Monday, February 1, 2016

प्रमुख दल र मोर्चा द्धारा कार्यदल पुन व्युताउने समझदारी



प्रमुख तीन दल र अन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अवरुद्ध वार्तालाई सुचारु गर्नका लागी दुवै तर्फको कार्यदल व्युताउने समझदारी गरेको छ । आज बसेको तीन दल र मोर्चाको शिर्ष नेताहरुको बैठकले कार्यदल स्तरवाट भंग भएको वार्ता प्रक्रिया पुर्न त्यहीवाट सुचारु गर्दै सहमती खोज्ने निष्कर्ष निकालेको आजको बैठकमा सहभागी नेताहरुले बताएका छन । गएको ४ माघमा प्रमुख दल र मोर्चाको कार्यदल स्तरको वार्ता सहमती नजिक पुगी सकेको भए पनि प्रमुख दलका शिर्ष नेताहरुले त्यसलाई अस्विकार गरे पश्चात वार्ता प्रक्रिया अवरुद्ध भएको थियो । दुवै तर्फको कायृदलले सहमती खाकाको अन्तिम कसरतमा आफुहरु जुटिरहेको बताइरहदा ४ माघको साझ बसेको प्रमुख दलहरुको शिर्ष बैठक पश्चात वार्ता अवरुद्ध हुन पुगेको थियो । त्यसको भोली पल्टै मोर्चाको कार्यदलले पत्रकार सम्मेलन गरेर अव कार्यदल स्तरको वार्तामा आफुहरु सहभागी नहुने बताउदै शिर्ष तहमै वार्ता गर्न सुझाएका थिए । तर त्यस पछि प्राय वार्ता हुन सकेका थिएन । प्रमुख दलहरुले त्यस पश्चात एकतर्फी रुपमा संविद्यान संशोधन गर्न पुगे, जसलाई आन्दोलनरत मोर्चाले अस्विकार गर्यो ।


त्यस यता संवाद झनै टाढिएको वेला मोर्चाको अगुवा नेता तमलोपा अध्यक्ष महन्थ ठाकुर गत हप्ता दिल्लीवाट फर्किए पछि औपचारिक रुपमा दुवै तर्फको शिर्ष तहको वैठक आज बस्न सकेको थियो । यस विचमा ठाकुरले नेपाली काग्रेस र एमाओवादीका नेताहरु संग अनौपचारिक तहमा कुराकानी गरेका थिए । त्यस पश्चात आज बसेको दुवै तर्फको शिर्ष तहको बैठकले पुन कार्यदल व्युताउदै सहमती खाका बनाउन पुन गृहकार्य गर्ने जनाएका छन ।
 
कार्यदल स्तरमा पुषको अन्तिम हप्ता देखि सुरु भएको वर्तामा लगभग सवै कुरामा मोटामोटी सहमती भइसकेको नेताहरुले बताएका थिए । सिमाकंनका लागी राजनितीक सयन्त्र मार्फत अघि मोर्चा तयार भए पनि उनले त्यसको वैद्यानिकता र टिओआर अहिले प्रष्टयाउन माग गर्दै आएका थिए । दुवै तर्फका नेताहरुले यी विषयमा पनि दुवै पक्ष सहमती नजिक पुगिसकेको दावी गरेका थिए । तर प्रमुख तीन दलको शिर्ष तहको बैठक पश्चात उक्त सवै प्रक्रिया अवरुद्ध हुन पुग्यो । तीन दलले एकतफीृ रुपमा संविद्यान संशोधनको प्रक्रिया अघि वढाउदै त्यसलाइृ संशोधन गरे ।
 
आज दुवै तर्फको शिर्ष तहवाट पुन व्युताइएको कार्यदलले मोर्चाको ११ वुदे मागको को सम्पुर्ण विषयको वारेमा खाका बनाउने सदभावना सहअध्यक्ष लक्ष्मण लाल कर्णले बताए । प्रमुख तीन दलले गरेको दुई ओटा संशोधनलाई हामीले स्विकार गरेका छैनौ, कर्णले भने त्यसमा थप संशोधन सहित हाम्रो सवै मागको वारेमा कार्यदलले गृहकार्य गर्छन । विगतमा कार्यदल स्तरमा सवै विषयमा साकारात्मक कुराकानी भएकाले प्रमुख दलहरु जिम्मेवारुीवोधका साथ प्रस्तुत भए सहमती खाका बनाउन अप्ठायारो नहुने कर्णको विश्वास छ ।

No comments:

Post a Comment