Tuesday, February 9, 2016

अब के हुन्छ मधेशमा ।



गएको साउन अन्तिम हप्ता देखि जारी मधेश आन्दोलन एउटा पुर्णविराम लिएको छ । आन्दोलनरत मोर्चाले आन्दोलन जारी रहेको भन्दै नाका धर्ना, आम हडताल र सरकारी कार्यलय बन्दको कार्यक्रम मात्रै स्थगीत गरेको जनाएको छ । यद्यपी तेस्रो मधेश आन्दोलन अहिलेका लागी सकिएको भन्दा केहि फरक नपर्ला । मधेशी मोर्चा भन्ने विरोध मै रहने छन । तर महत्वपुर्ण पक्ष के छ भन्ने आन्दोलन जुन मुद्धाका लागी भएको थियो त्यसको सम्बोधन का लागी कुनै ठोस प्रयास भएको अनुभित आम मधेशीले गर्न पाएनन ।  त्यसैले चौतर्फी जिज्ञासा देखिन्छ, अब के हुन्छ त मधेशमा ? मोर्चाले भन्दै आए झै के केहि समय पछि पुन आन्दोलन उठने छन । यी र यस्ता सवालहरु गर्व वोकेर मधेशको भविष्य गुज्रीरहने छन । तर हाल सम्म आन्दोलनको क्रममा देखिएको तथ्यहरु र पछिल्लो विकसित घटनाक्रमले समान्य रुपमा अब मधेशमा के के हुने छन भन्ने आकंलन चाही गर्न सकिन्छ । विरगंज नाका सुचारु भए संगै मोर्चाको मागहरु काठमाडौको प्रमुख दलहरुले सम्बोधन गर्दैन भन्ने धारणा मधेशमा वलियो रुपमा देखिन्छ । यद्यपी मोर्चा स्रोतका अनुसार प्रधानमन्त्री आफनो दिल्लीको भ्रमणमा जानु अघि संघियताको सिमांकन परिमार्जनका लागी एउटा राजनिती सयन्त्र बनाउने गृहकार्यमा छन । तर मोर्चा त्यसमा सहभागी हुने छैन । मोर्चाले प्रमुख दलहरुले आफनै तालमा गरेको संशोध नझै त्यसलाई पनि अस्विकार गर्नै पक्का देखिन्छ । त्यसैले सरकारी पक्षको त्यो काम पनि भारतीय पक्षलाई देखाउनका लागी मात्रै सिमित हुन सक्छन । मोर्चा स्रोत भन्छन, हामी आफनो आन्द्योलनलाई आफनै ढंगले जारी राख्ने छौ । मोर्चाको जारी रहने आन्द्योलन अवको केहि महिना त विरोधका लागी विरोधको स्वरुपमै सिमित रहने पक्का छ । तर मधेशलाई त्यतीमै बुझेर अघि वढनु पनि ठुलो कमजोरी हुने कतिपय जानकारहरु बताउछन ।
 
मधेशमा अब के हुन्छ त ?

