Friday, February 5, 2016

तराइ मधेशमा तनाव झेल्दै नेपाली काग्रेस

जारी मधेश आन्दोलनको क्रममा काग्रेस सहित प्रमुख पार्टीहरुको कार्यलयमा व्यापक तोडफोड भएको थियो ।


पार्टीको स्थानिय तहको अधिवेशनका लागी संसदको सवै भन्दा ठुलो पार्टी नेपाली काग्रेसले तराई मधेशको जिल्लाहरुमा तानव झेल्दै कागजी मै सिमित हुने गरी आफनो अधिवेशनहरु समपन्न गरीरहेको छ । झण्डै ६ महिना देखि आन्दोलनमा रहेको मधेशी मोर्चाको स्थानिय तहमा भईरहेको अवरोध र आन्द्योलनले उत्पन्न भएको असहज परिस्थितीका कारण तराई मधेशको जिल्लाहरुमा नेपाली काग्रेसको महाधिवेशन पुर्ण प्रभावित भएको स्थानिय अगुवाहरु बताउछन । यद्यपी काग्रेसका स्थानिय नेताहरुले अधिवेशन विधिवत रुपमा सम्पन्न भईरहेको दाबी गरेका छन । तराई मधेहशको जिल्लाहरुमा नेपाली काग्रेसको गाउ तह देखि नै अधिवेशन हुदा स्थानिय स्तरमा हुने ठुलो उत्सव जस्तो मेलाहरुको वातावरण बन्ने गथ्र्यो । तर यस पाली स्थानियहरुले चाल समेत पाईरहेको देखिदैनन । स्थानिय अगुवाहरुका अनुसार काग्रेसका नेताहरु यस पाली बन्द कोठामा सिमित आफनो मानिसहरुलाई राखेर जेनतेन अधिवेशन सम्पन्न गराईरहेका छन । महोतरी उद्योक्ष् वाणिज्य संघका पुर्व सभापति समेत रहेका जलेश्वरका स्थानिय व्यापारी दिपु साह भन्छन, हाल जारी काग्रेसको अधिवेशन कागजमा मात्रै भईरहेको छ । बजार, गाउघर देखि सहर वजार सम्म कसैले चाल समेत पाएको छैन, साह भन्छन, काग्रेसी नेताहरु घरघरमा गएर कतिपय ठाउमा हस्ताक्षर गराएर समेत अधिवेशनको कागजी प्रक्रिया पुरा गरेको देखियो ।


मधेशी मोर्चाले गएको साउनको अन्त्मि हप्ता देखि नै आन्दोलनको उदघोष गर्दा संविद्यानमा हस्ताक्षर गर्ने सभासदहरुलाई मधेशका जिल्लाहरुमा प्रवेश निषेध गर्ने निर्णय गर्दै प्रमुख दलहरुको कार्यक्रम वहिष्कार गर्ने निर्णय गरेका थिए । त्यही भएर होला अधिवेशनका लागी जिल्ला झनु पुर्व काग्रेसका केन्द्रित नेताहरुले औपचारिक रुपमै निर्णय गर्दा मोर्चालाई अधिवेशनमा अवरुद्ध नपार्न आग्रह गरेका थिए । त्यस पश्चात काग्रेसका केहि वरिष्ट केन्द्रिय नेताहरुले मोर्चाका प्रभावशाली नेताहरु संग भेटेर नै यसवारेमा छलफल गरेका थिए । मोर्चाका नेताहरुले वार्ता प्रक्रिया अघि नबढेकाले आफुहरु औपचारिक रुपमा त्यस्तो आग्रह गर्न नसकिने बताउदै स्थानिय तहमा अनौपचारिक रुपमा काग्रेसको अधिवेशन नविथोल्न निर्दैशन दिने आश्वासन दिएका थिए ।
 
तर मोर्चाका नेताहरुको उक्त आश्वासनले काग्रेसको स्थानिय तहको अधिवेशनलाई प्रभाव पारेनन । आन्द्योलनको मुख्य थलोको रप्मा देखिएको पर्सा देखि सप्तरी सम्मको काग्रेसको स्थानिय अधिवेशन पुर्ण रुपमा प्रभावित भएको देखिन्छ । जनकपुरमा त्यसकै कारण दोहारो तनावको वातावरण समेत सिर्जना भयो र काग्रेसका एक जना वरिष्ठ नेता विमलेन्दै निधिको घरमा तोडफोड समेत भयो ।
 
दुई दिन अगाडी स्थानिय अधिवेशनका लागी जोडतोडका साथ जनकपुर पुगेका काग्रेस नेता बिमलेन्द्र निधि र्साजनिक रुपमा देखा पर्न सकिरहेका छैन ।


