Wednesday, February 3, 2016

कार्यदल स्तरको सहमती मान्न तयार भए मात्रै मोर्चाले नाका केन्द्रित धर्ना फिर्ता लिने ।

विरगंजमा आज पत्रकाहरुलाई सम्बोधन गर्दै मोर्चाका एक घटक तमलोपा अध्यक्ष महन्थ ठाकुर सहितका नेताहरु


४ माघमा प्रमुख दलहरु र आन्दोलनरत मोर्चाको कार्यदलले बनाएको सहमती खाका मान्न प्रमुख दलहरु तयार भए संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आउदो बैठकवाट नाका केन्द्रित धर्ना फिर्ता लिन सक्ने सम्भावना रहेको नेताहरुले बताएका छन । मोर्चाका नेताहरुका अनुसार आउदो शुक्रवार वा शनिवार देखि बस्ने मोर्चाको बैठक अगाडी प्रधानमन्त्री देखि प्रमुख दलका अन्य शिर्ष नेताहरुले त्यो मान्न तयार भए उक्त बैठकले नाका केन्द्रित विरोध कार्यक्रमहरु फिर्ता लिने छन । यस लागी अनौपचारिक तहमा छलफलहरु उच्च तहमा धनिभुत रुपमा चलीरहेको भए पनि अहिले सम्म कुनै ठोस निष्कर्षमा पुगि सकेको छैन । प्रमुख दलहरु र मोर्चाको शिर्ष नेताहरुको गएको सोमवार बसेको बैठकले कार्यदललाई पुन व्युताउदै जाहा वाट वार्ता अवरुद्ध भएको थियो, त्यही वाट पुन संवाद थाल्ने निष्कर्ष निकालेका थिए । मोर्चा उच्च स्रोतका अनुसार कार्यदल स्तरमा भएको सहमतीमा हस्ताक्षर गर्नु पुर्व सरकारी पक्षले नाका सुचारु हुनु पर्ने अडान समेत मोर्चा सामु राखेका छन । मोर्चाले त्यसका लागी हस्ताक्षर हुने ठोस ग्यारेन्टी प्रमुख दलहरुले गरे मोर्चा त्यो गर्न तयार रहेको जनाएका छन ।  


मोर्चा स्रोत भन्छन, त्यसका लागी प्रमुख दलहरु सरकारी पक्षले ठोस वातावरण बनाए आफुहरुले उक्त कदम चाल्न तयार रहेको र त्यस पश्चात नाका सुचारु भए लगतै प्रमुख दलहरु र मोर्चाको कार्यदल स्तरले वनाएको सहमतीय खाकामा दुवै पक्षले हस्ताक्षर भएर संविद्यान संशोधनको प्रक्रिया अघि वढनु पर्छ ।
 
मोर्चाको बैठक शुक्रवार वा शनिवार देखि मात्रै काठमाडौमा बस्दै छ । विहार भ्रमणमा गएका मोर्चाका शिर्ष नेताहरु आज मधेश आइपुगे पनि काठमाडौ भोली साझ देखि पर्सी विहान सम्म मात्रै आइपुग्छन । सदभावना अधयक्ष राजेन्द्र महतोको आखा उपचारको फलोअप भएकाले उनी विराटनगर पुगेका छन । महतो भोली आखाको फलोअप  उपचार गराएर काठमाडौ फर्किने छन । विरगंज आइपुगेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमसपाका अध्यक्ष महेन्द्र यादव पनि भोली वेलुकी वा पर्सी सम्म मात्रै काठमाडौ आइपुग्ने छन ।
 
वुधवार साझ विरगंज गएका तमलोपा अध्यक्ष महन्थ ठाकुर विहिवार दिउसो काठमाडौ फर्की सकेका छन  । मोर्चाको आउदो बैठक सवै घटकका अध्यक्षहरु आए पछि मात्रै बस्ने छन ।
 
