Wednesday, February 10, 2016

मधेशी मोर्चा भित्रको 'सकस'



गएको सोमवार मधेशी मोर्चाको बैठक पश्चात जारी गरिएको विज्ञप्तिमा आफनै एक घटक सदभावना अध्यक्ष राजेन्द्र महतो माथी गरिएको टिप्पणीले मधेशको वौद्धिक वृत देखि राजनिती वृत सम्म चर्चा पाएको छ । मोर्चा भित्र एक आपसमा प्रतिस्पर्धा रहे पनि मोर्चाको तीन ओटा अध्यक्षले हस्ताक्षर नै गरेर यस किसिमको विज्ञिप्त निकाल्नेमा मधेशको आम बुद्धजीवीवृतमा कुनै विश्वास थिएन । तर मोर्चाले गर्यो । उक्त प्रकरण पश्चात सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो स्वयंम र उक्त पार्टीले अहिले सम्म कुनै औपचारिक प्रतिक्रिया जनाएका छैन । तर मधेशको सवै वृतमा त्यसको व्यापक आलोचना चाही भइरहेको छ । स्वयंम हस्ताक्षर गर्ने दलहरुकै नेताहरु अनौपचारिक तहमा संवाद गर्दा मोर्चाले गलत गरेको टिप्पणी गर्ने गर्छन । यो प्रकरणले कुन मोड लिन्छ त्यो अहिले नै भन्न मिल्दैन । तर जानकारहरुका अनुसार मोर्चा भित्र रहेको दुई धारको संघर्षलाई यसले औपचारिक रुपमै लिपीवद्ध गरेका छन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो विच धेरै अघि देखि नै राजनिती प्रतिस्पर्धाका कारण मोर्चा भित्र पनि यी दुईको टिकाटिप्पणीहरु कहिले काही एक अर्का संग वाझिने गरेका थिए । सदभावना पार्टी सम्बद्ध स्रोत अनुसार यो प्रकरण ले महतो र सदभावना पार्टी मोर्चा परित्याग गर्ने मनस्थिती बनाएका छैन । यद्यपी उनी फेरी आफनै ढंग मधेशमा विभिन्न राजनिती कार्यक्रमहरु लिएर जादै छन । विहिवार सदभावनाले काठमाडौमा उपल्बध भएका नेताहरुको बैठक डाकेका छन । उक्त बैठकले सदभावना पार्टीले मोर्चाले हालै गरेको निर्णय प्रति सम्भतह आफनो औपचारिक निर्णय सार्वजनिक गर्न सक्छन, सदभावना स्रोत भन्छन, तर मोर्चा छो्डने कुनै योजनामा छैन । मोर्चाको यो  प्रकरण पश्चात महतो मोर्चाको विरोध नगरीकन मधेश झरेर आफनो गतिविधीहरु जारी राख्ने र मोर्चा प्रति साइलेन्ट रहन सक्छ । सदभावना पार्टी स्रोत भन्छन, मधेशमा हामी धुम्दा आम मधेशीले मधेशी एकतामा जोड दिएको हामीले पायौ, त्यही भएर हामी मोर्चा फुटाउने खेलमा लाग्दैनौ वरु वृहत मधेशी एकतामा सदभावनाले जोड दिदै आफनो कार्यक्रमहरु लिएर मधेशमा कामहरु गर्ने छन । मोर्चा सम्बद्ध स्रोतका अनुसार फोरम नेपालको अध्यक्ष उपेन्द्र यादवको सल्लाहमा मोर्चा पछिल्लो निर्णय गरेका थिए । मोर्चाको उक्त निर्णय पश्चात तमलोपा अध्यक्ष महन्थ ठाकुरको समेत मधेशको बौद्धिकवृतमा व्यापक आलोचना भइरहेको छ । मधेशको बैद्धिकवृतमा मोर्चाले उक्त निर्णय सच्चाउनु पर्ने आवाज वलियो रुपमा सुन्न पाइन्छ ।
 
