Sunday, February 7, 2016

अन्योलमा मधेशी मोर्चा ।



शुक्रवार विरगंज रक्सौल नाका सुचारु भए पश्चात अव आन्दोलनरत मधेशी मोर्चा के गर्लान भन्ने जिज्ञासा चौतर्फी देखिए पनि मोर्चा स्वयंम भन्ने अलमलमा देखिन्छ । मोर्चाले सरकारी वा प्रमुख दलहरुले कुनै प्रकार सम्झौता गरेर वा अन्तयमा त्यो सम्भव नभए मोर्चाको बैठकवाट अल्टीमेटन दिदै तत्कालका लागी विरगंज रक्सौल नाका खाल्ने आन्तरिक तयारीमा थिए । तर मोर्चाको रणनिती असफल हुदै शुक्रवार एक्कासी विरगंज रक्सौल नाका सुचारु भयो । भन्नका लागी विरगंज र रक्सौलको नागरिकको पहलमा उक्त नाका सुचारु गराएको भनिए पनि वास्तवीकमा शुक्रवार भारतीय पक्षको पहलमा नाका सुचारु भएको थियो । मोर्चाको शिर्ष नेताहरु काहा शुक्रवार भन्दा केहि दिन पुर्व नै सरकारी पक्ष सुरक्षा वल प्रयोग रक्सौल नाकामा पर्ने मितेर पुल खाली गराउने योजना बनाएको सुचना आएको थियो । यो सुचना भारतीय पक्ष सामु पनि पुगेको थियो । स्रोतका अनुसार धर्ना स्थलमा धेरै सख्यामा मधेशी आन्दोलनकारीहरु नभए पनि नेपाली सुरक्षा वलले त्याहाको टेण्ट हटाउदा विरगंजमा पुन तनावको वातावरण सिर्जना हुन सक्थ्यो र सुरक्षकर्मीहरुको रवैयाको आधारमा त्याहा पुन मानिस मर्न सम्भावना हुन सक्थयो । त्यही भएर भारतीय पक्षले मोर्चाको निर्णयलाई समेत नकुर्दै पुल सफा गराए जसले उनीहरुको बुझाईमा पुन मानविय क्षती भएन । भारतीय पक्ष समेत मोर्चाको निर्णय कुरेर नै बसेका थिए, विरगंज स्थ्ति उच्च स्रोत भन्छ, तर नेपाली प्रहरी प्रशासन वल प्रयोग गर्ने अन्तिम तयारी गरीरहेको सुचना पाए पश्चात स्थानिय भारतीय अधिकारीहरुले विरगंज रक्सौल नाकामा पर्ने पुललाई खाली गराए । यसरी मोर्चाले गरीरहेको आन्तरिक तयारीलाई पुर्णतह असफल पार्दै सुचारु हुन पुग्यो विरगंज रक्सौल नाका । तर आफनो योजना असफ भए पछि अव मोर्चा कसरी अघि वढछ भन्ने वारेमा व्यापक अन्योल्ता देखिन्छ । मोर्चाका नेताहरु भन्छन, यो वा त्यो के हुन्छ अहिले नै भन्न गाहे छ ।


विरगंज रक्सौल नाका अवरुद्ध भएकै वेला गएको विहिवार मोर्चाको एउटा तप्का आउदो मंगलवार मोर्चाको बैठक गरेर नाका केन्द्रित कार्यक्रमहरु फिर्ता लिदै अन्य स्वरुपको कार्यक्रमहरु घोषणा गर्ने योजना बुनिदै थियो तर त्यो सफल हुन सकेन । मोर्चा त्यस वेला प्रमुख दलहरुले कुनै सम्झौता नगरे पनि एउटा अल्टीमेटन सहितको कार्यक्रम सार्वजनिक गर्दै नाका अवरुद्ध फिर्ता लिने तयारीमा थिए ।
 