मोर्चा स्रोतका अनुसार केहि दिन अघि मात्रै प्रमुख दलहरुले गरेको संविद्यान संशोधनमा समेत केहि भाषीक परिमार्जन गर्ने सहित सिमाकंनका लागी वनाउने भनिएको समितीको टिओआरमा समेत दुवै पक्ष विच आन्तरिक रुपमा संवादलाई अघि वढाएका छन । ४ माघमा प्रमुख दलहरु र मोर्चाको कार्यदल स्तरको वार्ता अवरुद्ध हुदा दुवै पक्षले टिओआर सहित सिमाकंन परिमार्जनका लागी बनाइने समितीको वैद्यानिकताको सवादमा समेत एउटा ननपेपर खाका कोरिसकेका थिए । तर प्रमुख दलहरुको शिर्ष तहको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नमान्ने बताए पछि उक्त प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । मोर्चा उच्च स्रोतका अनुसार पछिल्लो समयमा अघिल्लो विहिवार तमलोपा अध्यक्ष महन्थ ठाकुर दिल्लीवाट काठमाडौ फर्किए पश्चात सुरु भएको अनौपचारिक संवादले उक्त अवरुद्ध भएको प्रक्रियालाई तोडदै पुन कार्यदलले वनाएको खाकामा संवाद अघि वढाउन दुवै पक्ष सहमत भएका थिए ।
 
मोर्चाका शिर्ष नेताहरु भन्छन, आन्दोलन सिमाकंनको टुगो समितीले नलगाए सम्म जारी नै राख्नु पर्ने भएकाले मोर्चा अन्तह सहमत हुन पुगेको भए पनि कार्यदलले वनाएको खाका अनुरुप पुन संशोधनको प्रक्रिया अहिले नै वढाउनुपर्ने हुन्छ । मोर्चाले आन्दोलनको सम्पुर्ण कार्यक्रमहरु भने फिर्ता लिने छैन, स्रोत भन्छन, अहिले आन्दोलनको स्वरुप परिवर्तन गरी आमसभा लगायतका अन्य विरोध कार्यक्रमहरु भने जारी नै रहने छन ।
 
वार्ता प्रक्रियामा सामेल स्रोतका अनुसार संविद्यान संशोधन भएको दुई ओटा विद्येयकलाई भाषीक परिमार्जन गर्दै, माथील्लो सभामा सिटमा मधेशीहरुको सुनिश्चिता, सामेवेशी न्यायीक क्षेत्र लगायतका विषयमा पुन संविद्यान संशोधन हुने छ भने सिमाकंनका लागी समिती बनाएर त्यसले गर्ने निर्णय अनुसार पछि पुर्न सिमाकंन हेरफेर हुनेछ । स्रोतका अनुसार काग्रेस महाधिवेशन लगतै काग्रेसले सिमाकंन हेरफेर गर्न आफुहरुले निर्णयक पहलकदमी लिने आश्वान मोर्चालाई दिएका छन । पश्चिमी मधेशको नवलपरासी देखि वर्दीया सम्मको भागलाई पहाडवाट छुटाएर तलको लाई मात्रै प्रदेश बनाउने मोटामोटी सहमती भईसकेको नेताहरु बताउछन । मोर्चाका नेताहरु भन्छन, पुर्वको झापा, मोरड र सुनसरीको विवाद भन्ने यथावत नै छ । मोर्चाले त्यही भएर अगामी रणनती सम्पुर्ण रुपमा पुर्वमा केन्द्रित गर्ने कतिपय मोर्चाका भित्रियाहरु बताउछन ।
 
सिमाकंन समितीले काग्रेस महाद्यिवेशन पश्चात काम गर्न थाले पछि झापा, मोरड र सुनसरीकै मधेशीहरु आन्दोलनमा उत्रिए त्यसले अन्तरराष्टिय स्तरको दवाव प्रमुख दलहरु माथी सिर्जना हुन सक्ने भएकाले मोर्चाले आफनो अगामी सम्पुर्ण रणनितीको प्रमुख हिस्सा त्यसमा खर्चिने छन ।

No comments:

Post a Comment