धनुषा काग्रेसका सभापति राम सरोज यादवले आफुहरुले मुठभेड निमत्याने नखाजेको र आफनो ढंगवाट उत्साह जनक तरिकाले अधिवेशनहरु सम्पन्न भइरहेको दावी गरे । जनकपुर स्थित आफनो घरमा तोडफोड भए पश्चात काग्रेस नेता निधि जनकपुर आफै पुगेर स्थानिय अधिवेशनमा सक्रिय हुन खाजे पनि प्रभावकारी हुन सकेका छैन । धनुषा काग्रेसका सभापति राम सरोज यादवले दावी गरे पनि धनुषामा समेत सवै तहमा अधिवेशनहरु प्रभावित भएका छन । यादव भन्छन, हामीलाई आफनै तयारुी नपुगेका एक दुई दिनमै सवै वाकी अधिवेशनहरु सम्पन्न गर्न गइरह्ेका छौ । काग्रस वरिष्ठ नेता निधि उच्च सुरक्षा निगरानीमा जनकपुर पुगे पनि उनी कुनै सार्वजनिक कार्यक्रममा देखा पर्न सकेका छैन । मोर्चाले उनी जनकपुर पुगेको दिन त्यसको विरुद्धमा प्रर्दशन र नगर प्रवेश गर्नै कार्यक्रम राखे पछि उनी विमान स्थलवाटै सुरक्षा निगरानीमा आफनो गाउ नगराई पुगेका थिए । त्याहा पनि उनले गाउ तहको अधिवेशन बन्द कोठा भित्रै गर्नु पर्यो ।
 
तराई मधेशका जिल्लाहरुमा गाउ अधिवेशनको दिनमा गाउमा मेला नै लाग्ने गरेको थियो भने, क्षेत्रिय अधिवेशन सम्बन्धीत क्षेत्रको सवै भन्दा महत्वपुर्ण बजारहरु मा गर्ने चलन थियो, त्याहा पनि ठुलो मेला लाग्ने गरेका थिए । जिल्ला अधिवेशनको दिनमा सदरमुकामहरु काग्रेसमय हुने गथ्र्यो । तर हाल अधिकायंश ठाउमा अवरोध र तानव झेलीरहेको तराई मधेशका जिल्लहरुमा काग्रेस नेताहरु बन्द कोठामा सिमित भएर काजगी प्रक्रिया मात्रै पुरा गराइरहेको देखिन्छ ।
 
धनुषा काग्रेसका सभापति यादवले आफुहरु एक दुई मै गराउन गइरहेको क्षेत्रिय अधिवेशन पुर्ववत रुपमा उत्सवकै माहौलमा गर्न गइरहेको दावी गरेका छन । यद्यपी काग्रेस नेता निधि अधिवेशनका लागी जनकपुर पुगे पनि अहिले सम्म बजारमा उनले कुनै सार्वजनिक कार्यक्रम समेत गर्न सकेका छैनन । नत अधिवेशनहरु नै पुर्ववत घोषीत कार्यक्रमहरु अनुसार गर्न सकेका छैन ।
 
काग्रेसको अधिवेशन सप्तरी देखि पर्सा सम्म पुर्ण रपम प्रभावित भएको देखिन्छ । सप्तरीका एकजना वुद्धजिवी वलराम यादव भन्छन, काग्रेस स्थानिय अधिवेशन नेताहरुको मोटरसाईकल र बन्द कोठामा हस्क्षतर गराएर सम्पन्न भइरहेको छ ।
 
काग्रेसको महाधिवेशनलाई लक्षित गरेर सुरुमा आन्दोलन पक्षहरुको स्तानिय तहमै लिखित रुपमै गर्न नदिने निर्णयहरु सार्वजनिक गरेका थिए । पछि केन्द्रियवाट अनौपचारिक रुपमा भनिए पनि स्थानिय नेताहरुले प्रर्दशन र आन्दोलनले उत्पन्न भएको असहज परिस्थितीका कारण प्रभावित भएको देखिन्छ । वारा, रौतहट, सिरहा, सप्तरीमा त पुर्ण रुपमा प्रभावित भएका छन भने धनुषा, महोतरी, सर्लाही र पर्सामा आशिंक रुपमा प्रभाति भएको छ । आशिंक रुपमा सम्पन्न भएको अधिवेशनहरु पनि बन्द कोठा भित्र कागजमा हस्ताक्षर गराएर मात्रै भइरहेको स्थानिय अगुवाहरु बताउछन ।

No comments:

Post a Comment