मोर्चाका शिर्ष नेताहरु संग व्यापक देखिन्छ । उनी भन्छन, होइन हाम्रा मोर्चाका नेताहरुले सरकारलाई कुनैकर, महसुल नतिरेर असहयोग आन्दोलन गर्नू पर्छ भनेर जनकपुरको वाहविद्यामै उफीउफ्री भाषण गरे अनि अहिले हामीलाई सरकारी कार्यलयले म्याद सहितको पुर्जी दिदा किन काठमाडौमा आवाज उठाउदैनन ।
 
स्थानिय मधेशी मोर्चाले विद्युतको महसुलको वारेमा कुराहरु उठाए पनि स्थानिय अगुवाहरु भन्छन, यो समस्या चौतर्फी भएकाले मोर्चाको केन्द्रिय तहवाट सरकार संग यसवारेमा कुरा गर्नु पर्ने हुन्छ । एक स्थानिय आन्दोलनकारी अगुवा भन्छन, आम मधेशीहरुको घर घरमा मोटरसाइकल छन, गएको ६ महिना देखि नत कसैले लाइसेन्स रिन्यु गराएका छन नत कुनै गडीहरुको कर नै तिरेका छन । अनि  अहिले सरकारी कार्यलयहरु सुचारु भए लगतै कर देखि विद्युत सम्मको कार्यलयको विलले सम्पुर्ण मधेशी समाजमा एउटा नयां तरंग पैदा गरि दिएको छ ।
 
१ हजारको पुर्जी आतंक 

 
गएको ६ महिना देखि आफनो मोटरसाइकल सहितका अन्य कुनै पनि सवारी साधनहरुको कर नतिर्न नपाएको मधेशीहरु अहिले ठाउ ठाउमा १ हजारको पुर्जी आतंकले हैरान मात्रै हौइन कि त्रासमा यात्रा गर्नु पर्नै अवस्था सिर्जना समेत भएको छ ।
 
मंगलवार दिउसो बारा सदरमुकाम कलैयावाट विरगंज तमलोपा महामन्त्री जितेन्द्र सोनलका साथ आउन लाग्दा यो संवाददाता त्याहा पनि त्यसतै असहज वातावरणको सामना गर्नु पर्यो । कलैयावाट निस्कने वितिकै टाफिक प्रहरीको एउटा समुहले सवारी साधनहरुको कडा जेकचाज गरीरहेका थिए । झण्डै दर्जनौ युवाहरु आफना मोटरसाईकल त्यही प्रहरीको जिम्म लगाउदै १ हजारको पुर्जी हाथमा लिइरहेका थिए । हामी त्याहा तमलोपा महामन्त्री सोनलका साथ आउने वितिकै प्रहरी भन्दा पनि ती मधेशी युवाहरुले हाम्रो सवारुी साधनलाई घेर्न पुगे र नेता सोनललाई नेताजी हेर्नुस् न हामीलाई याहा यसते पो गरुीरहेको गुनासो गरे । त्यहा डयुटीमा खटेका प्रहरी अधिकारीहरुले अधिकाशको लाइसेन्स रिन्यु नभएकालेले यस्तो पुर्जी काटीरहेकोबताए । त्यस लगतै सोनलले वाराका प्रहरुी प्रमुख संग फोन संवाद गर्दा, प्रहरी प्रमुख सम्भावित दुर्घटना नबढोस भन्ने उदेश्यका साथ यसरी चेक जाच बढाएको बताए । पछि सोनलले आन्दोलनको चपेटामा रहेको मधेशमा उत्पन्न भएको केहि केहि व्यहवारिक कुराहरु प्रहरी प्रमुखलाई बताए पश्चात त्याहा तत्काल त्यो चेकजाच हटाइयो ।
 
शनिवार  जनकपुर आन्दोलनको केन्द्र मानिने त्याहाको जनकचौकमा पनि प्रहरुीले मोटरसाइकल सहितको अन्य सवारी साधनहरुमा काटिरहेको पुर्जीले त्याहा आतंकको वातावरण सिर्जना गरिएको थियो ।
गएको ६ महिना देखि कुनै काम सरकारी स्तरवाट नभएको तराई मधेशमा यसरी पिडित हनेहरुले मध्ेशी मोर्चाका नेताहरु काहा छन भनेर प्रश्न तेर्साउन गर्छन ।
 
