Tuesday, February 2, 2016

कार्यदल व्युताइएको प्रति प्रधानमन्त्री सशंकित । मोर्चा सचिवालयको निष्कर्ष- पुर्व पनि आन्दोलित भयो, थरुहटको नेतृत्व पनि मोर्चाले नै गर्नु पर्ने ।



हिजो सोमवार प्रमुख दलहरु र आन्दोलनरत मधेशी मोर्चाको शिर्ष तहको बैठकवाट संवादका लागी पुन व्युताइएको कार्यदल प्रति प्रधानमन्त्री केपी शर्मा ओली संशंकित देखिएका छन । सोमवारको शिर्ष बैठकमा प्रधानमन्त्री सहभागी थिएन । एमालेको तर्फवाट नेता झलनाथ खनाल सहभागी थिए । मोर्चा उच्च स्रोतका अनुसार सोमवार दिउसो प्रमुख दलहरुको बैठक पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र महन्थ ठाकुर विच टेलिफोन संवाद भएको थियो । ओलीले ठाकुरलाई वेलुकि ५ वजे भेटनका लागी समय मागेका थिए । ठाकुरले दिउसो ३ वजे पछि फोन गर्न भनेर ओलीलाई भनेका थिए । तर त्यही विचमा प्रमुख दलहरुको शिर्ष तहको बैठक ३ वजे पुुर्व कुनै तयारी डाकियो । अचानक दुर्व तर्फको कार्यदल पुन संवाद सुरु गर्ने भनेर व्युताइयो । दिउसो ४ वजे सम्ममा प्रमुख दलहरु र मोर्चाले यो कदम चाली सकेको थियो । तर प्रधानमन्त्री ओलीले ठाकुरलाई भेटनका लागी पुन फोन गर्ने भनेर दिएको वचन त्यस पश्चात शंकामा परिणत भएको मोर्चा स्रोतको बुझाई छ । ओलीले ठाकुरलाई त्यस पछि न फोन गरे नत भेटनका लागी वोलाए । उच्च स्रोतका अनुसार एमाले नेता खनाल उक्त बैठकमा सतारुढ दलहरुको राजनितीक समती सदस्यको हिसावले त्याहा वोलाइएको थियो । त्यो पनि एमाओवादी अध्यक्ष प्रचण्डले उनलाई खवर गरेका थिए । तमलोपा अध्यक्ष ठाकुर आइतवार काग्रेस सभापति संग पनि छुटै कुराकानी गरेका थिए । ४ माघमा पनि कार्यदल स्तरको वार्ता अवरुद्ध हुनुमा शिर्ष तहको बैठकमा ओलीले नै नमाने बताए पछि अवसथा विग्रीएका थिए । मोर्चा स्रोतका अनुसार हिजो सोमवार प्रधानमन्त्रीले ठाकुर संगको भेटको समय मागेको केहि घण्टामै उनलाई समेत ठोस जानकारुी नदिई कार्यदल व्युताइएको छ ।
 