१, तत्काल अराजकता फैलिन्छ - 

 
गएको ६ महिनाको मधेश आन्दोलनमा प्रहरीले सुरु देखि गरेको अत्यद्यिक वल प्रयोगका कारण तराई मधेशका आम नागरिकको तहमा प्रहरी प्रशासन प्रति व्यापक घृणाहरु देखिन्छ । र त्यही कारण होला मधेशका कपिवलवस्तू देखि सप्तरी सम्मको जिल्लहरुको मधेशी भेगको ग्रामिण इलाकाको अत्यद्यिक प्रहरी चौकीहरु विस्थापित हुन पुगेका छन । तराई मधेशका ग्रामिण भेगमा घुम्दा आम नागरिकहरुको भनाइहरु ग्रामिण भेगहरु वाट सुरुमा प्रहरी धपाइकै कारण पछि तस्करी व्यापक रुपमा फैलिन गयो । ग्रामिण भेगहरु संग जोडिएको भारतीय सिमा नाकाहरु वाट अधिकाशं तस्करीहरु त्यही भएर सफल भएका छन ।  कतिपय जानकारहरु भन्छन, अव ढिलो चाडो मधेशका ग्रामिण भेगहरुमा उक्त प्रहरी चौकिहरु पुर्नस्थापना भए पनि त्यती वेला सम्ममा तस्करीहरुको नेटवर्क यती वलियो भइसकेको छ कि स्थिती नियन्त्रणमा आउन अत्यद्यिक समय लाग्न सक्छ । नाकाहरु सुचारु भए पश्चात तेल, ग्यास लगायतको सामानहरुको कारोवारी उनीहरुको ब्नद भए पश्चात उनीहरु पैसाको लागी अपराधिक कामहरुहरु संग्लन हुन सक्ने आकंलन वलियो देखिन्छ । र त्यसको छनकहरु तराई मधेशका जिल्लाहरुमा देखिन पनि थालिएकोृ छ । हालै महोतरीमा लागातार बच्चाहरुको अपहरण पश्चात हत्या र त्यसमा जोडिएकोपैसाको फिरौतीले त्यसको संकेत देखाइ सकेको छ । त्यसैगरी हालै धनुषा, सप्तरी लगायतको ठाउमा सशस्त्र समुहको नाउमा भएको हत्याले समेत अगामी जोखिमको आकंलन गर्न गाहे छैन ।
 
२, प्रमुख पार्टीहरु भर्सेज मधेशको द्धन्द्ध

जारी आन्दोलनको उठान संगै तराइ मधेशको व्यापक रुपमा प्रमुख पार्टीहरु भनाउदा प्रति घृणा मात्रै होईन उनीहरुको विरुद्धमा नागरिक तहमै विभिन्न घटनाहरु भए । मधेशका जिल्लाहरुमा एमाले, एमाओवादी र काग्रेस पार्टी परित्यागको लहर नै चलेको छ र मधेशी पाटीृहरुमा प्रवेश गर्नै होडवाजी । जसरी पहिलो मधेश आन्दोलन पश्चात तराई मधेशमा व्यापक रुपमा प्रमुख पार्टीहरु परित्याग गरेर स्थानिय तहमा स्थानिय नेताहरु मधेश केन्द्रित पार्टीहरु प्रवेश गरे । आन्दोलनका कारण विगत छ महिना देखि मधेश रामैरी छिनै नसकिरहेको प्रमुख पार्टीहरु आफनो साख जोगाउन मधेश सवै वल प्रयोग गरेर छिर्नै छन तर आन्दोलनले वदलीदिएको मधेशको राजनितीक ग्राउन्डले द्धन्दहरु सिर्जना गर्नै छन भने ठाउ ठाउमा झडप र अस्वथ्य राजनितीक प्रतिस्पर्धाहरु चर्काउने छन ।  मधेश केन्द्रित पार्टीहरु स्वयंममा एकता वद्ध नभएकाले उनीहरु भित्रको आन्तरिक प्रतिस्पर्धाले थप समस्याहरु पनि जन्माउन सक्ने सम्भावना देखिन सक्छ । पहिलो मधेश आन्दोलन पश्चात उदय भएको मधेशी जनअधिकार फोरम नेपाल र तत्कालिन माओवादी विचको राजनितीक प्रतिस्पर्धा कै कारण गैरघटना जस्तो हिसांत्मक चक्रव्युहहरुमा मधेश फसेको थियो । हालको मधेश आन्दोलन पहिलो र दोस्रो भन्दा व्यापक रुपमा मधेशी नागरिकहरुमा प्रमुख पार्टीहरु प्रति वितृष्णा र राज्यको निकाय प्रति घृणा फैलाएको छ । त्यसैले यसले जोखिम पुर्ण राजनितीक भविष्यहरु ननिम्तयाउलान भन्न सकिन्न ।