स्थानिय अभ्यास र आवश्यताको वेमेल 

सिरहाका मधेशी नेताहरुले प्रधानमन्त्रीलाई मंगलवार ज्ञापन पत्र पठाएका छन ।
जनकपुर क्षेत्रमा आन्दोलनको मोर्चामा अग्रपंक्ति रुपमा देखिने युवा अभियानी सरोज मिश्रा भन्छन, पछिल्लो समयमा कर, लाइसेन्सर रिन्यू, विजुली महसुल, विद्यालयको पि लगायतका समस्याले मधेशमा एउटा आतंकको वातावरण सिर्जना भएको छ । मिश्रा भन्छन, यसमा मोर्चाको शिर्ष तहवाट हुनु पर्नै पहलहरु अहिले सम्म देखिएका छैन, जसका कारण स्थानिय मधेशी आन्दोलनका अगुवाहरु समस्यामा परेका छन । जनकपुर सहित तराई मधेशका अन्य सवै जिल्लाहरुमा मोर्चाका स्थानिय नेताहरुले विद्युत महसुल, कर लगायतको समबन्धमा विभिन्न दबाब मुलुक कार्यक्रमहरु गर्दै आएका छन । पछिल्ले समयमा जनकपुरमा भएको केहि विरोध स्वरुप विद्यसत कार्यलय जनकपुरले एक विना फाइन महसुल तिर्ने एक हप्ता समयलाई तीन हप्तामा तन्काएको छ । तर अन्य सवै क्षेत्रमा जस्ताको त्यसतै छ । मंगलवार स्थानिय प्रशासन मार्फत प्रधानमन्त्री कार्यलय यस वारेमा सिरहावाट ज्ञापन पत्र पठाएका तमलोपाका केन्द्रिय सदस्य तथा युवा नेता सुरेश मंडल भन्छन, यसलाई चाडो सम्बोधन नगरिए यसकै लागी पनि एउटा आन्दोलन गर्नु पर्नै अवस्था सिर्जना हुन थालेको छ ।
 
मंगलवार विरगज स्थित नारायणी यातायात कार्यलयमा समेत स्थानिय मधेशी नेताहरुले कर मिनाहाको माग गर्दै धर्नामा बसेका थिए । विरगंज सहित तराई मधेशका जिल्लाहरुमा आम नागरिकको एउटा अर्को गम्भिर चासोको पनि विषय शिक्षण सस्थाको शुल्कहरु संग जोडिएको छ । निजी शिक्षण संस्थाहरुको मासिक शुल्कले समेत मधेशमा अहिले त्रासको वाताव।ण सिर्जना गरिएको स्थानियहरु बताउछन । विरगंजका एक शिक्षकले मंगलवार सुनाउदै थिए, हेर्नुस उच्च माध्यमिक तहको फर्म भर्ने अन्तिम दिन थियो, विद्यालयहरुले कर लगाएर विद्यार्थीहरु संग यही वाहानामा सबै पैसा असुल गरीरहेका छन । जनकपुरमा स्थानिय आन्दोलनहरुको दबाबमा गएको ६ महिना मध्ये आधाको मात्रै फिस तिर्ने वातावरण निर्माण भए पनि मधेशका अन्य ठाउहरुमा त्यसतो देखिएका छैन ।
 
यसरी आम मधेशीहरुलाई एकै साथ ढाड सेक्ने गरी उत्पन्न भएको आर्थिक असहजताले मधेशमा अहिले आन्द्योलनको मुद्धा र त्यसको उपलब्धी भन्दा पनि यसकै वारेमा वढी टिका टिप्पणीहरु सुन्नमा पाइन्छ । आम मधेशीहरु यस सन्दर्भमा आन्दोलनरत मोर्चाले केन्द्रिय तहमा ठोस कदम चाल्नु पर्ने बताउछन ।

No comments:

Post a Comment