Monday, February 29, 2016

दोहोरो रणनितीमा अघि वढदै मधेशी मोर्चा ।


आन्दोलनको स्वरुप वदलेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा अब के गर्लान भन्ने जिज्ञासा चौतर्फी व्यापत देखिन्छ । गएको शनिवार बसेको मोर्चाको बैठकले पुन आन्दोलनको रणनिती बनाउनका लागी सचिवालयलाइ जिम्मा दिए पछि थप चासोहरु व्यक्त हुन थालेका छन । मोर्चा सम्बद्ध स्रोतका अनुसार सचिवालयले पुन आन्दोलन चर्काउने रणनिती बनाइरहदा मोर्चा भन्ने अहिले केहि समय दोहोरो रणनिती अपनाउदै अघि वढने छन । स्रोत भन्छन, काग्रेसको महाधिवेशन पश्चातको राजनितीक घटनाक्रमलाई नियालेर मात्रै मोर्चा एउटा ठोस धारणामा पुग्ने छन । अहिले मोर्चाले साकंतिक रुपमा केहि विरोधका कार्यक्रमहरु घोषणा गर्ने तयारीमा जुटेको छ । शनिवारको बैठकले निर्णय गरे अनुरुप मोर्चाले सम्भवतह यही हप्ताको अन्तिम तिर वा अर्को हप्ताको सुरुवातमै प्रधानमन्त्रीलाइ अल्टीमेटन सहितको ज्ञापन पत्र समेत बुझाउने तयारीमा छन । जसको आन्तरिक गृहकार्य सचिवालय स्तरमा चलीरहेको छ ।
 
काग्रेस महाधिवेशन पश्चातको सम्भावित आकंलन

मधेशी मोर्चाका कतिपय शिर्ष नेताहरुका अनुसार अहिले मोर्चाले प्रधानमन्त्री तहमा ज्ञापन पत्र दिएर सहमतीको लागी दबाब र त्यसको पृष्टभुमि सिर्जना गर्न खाजेका छन । स्रोत भन्छन, काग्रेस महाधिवेशन लगतै सम्भवतह नयां सरकार गठनको खेल सुरु हुन सक्छ । जसको पुर्व गृहकार्य मोर्चा संगको सहमतीवाट प्रारम्भ हुन सक्ने आकंलन कतिपयको छ । तर भित्रियाहरु भन्छन, वर्तमान ओली सरकारको वहिगर्मन त्यती सजिलो सौदा नभए पनि काग्रेसको अगुवामा हुने उक्त महगो खेल सफल भएमा मोर्चा संग काग्रेस सहितको प्रमुख दलहरु एउटा सहमतीय प्याकेज गर्ने समभवना बन्न सक्छ । जसमा एमाले बाहिर पनि रहने सम्भावना कतिपयको छ । अहिले मोर्चाले समान्य विरोधका कार्यक्रम सहित प्रधानमन्त्री तहमा ज्ञापन दिनुको उक्त सम्भावना भित्रको लेखाजोखा रहेको बुझाइ कतिपयको छ । यद्यपी उक्त प्रयास असफल भए मोर्चाले आन्दोलनलाई पुन चर्काउने आधार फेरी बन्न सक्छ ।

मोर्चाको आकंलन  

आन्दोलन पुन चर्काउने धम्की दिदै आएको मोर्चाले चैत भरी आन्दोलन नचर्काउने लगभग निश्चित रहेको स्वयंम मार्चाका नेताहरु बताउछन । अहिले चरणवद्ध रुपमा सफट खालकै विरोध कार्यकमहरु चाही मोर्चाले लागातार गरिरहने छन । मोर्चाका शिर्ष नेताहरुको बुझाईमा काग्रेस महाधिवेशन पश्चात हुने नया राजनितीक ध्रवीकरणले ठोस रुप लिन कम से कम एक महिना लाग्ने भएकाले मोर्चाले त्यसलाई पर्खने भएका छन । मोर्चा सम्बद्ध स्रोतका अनुसार पहिलो मधेश आन्दोलन पश्चातको समान वातावरण अहिले दोह्रिएको छ । जती वेला निर्वाचनको पुर्व सन्धयामा पुन दोस्रो आन्दोलन भएको थियो । कतिपय जानकारहरु भन्छन, काग्रेस, एमाले, एमाओवादी यदी पुन मुद्धा सम्बोधन भन्दा पनि निर्वाचनको खेलमा लागे त्यस वेला झै निर्वाचन नै प्रभावित हुने गरी मोर्चाले आन्दोलन चर्काउन सक्छ । जती वेला पुन प्रमुख दलहरु वाध्यात्मक अवस्थामा मोर्चाको माग सम्बोधन गर्न कुनै न कुनै उपाय रोज्न वाध्य हुन सक्छ । 
 
संघियता वारेमा नया गृहकार्य  

मोर्चा स्रोतका अनुसार सवै भन्दा पेचिलो देखिएको सघियताको  सिमाकंनको वारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पश्चात नया छलफल सुरु भएको छ । पुर्वको झापा देखि पश्चिमको कन्चनपुर सम्मको तराइ मधेशलाई दुई प्रदेशमा विभाजन गर्नु पर्ने अडान लिएको मोर्चा र त्यो नमान्न तयार नदेखिएको प्रमुख दलहरु विच विचको वाटो खाज्ने यो प्रयासमा भारतीय पक्ष समेत सहभागी रहेको कतिपय नेताको भनाइ छ । नेपालको पछिल्लो राजनितीक घटनाक्रममा अत्यद्यिक चासो देखाउदै आएको भारतीय पक्षले हालको दुइ नम्बर प्रदेशमा पुर्वको सुनसरी र मोरडको विराटनगर सहितको तल्लो मिलाउन र पश्चिममा मोर्चाले कैलाली, कन्चनपुर दुवै जिल्ला छोडेर नवलपरासी देखि वर्दीया सम्मको लाइ हाल गाभिएको पहाडी भाग अलग गरी छुटै प्रदेश बनाउने गरी छलफल अघि वढेको छ । मोर्चाले कैलाली र कन्चनपुर पश्चिममा छोडदा प्रमुख दलहरुको केहि प्रमुख नेताहरुको अडान पनि कायम रहने सक्ने र पुर्वमा झापावाट प्रतिनिधित्व गर्दै आएका केहि प्रमुख नेताहरुको पनि चासो सम्बोधन हुन सक्ने भएकाले यो प्रस्ताव वारेमा पछिल्लो समयमा छलफल अघि वढीरहेको बुझिएको छ । मोर्चा स्रोतका अनुसार यसवारेमा प्रधानमन्त्री ओलीको भारत भ्रमण पश्चात दिल्ली कुटनितीक स्रोतले केहि मधेशी शिर्ष नेताहरु संग पनि छलफल गरेका छन । स्रोत भन्छन, पछिल्लो समयमा सिमाकंनको वारेमा चलेको पछिल्लो छलफललाइ पनि काग्रेस महाधिवेशन पश्चातको राजनितीक वातावरण मै ठोस रुप लिने आकंलन छ ।

No comments:

Post a Comment