३, मधेश केन्द्रित राजनिती भित्र एकताको धुव्रकीकरण  - 

 विरगंज नाका सुचारु भए संगै मधेशी भित्र विवाद चुलिएको छ । आन्दोलन सुरु भन्दा अगावै मधेशको सवै पक्ष विचको एकताको कुरा जोडतोडका साथ उठे पनि केहि मोर्चाका नेतृत्वका कारण त्यो सम्भव हुन सकेन । आन्दोलन विना कुनै उपल्बभी सकिन गएकोमा स्वयम मधेशी पार्टीहरुका युवा पंक्तिहरु नेतृत्वहरु प्रति चरम निराश देखिन्छ । नेतृत्वहरु यो सुचनावाट वेखवर छैन । त्यही भएर सम्भतह देखाउन कै लागी भए पनि मधेशी पार्टी भित्र नया शिराको एकताको कुरा अवको केहि समय मै उठने छन । सवै मधेशी पाटीहरुको एउटा नत मोर्चा समभव छ नत पार्टी । त्यसैले मधेश केन्द्रित राजनितीक नयां शिराको ध्रवीकरण समेत हुनेछन । जसलाई मोर्चा भित्रको नयां विवादले थप आधार बनाइ दिएका छन । मधेश केन्द्रित राजनितीको नयां ध्रवीकरण कुन स्वरुप ग्रहण गर्छ त्यसले पनि मधेशमा हुने कतिपय अगामी गतिविधीहरुको सुनिश्चिता गर्ने जानकारह्रु बताउछन ।
 
४, पृथकतावादी पक्ष वलियो हुने सम्भावना

तराइ मधेशको राजनितीक मुद्धालाई सम्बोधन हुनु र मधेशी पार्टीहरु विचको अनावश्यक खिचातानीले तराई मधेशमा सवै भन्दा वढी फाइदा हार्डलाइनर समुहहरुलाइ हुने छन । मधेशको राजनितीक आयतन हिजो जस्तो आज संकुचित दायरामा छैन । पछिल्लो समयमा मधेशमा छुटै देशको वकालत गर्दै आएका सिके राउत देखि जय कृष्ण गोइत सम्मको धारहरु वलियो नहोला भन्न सकिन्न । तराइ मधेशमा सिके राउतको मुद्धा भन्दा पनि व्यक्तित्व प्रति तीव्र आर्कषर्ण देखिनमा आउछ । मधेशका आम नागरिकहरु उनको एजेन्डा त्रस्त देखिए पनि उनी प्रति ठुलो उत्सुकता देखाउने गरेको पाइन्छ । त्यसैले जारु िमधेश आन्दोलनको असफलताले सवै भन्दा वढी फाइृदा उनी र उनी जस्ता शक्तिहरुलाई हुनेमा कुनै शंका छैन ।
 
उता  पहिलो मधेश आन्दोलनकै सेरोफोरोमा भुमष्त भएका जय कृष्ण गोइत वरु प्रभावकारी नहोला तर त्यसलाई उपयोग गरेर धेरै कुरा गर्न सकिन्छ भन्नेमा मधेशकै राजनितीक वेतको ठुलो संख्याका युवाहरु गृहकार्यमा लागेको देखिन्छ । यसले भोलीको तराइ मधेशको सवै स्थानिय समिकरणहरु भत्काइ दिने छन ।
 
५, पुन आन्दोलन चर्कन सक्छन

खासगरी नयां संविद्यान प्रति असन्तुष्टि राख्दै सुरु भएको मधेश आन्दोलनलाई प्रमुख दलहरुले जसरी वेवास्ता गरे र मधेशका र आन्दोलनकारी नेतृत्वहरु संग जुन किसिमको व्यहवार अन्तोगत्वा गरिएको छ । यसले मधेशमा पुन आन्दोलन चर्कदै भन्न सकिन्न । पछिल्लो १० बर्ष यता तराई मधेशमा जुन किसिमले राजनितीक जागरण उत्पन्न भएको छ, त्यसलाई काठमाडौले आत्मसाथ गर्न नसकिरहेको मधेशको वुद्धजिवीहरुको भनाई छ । काठमाडौ अहिले पनि भारत वा अन्य पक्षहरुकै आडमा तराई मधेशको मद्धाहरुलाई छिन्न भिन्न वा पछि घकेल्न सकिन्छ भन्ने दाउमा छन । तर मधेशको पछिल्लो पुुस्तामा देखिएको राजनितीक जागरणले त्यसलाई थप रेडिकलाइज्ड मात्र गर्ने देखिन्छ । त्यसैले काठमाडौले हालकै नियती जारी राखी रहयो भने मधेशमा पुर्न आन्दोलन चर्कनेमा कुनै दुई मत हुदैन ।

No comments:

Post a Comment