मोर्चा भित्रको सकस

पहिलो मधेश विद्रोहले मधेश राजनिती वृत फेरिए पश्चात ०६४ मंसीरमा सदभावना अध्यक्ष राजेन्द्र महतोकै सक्रियतामा फोरम नेपाल संग मिलेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको गठन भएको थियो । त्यसको दुई महिना पश्चात माघ ०६४ मा भर्खरै गठन भएको महन्थ ठाकुर नेतृत्वको तमलोपा त्यसमा सामेर भए र दोस्रो मधेश आन्दोलनको घोषणा गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा ०६४ माघको दोस्रो हप्ता भर्खर काग्रेस राजनितीवाट मधेश केन्द्रित नयां पार्टी खालेको महन्थ ठाकुरलाई मोर्चा भित्रै उनी महतोकै सक्रियतामा सामेल गराइयो र त्यही दिन मोर्चाले त्तकालिन सरकारलाई अल्टीमेटन दिएका थिए । अन्तिम हप्ता देखि मधेशमा आन्दोलन सुरु भयो । फागुन १६ मा मोर्चाको शिर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोको हस्ताक्षरमा ८ वुदे सहमती सरकारी पक्ष संग भयो ।

८ बुदे सहमती हुदा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राती नेपाली सेनाको हेलिकप्टरवाट विरगंज ल्याइएको थियो । उनी काठमाडौ आउन मानिरहेका थिएन । तर भारतीय दबाबमा उनी अन्नतह सेनाको हेलिकप्टरवाट  काठमाडौ छिरे र ८ बुदे सहमती भयो । पहिलो संविद्यानसभाको निर्वाचन पश्चात खुल्नमा आयो कि उपेन्द्र यादव तत्कालिन दरबारको इसारामा दोस्रो मधेश आन्दोलन अझै लम्बियोस भन्ने चाहन्थे र जसले अनिश्चताको घेरामा रहेको संविद्यानसभाको निर्वाचन हुन नसकोस । यो कुरा पछिल्लो चरणमा प्रकाशित भएको कयौन पुस्तकहरुमा उल्लेख गरिएको छ । रोचक त के भन्ने हालै मोर्चामा फोरम नेपालले राजेन्द्र महतो माथी ठिक त्यसतै खालको आरोप लगाएका छन । महतो माथी फोरम नेपालका नेताहरुले प्रमुख दलहरु संग मिलोमतो गरेको र राजा व्युताउन दरवार संग साटघाट गरेको भन्दै उनी प्रति आक्रोश पोखेका छन ।
 
समयक्रमलाई नियाल्ने हो भन्ने त्यती वेलाको उपेन्द्र यादवको भुमिकामा अहिले राजेन्द्र महतो देखिएका छन भन्ने अहिलेको महतोको भुमिकामा त्यती वेला यादवको भुमिका धेरै हद सम्म मिल्ने गरेको पाइन्छ । त्यती वेला उपेन्द्र यादव काठमाडौ आउने पक्षमा देखिएका थिएनन भने पछिल्लो मधेश आन्दोलनको क्रममा महतो पनि त्यस्तै भुमिकामा देखिए । घटनाक्रममले पहिलो संविद्यानसभाको निर्वाचन पश्चात मधेशी मोर्चा प्राय निस्क्रिय देखिए ।  निर्वाचन लगतै तमलोपा वाहेक सवै मधेशी पार्टी पार्टीगत निर्णय गर्दा एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भए  । तमलोपाले वाहिर वाटै सरकारलाई समर्थन गरे पनि सहभागीता जनाएनन । केहि महिना पश्चात तमलोपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए ।
 
तत्कालिन प्रधानसेनापति हटाउने प्रकरणमा प्रचण्ड नेतृत्वको सरकार फसे पछि ढल्न पुगे । त्यस पछि सुरु भयो नया सरकारको खेल । ८ बुदे सहमती पश्चात प्राय निस्क्रिय देखिएको मधेशी मोर्चा पुन राजनिती रुपमा सक्रिय मात्रै भएन कि तत्कालिन राजननितीको साचो नै बोक्न पुगे । माधव नेपाल नेतृत्वको सरकारको क्रममा मधेशी मोर्चा निर्णयक रहे । मधेशी पार्टीहरु भित्र खैल्लावैल्ला मच्चियो । फोरम नेपाल पहिलो ठुलो धक्का खादै फुटको मार व्योहोरे । विजय गच्छारले फोरम नेपाल फुटाएर सरकारमा सहभागी हुने निर्णय गरे । मोर्चाले आफनो संस्थापक मध्येका एक उपेन्द्र यादवलाई चिढाउने गरी गच्छदारलाइ मोर्चामा सहभागी गराए । उक्त घटना पश्चात उपेन्द्र यादव मोर्चा वाट अल्गीएको घोषणा गरे । गच्छदार मोर्चा भित्र हावी मात्रै हो्ईन कि कुनै निर्णय नभए पनि उनी मोर्चाको संयोजक वा अध्यक्षको रुपमा आफुलाई स्थापीत गराए । फोरम फुटको श्रृख्ला  नै चल्यो । फोरम फोडदै सवै मोर्चा सहभागी हुदै गए । 
 
