Thursday, February 4, 2016

मोर्चाको बैठक आउदो मंगलवार बस्दै ।



पछिल्लो समयमा अत्यद्यिक चर्चामा रहेको आन्दोलनरत मधेशी मोर्चाको बैठक आउदो मंगलवार बस्ने मोर्चा स्रोतले जनाएको छ । यस पटकको मोर्चा बैठक सवै शिर्ष नेताहरुको उपस्थितीमा हुन लागेको छ । पछिल्लो समयमा आन्द्योलन स्वरुप परिर्तनको चर्चा, नाका केन्द्रित धर्ना वारेमा आइरहेको विभिन्न विचारहरुका कारण मोर्चाको आउदो बैठक प्रति सवैको चासो वढेको पाइन्छ । मोर्चा सम्बद्ध विभिन्न घटकका शिर्ष नेताहरुको पछिल्लो समयमा आइरहेको विरोधाभाष किसिमको वक्तव्यका कारण मोर्चाको अगामी बैठक थप चासोपुर्ण रुपमा देखिन थालिएको छ । गत सोमवार मात्रै मोर्चा र प्रमुख दलहरुको शिर्ष नेताहरुको बैठकले दुवै पक्षको कार्यदल व्युताउदै संवाद सुचारु गर्ने निर्णय गरेका थिए । तर कार्यदलका सदस्यहरु यो विचमा बाहिर रहेकाले कुराकानस् अगाडी वढन सकेका थिएन । मोर्चा स्रोतका अनुसार भोली शुक्रवार देखि दुवै पक्षको कार्यदल स्तरमा पुन संवाद थालिने प्रयासहरु भईरहेको छ ।


मोर्चा स्रोतका अनुसार कार्यदलमा यस अघि वढेको सहमतीय खाकामा प्रमुख दलहरु सहमती गर्न तयार भए मोर्चाको आृउदो मंगलवारको बैठकले नाका सहितको आन्दोलनको वारेमा पुर्नविचार गर्दै फिर्ता लिने सम्भावना बन्छन । यदी प्रमुख दलहरुले स्विकार नगरेको खण्डमा मोर्चाले के गर्ने वारेमा अहिले नै प्रष्ट भईसकेको छैन ।
मोर्चा सम्बद्ध स्रोतका अनुसार शुक्रवार देखि कार्यदल स्तरमा पुर्न हुन गइरहेको संवादले कस्तो मोड लिन्छ, त्यसको आधारमा मोर्चाको अगामी रणनिती तयार हुने छ ।
 
सोमवार दुवै तिरका शिर्ष नेताहरुले कार्यदल व्युताए पनि विहिवार सम्म कुनै संवाद चाही नहुनुमा दुवै पक्षको कार्यदल सदस्यहरुको व्यवस्ता भनिएको छ । मोर्चाको कार्यदलका एक जना प्रमुख नेता तमलोपा सहअध्यक्ष दिल्ली गएका थिए भने काग्रेसका कार्यदल सदस्य महेश आचार्य पार्टीको महाधिवेशनमा व्यवस्त छन । त्रिपाठी विहिवार काठमाडौ फर्केका छन । मोर्चा सम्बद्ध स्रोतका अनुसार सोमवारको शिर्ष बैठकमै शुक्रवार देखि कार्यदल स्तरमा संवाद गर्ने भनेर कुरा भएको थियो ।
 
भोली देखि कार्यदल स्तरमा संवाद सुरु भए पश्चात मात्रै आउदो हप्ताको मंगलवार मोर्चाले आफनो बैठक डाकेका छन ।

No comments:

Post a Comment