Saturday, February 27, 2016

मधेशी मोर्चा आन्दोलन पुन उठाउनका लागी तयारी गर्ने


माघको अन्तिम हप्ता ६ महिना लामो आमहडताल र नाका केन्द्रित विरोध धर्ना फिर्ता लिएको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पुन आन्दोलन चर्काउने चेतावनी दिएका छन । शनिवार मोर्चाको काठमाडौमा बसेको बैठकले ६ महिना लामो आन्दोलनको क्रममा तराई मधेशका जिल्लाहरुमा सरकारी तवर र निजी तवर वाट लिने सवै कर, दस्तुर सहितको शुल्कहरु मिनहा गर्न समेत सरकारी सहित अन्य सवै पक्षलाइ भनेका छ । शनिवारको मोर्चाको बैठक पश्चात जारी गरिएको विज्ञप्तिमा भनिएको छ, आन्दोलन अवद्यी भरको यातायातमा लागेको जरीवाना, बैकको व्याज मिनहा, विद्यालयको शुल्क सहित अन्य सरकारी कर, दस्तुरहरु नलिने मोर्चा सम्बन्धीत पक्षहरुमा आग्रह गर्दछ । साथै मोर्चाले न्यायीक छानविन समिती गठन गरेर आन्दोलनको क्रममा भएको ज्यादतीको छानविन गर्न समेत माग गरेका छन ।


पछिल्लो समयमा आन्द्योलन स्वरुप परिर्तन गरेको बताउदै आएको मोर्चाले आन्दोलनको सर्वपक्षिय समिकक्षा गर्नका लागी सचिवालयमा समेत निर्देशन दिएको छ । सचिवालयले अगामी आन्दोलनको स्वरुप र रणनिती समेत तय गर्ने मोर्चाले जनाएको छ । मोर्चाको सचिवालयमा फोरम नेपालका राजेन्द्र श्रेष्ठ, तमलोपाका वृषेशचन्द्र लाल, सदभावनाका मनिष सुमन, तमसपाका रामनरेश राय, रामसपाका केशव झा, नेसपावाट कौसलेन्द्र मिश्र र फोरम गणतान्त्रिकका परमेशकुमार साह छन ।

No comments:

Post a Comment