पहिलो संविद्यानसभाको विघटन सम्म मोर्चा त्यही स्वरुपमा रह्यो । उपेन्द्र यादव विनाको नै मोर्चा हरेक सरकारमा निर्णयक भुमिकामा रहे । उपेन्द्र यादवले झलनाथ खनाललाई समर्थन गरेर विचमा सरकारमा सहभागी भए पनि त्यो टिकन सकेनन । फेरी मोर्चाकै हालीमुहाली देखियो । पहिलो संविद्यानसभा विघटनको पुर्व संन्धयामा यादवले छुटै मधेशी मोर्चा गठन गरे पनि त्यो प्रभावकारी देखिएनन । उनले छुटै आन्दोलनको घोषणा समेत गरे तर त्यो पनि सफल भएन । अन्तहह पहिलो संविद्यानसभाकको विघटन पश्चात पुन निर्वाचनको महौल बन्यो । दोस्रो संविद्यानसभाको निर्वाचनमा जानु अघि तत्कालिन उपेन्द्र यादवक वाहेकका घटकहरु सहभागी रहेको यो मोर्चा भित्र आन्तरिक कलह सुरु भयो । तमलोपा अध्यक्ष ठाकुरले त्यही विचमा वृहत मधेशी एकताका  लागी आफनो अभियान थाले जसमा उनले यादव सहित अन्य सवै मधेशी घटकहरु संग छलफल र संवाद सुरु गर्न चाहे । त्यसको केहि श्रृख्ला चले पनि त्यो सफल हुन सकेन । मोर्चाको बैठकका विजय गच्छदार र राजेन्द्र महतोको अनिच्छाका कारण ठाकुरले पटक पटक वोलाए पनि सफल हुन सकेन । अन्तोगत्वा सवै पार्टीहरु आ आफनो तालले दोस्रो निर्वाचनमा सहभागी भए । परिणमतह सवै पराजय भोगेर काठमाडौ छिरे । निर्वाचनमा पराजय भोगे पश्चात मधेशको राजनितीक माहौल ७ बर्ष पश्चात वदलीयो । उपेन्द्र यादव सहित सवै मधेशी पार्टीहरु एक साथ बस्नका लागी मन्जुर भए । पुन चर्चा भयो एकिकरणको , पहिलो सिनमा उपेन्द्र यादव पुन मोर्चामा समाहित भए र एकताको लागी हुने विभिन्न बैठकहरुमा सहभागी भए । तर त्यसमा विजय गच्दार नत सहभागी भए नत त्यस प्रति साकारात्मक नै भए । मोर्चाको त्यो प्रयास पनि अन्तह असफल भयो एमाओवादी संग वृहत गठवन्धनका लागी उपेन्द यादव, विजय गच्छदार सहित मोर्चा राजी भए ।
 
संविद्यान निर्माणको प्रक्रिया गत वर्ष अघि वढदै गर्दा अघिल्लो चैतमा प्रचण्डले मधेशी नेतृत्वहरु संग सल्लाह नै नगरी घोषणा गरिएको बन्द फिर्ता लिए पछि त्याहा पनि मनमुटाव सुरु भयो । त्याहा वाट सुरु भएको मनमुटाव अन्तोगत्वा १६ बुदे सहमती सम्म आइ पुग्दा मधेशी मोर्चा लगभग आफनो पुरानै स्वरुपमा पुन सक्रिय हुन पुगे । जसले अन्तोग्तवा तेस्रो मधेश आन्दोलनको घोषणा गरे ।
 
तेस्रो मधेश आन्दोलनको सुरु संगै पुन मधेशी शिर्ष नेतृत्वहरु विचको टकराव सतहमा पोखिन थाले र अन्तोगत्वा आन्दोलनको बिसौनी संगै मोर्चाको पछिल्लो प्रकरण सतहमा आएको छ ।

No comments:

Post a Comment