मोर्चा सचिवालयको निष्कर्ष - पुर्व आन्दोलित भयो, पश्चिममा आफै नेतृत्व गरौ ।



अघिल्लो विहिवार उपचारको १२ दिने दिल्ली वसाईवाट काठमाडौ फर्किए लगतै कार्यदलले विस्तृत विवरण आउदो मोर्चाको बैठकमा पेश गर्न मोर्चाको कायदललाई तमलोपा अध्यक्ष ठाकुरले भनेका थिए । त्यस पश्चात गएको शुक्रवार देखि विभिन्न चरणमा बसेको मोर्चाको कार्यदलले मंगलवार आफनो बैठक समाप्त भएको जनाएको छ । मोर्चा सचिवालयले पुर्व देखि पश्चिम सम्मको आन्दोलन समिकक्षा, आन्दोलनको अवस्था र अगामी रणनिती वारेमा छलफल गरेर आउदो वैठकमा आफना निष्कर्षहरु पेश गर्ने जनाएका छन । सचवालयले गरेको समिकक्षामा जारी आन्दोलनको सुरु देखि नै सुसुप्त रहेको पुर्वको तीन ओटा जिल्लाहरु झापा, मोरड र सुनसरी रंगेली घटना पश्चात आन्दोलित रहेको र संयोजनाको खाचो देखिएको भन्दै त्यसमा जोड दिएको बताइएको छ । त्यसैगरी पश्चिममा थरुहट आन्दोलन विस्तारै कम देखिदै जानुमा त्यस क्षेत्रको आन्दोलनको जिम्मा लिएका थारु संगठनहरु जिम्मेवार रहेको भन्दै उनीहरु संग कुरा गरेर मोर्चाले नै पश्चिमको थरुहट आन्दोलनको नेतृत्व अव लिनु पर्ने ठहर सचिवालयले गरेका छन । थारु संगठनहरुलाई विश्वास लिएर मोर्चाले आफै त्यस क्षेत्रको आन्द्योलनको जिम्मा लिए पुन आन्दोलन उठन सक्ने निष्कर्ष मोर्चा सचिवालयको छ । त्यसका लागी मोर्चाले थारु संगठनहरु संग कुराकानी गर्नु पर्ने सचिवालयको निष्कर्ष छ ।
 

मंसीर पहिलो हप्ता सचिवालयको बैठकले झापा, मोरड र सुनसरीमा आन्दोलन अत्यन्तै कमजोर अवस्थामा रहेको निष्कर्ष आन्तरिक रुपमा निकालेका थिए ।
 
सचिवालयको आज सम्पन्न बैठकले फागुन देखि पुर्न चर्काउन भनिएको आन्दोलनका लागी जिल्ल स्तरमा सवै मधेशी सभासद, पार्टीहरु प्रमुखहरु र मधेशी अगुवाहरुलाई मिलाएर मधेश आन्दोलन परिचालन समिती गठन गर्न समेत सुझाएका छन । हाल मोर्चाका जिल्लागत प्रमुखहरुलाई मात्रै जिम्मेवार दिदा कतिपय ठाउमा सभासदहरुर मधेशी अगुवाहरु विचको समन्यमा समस्या देखिएको भन्दै सचिवालयले सवै पक्षलाई समेटेर वृहत रुपमा आन्दोलन परिचालन समिती गठन गर्नु पर्ने निष्कर्ष निकालेका छन ।
 
त्यसैगरी मोर्चाको सचिवालयले हाल चर्चामा रहेको मोर्चा र अन्य पक्षहरु विचको महागठवन्धनको वारेमा समेत छलफल गरेको र एउटा धारणामा पुगेको बताएका छन । सचिवालयमा सहभागी नेताहरु भन्छन, सवै पक्षको विचमा एकता चाही हुन्छ तर नाम अहिले चर्चामा रहेको महावठवन्धन नहुन पनि सक्छ ।
 
त्यसैगरी सचिवालयले जारी साढे पांच महिना देखिको मधेश आन्दोलनको क्रममा भएको क्षती र धाइतेहरुको सम्पुर्ण विवरण चाडै संकलन गर्नु पर्ने समेत निष्कर्ष निकालेका छन । मोर्चाको सचिवालयमा तमलोपाका गोविन्द चौधरी, सदभावनाका मनिष सुमन, फोरम नेपालका राजेन्द्र श्रेष्ठ र तमसपाका राम नरेश राय छन ।
 
मोर्चाको सचिवालयले आन्दोलन समिकक्षा, अगामी रणनीत र अन्य विषयमा निकालेको निष्कर्षहरु आउदो मोर्चाको बैठकमा पेशमा पेश गर्ने छ । अहिले सम्म मोर्चाको आउदो वैठकको मिती निश्चित नभए पनि आउदो २१ वा २२ गते देखि काठमाडौमा बस्ने तयारी आन्तरिक रुपमा रहेको नेताहरुले बताएका छन ।

No comments:

Post a Comment