Friday, February 12, 2016

मधेशी मोर्चामा तीन थप पार्टीहरु थपिए ।


आज बसेको मोर्चाको विस्तारित बैठक ।

गएको ६ महिना देखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा ३ ओटा थप मधेशी पार्टीहरु समाहित भएका छन । हिजो मात्रै दोस्रो तहको मोर्चाका नेताहरुको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गर्दौ पहिलो चरणमा संसदमा रहेका तीन ओटा मधेशी पार्टीहरु फोरम गणतान्त्रिक, राष्टिय मधेश समाजवादी पार्टी र नेपाल सदभावना पार्टीलाई भित्राउने सैद्धान्तिक निर्णय गरेका थिए । त्यही अनुरुप आज बसेको मोर्चाको शिर्ष नेताहरुको बैठकले मोर्चा विस्तारको निर्णयलाई औपचारिकता दिदै उक्त तीन मधेशी पार्टीहरुलाई मोर्चामा समाहित गरेका छन । मोर्चाको आजको बैठक पश्चात जारी गरिएको विज्ञिप्तिमा सात ओटै मधेशी पार्टीहरु मध्ये ६ ओटा अध्यक्षहरुको हस्ताक्षर गरिएको छ । तमसपाका अध्यक्ष महेन्द्र यादव उपचारको सिलसिलामा दिल्लीमा रहेकाले उक्त पार्टीको तर्फवाट वरिष्ठ नेता राम नरेश रायले हस्ताक्षर गरेका छन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा अब महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, उपेन्द्र यादव नेतृत्वको संघिय फोरम नेपाल, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेश सदभावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्टिय मधेश समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल कुमार झा नेतृत्वको नेपाल सदभावना रहने भएको छ । आज बसेको मोर्चाको विस्तारित सवै शिर्ष नेताहरुको सहभागीताको बैठकले जारी मधेश आन्दोलनलाई एकतावद्ध भई थप उचाइमा पुर्याउने निष्कर्ष निकालेको तमलोपाका महामन्त्री जितेन्द्र सोनलले बताए ।


०६४ सालमा गठन भएको संयुक्र लोकतान्त्रिक मधेशी मोर्चामा यस अघि अनिल झा वाहेक सवै सहभागी भइसकेकै अनुहार हरु हुन । पहिलो संविद्यानसभाको विघटन संगै छिन्न भिन्न हुन पुगेको मोर्चा दोस्रो संविद्यानसभाले संविद्यान निर्माणको प्रक्रिया अघि वढाउदा मात्रै पुन अस्तिवमा आएको थियो । तर प्रमुखदलहरु विच भएको १६ बुदे सहमती संगै मधेशमा पनि त्यसलाई लिएर विभिन्न गुटउपगुुटहरु देखिए पछि मोर्चामा रहेका पुराना सवै घटकहरु एकसाथ अघि वढन सकेका थिएन । विजय गच्छदारले प्रमुख दलहरु संग लागे पछि मोर्चा पनि दुई खेमामा विभाजित भएको थियो । तर गच्छदार सरकारमा सहभागी हुने निर्णय गरेसंगै उनी संग रहेका अन्य मधेशी पार्टीहरु पनि मोर्चाको आन्दोलनमा एक्यवद्धता जनाउदै आन्दोलनमै होमिएका थिए । उता पहिलो संविद्यानसभाको अन्तिम बर्षमा राजेन्द्र महता नेतृत्वको सदभावना पार्टीवाट छुटिएर छुटै पार्टी गठन गरेका अनिर झा भन्ने यी दुवै मोर्चाहरु मध्ये कहि थिएन । दोस्रो संविद्यानसभाको निर्वाचनमा एक मात्र सिट पाएको उनी पुर्ववर्ती काग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेका थिए ।

मधेशमा आन्दोलन चर्कदै जादा विजय गच्छदार वाट अलगीएका राजकिशोर यादव, शरदसिंह भण्डारी र छुटै रहेका अनिल झा जयप्रकाश गुप्ता संग मिलेर गएको ५ मंसीरमा संघिय समावेशी मधेशी गठवन्धन बनाएर छुटै आन्दोलनहरुका कार्यक्रमहरु गर्दा आएका थिए । यीनीहरु गठवन्धनको घोषणा गरेसंगै आन्दोलनरत मोर्चा संग एकताका लागी औपचारिक रुपमै प्रस्तावहरु गरेका थिए । यद्यपी आज भएको मोर्चाको विस्तारमा उक्त गठवन्धनका जय प्रकाश गुप्तालाई समाहित गराएका छैन ।
मधेशका सदरमुकामहरुमा मोर्चाले आज मसाल जुलुस निकालेका छन ।

यही हप्ताको सुरुमा मात्रै मोर्चाले गएको छ महिना देखिको आमहडताल र नाका केन्द्रित धर्नाहरुलाई फिर्ता लिदै आन्दोलनको स्वरुप परिर्तन गर्ने निर्णय गरेको थियो । आन्दोलनको स्वरुप परिर्तन गर्दै मोर्चाले मधेशका सदरमुकामहरुमा आज मसाल जुलुसहरु प्रर्दशन गरेका छन भने आउदो हप्ताहरुमा विरोधसभाहरु सहित मोर्चाले अघि सारेको ११ बुदे माग प्रति हस्ताक्षर अभियानहरु समेत मधेशमा थालिदै छन ।

1 comment:

  1. Great move. Madhesi unity has been elusive for too long.

    ReplyDelete