तमलोपा सहअध्यक्ष हृदेश त्रिपाठी भन्छन, शुक्रवार नाका सुचारु हुनु भन्दा अघि मोर्चाको एउटा योजना थियो तर त्यस पछि अव कसरी अघि वढने वारेमा कुनै निश्चितता देखिएको छैन । त्रिपाठी भन्छन, सम्भवतह तह भोली वेलुकि सम्म कुनै एउटा वाटो निकाल्ने सम्भावना हुन्छ । त्रिपाठीका अनुसार विरगजं नाका सुचारु भए पछिको अवस्थामा तमलोपा अध्यक्ष महन्थ ठाकुर मोर्चा आवद्ध सवै अध्यक्षहरु संग लागातार सम्पर्कमा रहेको र बैठक गर्ने योजना बन्दै छ ।
 
पछिल्लो अवस्थामा कतिपय भित्रियाहरुका अनुसार मोर्चाका शिर्ष नेताहरु आइतवार देखि दुई दिने दिल्ली भ्रमणमा गएका प्रधानमन्त्रीका दुत मन्त्री विष्णू पौडलको भ्रमणलाई समेत कुरेर बसेका छन । मधेशमा सुरु भएको आन्दोलन र पछिल्लो राजनितीक घटनाक्रममा भारतीय पक्ष समेत मुछिएकाले भित्रियाहरु भन्छन, मोर्चा अर्थमन्त्री पौडलको दिल्ली भ्रमण पश्चातको संकेतको समेत पर्खाइमा छन ।
 
प्रमुख दलहरुले मोर्चाको सहमती विनै संविद्यानमा दुई ओटा संशोधन गर्दा भारतीइ पक्षले त्यसलाई साकारात्मक भने पनि स्वागत चाही गरेका थिएन । भारतले मोर्चाको थप मागहरुलाई सम्बोधन चाडै हुने विश्वास व्यक्त गरेका थिए ।
 

सदभावना सहअध्यक्ष लक्ष्मण लाल कर्णका अनुसार मोर्चाको बैठक नबसे सम्म मा्र्चा अगामी रणनिती वारेमा केहि भन्न नसकिने बताउछन । कर्ण भन्छन, जव सम्म अव मोर्चाको बैठक हुदैन तव सम्म केहि भन्न सकिने आधार छैन । यद्यपी कर्णले अव बस्ने मोर्चाको बैठकले झण्डै ६ महिना देखि चलेको आन्द्योलनको गम्भिर समिकक्ष हुने र त्यसकै आधारमा अगामी रणनिती बन्ने दावी गर्छन ।
 
तमलोपा नेता त्रिपाठी पनि मोर्चाको ११ बुदे मागको कुनै सम्बोधन नभएकाले मोर्चाको संघर्षको वटमलाईन यो नै कायम रहने बताउछन । आन्दोलन अव कसरी अगाडी वढाउने वारेमा रणनिती बन्न नै छन, मोर्चाका नेताहरु भन्छन, आन्दोलन जारी रहन्छ ।
 
कतिपय भित्रियाहरुका अनुसार दिल्ली र काठमाडौको वढदो संवादले कुन स्वरुप केहि दिन भित्र ग्रहण गर्दै छन, त्यो पनि महत्वपुर्ण छ । मधेश आन्दोलनमा समेत भारतीय पक्ष मुछिएकाले अव हुने दिल्ली र काठमाडौको सम्बन्ध पुर्नागमनमा मधेशको व्यवस्थापन पनि कतै  न कतै महत्वपुर्ण मुद्धा छ, त्यसैले मोर्चा भित्र शुक्रवार पश्चात देखिएको अन्योलताको एउटा प्रमुख कारण पनि त्यो छ । स्रोत भन्छन, सोमवार अर्थमन्त्रीको दुई दिने भ्रमण पश्चात अली कती भए पनि प्रष्टता आउन सक्छ । त्यसकै आधारमा मोर्चाले आफनो रणनती समेत बुन्ने सम्भावना हुन्छ ।

No comments:

Post a Comment